यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भदौ ९, एउटा कालो दिन । पञ्चायती व्यवस्थाले नेपाल मजदुर किसान पार्टीविरुद्ध चलाएको बर्बर दमन र अत्याचारको इतिहासको नाम हो – भक्तपुर काण्ड । भक्तपुरमा महिनौँसम्म प्रहरीको ताण्डव नाच चल्यो, सि·ो भक्तपुर बन्दीगृह बन्यो । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) लगायत ६७ जनालाई ज्यान मुद्दामा फसाई फाँसीको माग गरियो । कैयौँले अमानवीय यातना भोगे, कैयौँको घरबार भाँडियो । राजनीतिकरूपमा सचेत पुरुष सबै जेल परे या भूमिगत भए ।
हरेक घटनाले सकारात्मक र नकारात्मक प्रभाव पार्छ । नेमकिपाका अध्यक्ष रोहितले भन्नुभएझैँ भक्तपुर काण्डको कारण नेमकिपाले आफ्नो आकार र स्तरलाई बुझ्यो । काण्डको क्रममा कति कार्यकर्तामा विचलन आयो । संसारका राजनीतिक सङ्घर्ष र परिवर्तनको इतिहास पढ्ने तर त्यसलाई आत्मसात नगर्नेमा विचलन आउन सक्छ । सङ्घर्षलाई जीवनको लक्ष्य बनाउनेहरू अविचलित भए । कार्यकर्ताको सांस्कृतिक स्तर उठ्नुपर्ने ज्ञान भक्तपुर काण्डले सिकायो । क्रान्ति र सङ्घर्षका विचार, सिद्धान्त र कथाले कुनै पनि क्रान्तिकारीलाई भेलविरुद्ध लड्ने क्षमता प्रदान गर्छ ।
राजनीति गुलाबको ओछ्यान होइन । जनताको पूर्ण स्वतन्त्रता प्राप्तिको बाटो सरल र सीधा हुने गर्दैन । प्रतिक्रियावादी वर्गले कामदार वर्गलाई सजिलै राज्यसत्ता हस्तान्तरण गर्दैन पनि । वर्गसङ्घर्ष एउटा लामो र जटिल प्रक्रिया पनि हो । समाजका विरोधी पक्षबीचको द्वन्द्वले परिवर्तनको नयाँ सँघार खोल्छ ।
राजनीतिक आन्दोलनमा धैर्यले धेरै ठूलो महत्व राख्छ । आपत–विपतमा हतास र निराश हुनेले लक्ष्य प्राप्त गर्नसक्दैन । सत्यको विजय अवश्य हुन्छ भन्ने दृढविश्वासको जरुरी पर्छ । सङ्घर्षमा नक्कली नागका सौखिनहरू पलायन हुनसक्छन्, जनतालाई धोका पनि दिनसक्छन् तर सत्य र न्यायको विजयको आशा, विश्वास एवम् भरोसा राख्नैपर्छ । विश्व क्रान्तिको इतिहासको शिक्षा पनि यही हो ।
सानो स्वार्थको निम्ति मूल्य, मान्यता र नैतिकता नै च्याखा हाल्नेहरू आज पश्चाताप गर्दै छन् । भक्तपुर काण्डमा आत्मसमर्पण गर्नेहरू कति जनाले पश्चाताप गरिरहेका होलान् ? दुःख र अप्ठेरो पर्दा भाग्नेहरूको मन अहिले पनि शान्त नहोला ¤
जनअधिकारको निम्ति हुने सङ्घर्षको क्रममा भक्तपुर काण्डजस्ता षड्यन्त्रहरू दोहोरिन सक्छन् । नेमकिपाले भारतीय एकाधिकार पुँजी र विस्तारवादी नीतिविरुद्ध एक्लो वृहस्पतिझैँ सङ्घर्ष गरिरहेको छ । अमेरिकी साम्राज्यवादविरुद्ध अविराम सङ्घर्ष गर्ने नेमकिपा नै हो । नेपाललाई कुनै पनि साम्राज्यवादी एवम् विस्तारवादी शक्तिको खेलमैदान बन्न नदिन स्थापनादेखि नै लड्दै आएको पार्टी नेमकिपा हो । नेमकिपाका हरेक कार्यकर्ताले इतिहासबाट पाठ सिक्नैपर्नेछ । कालो दिनले सिकाएको ऐतिहासिक पाठलाई व्यवहारमा उतार्न उत्साहित गरोस् ।
Leave a Reply