बिदै बिदा दिएर शैक्षिक गुणस्तर कायम होला ?
- बैशाख ७, २०८३
सुरजसिंह
राजनीति गुलाबको ओछ्यान होइन भन्ने भनाइ त छँदै छ । जनप्रतिनिधि हुनु रहर होइन जनताको सेवा गर्न हो । तर, कतिपय जनप्रतिनिधिले रहर ठाने त्यसैले स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका दर्जनौँ वडाध्यक्षहरूले राजीनामा गरिसकेका छन् ।
कतिपय वडाध्यक्षहरू चेलिबेटी बेचबिखन र किर्ते मुद्दामा दोषी ठहर भएका छन् । कतिपय जनप्रतिनिधिहरू अधिकार दुरुपयोग गर्दै व्यक्तिगत र दलगत स्वार्थपूर्तिमा लागेका छन् भने कति जनप्रतिनिधि वैदेशिक रोजगारमा गएको पाइएको छ । संखुवासभाको खाँदबारी नगरपालिका –५ का वडाध्यक्ष बमबहादुर घले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया पुगेका छन् ।
स्थानीय तहको निर्वाचनमा जनताको सेवा गर्छु भनेर जनतासामु भोट मागेर खाँदबारी–५ बाट विजयी वडाध्यक्ष बमबहादुर घले दक्षिण कोरिया पुगेको रहस्य खुलेको छ । वडाध्यक्ष घले पहिलोपटक विजयी भएको ५ महिना नबित्दै व्यक्तिगत कारण देखाउँदै कोरिया पुगेका र गत असार महिनामा आएर साउनको २४ उनले जिल्ला छाडी दोस्रोपटक पुनः कोरिया पुगेको समाचार छ ।
२०७४ मंसिर २९ गतेको नगरकार्यपालिको बैठकदेखि अनुपस्थित रहेको वडाध्यक्ष घले गत असारमा हाजिर भएको खाँदबारी नगरपालिकाले पुष्टि गरेको छ ।
घलेको क्रियाकलापले जनप्रतिनिधि हुनु रहरमात्र हुनसक्ने देखिएको छ । यसरी नै रहरले मात्र जनप्रतिनिधि बनेका, व्यक्तिगत र पारिवारिक स्वार्थपूर्तिका लागि राजनीति गरेका मानिसहरूका कारण एकातिर जनप्रतिनिधिहरूकै बदनाम भइरहेको छ भने अर्कोतिर देशमा अनियमितता र भ्रष्टाचार भुसको आगोसरि फैलिइरहेको छ ।
कतिपय जनप्रतिनिधि स्थानीय तहको पैसा खर्चेर पहाडी गाउँहरूमा डोजर आतङ्क मच्चाइरहेका छन् भने कतिपय जनप्रतिनिधि गाउँपालिकाको अधिवेशनसमेत गर्न नसकी बेहाल अवस्थामा राज गरिरहका छन् ।
नयाँ संविधानले सिंहदरबारको अधिकार जनताको घरघरमा पुग्ने दाबी गरिएको थियो तर व्यवहारमा सिंहदरबारको भ्रष्टाचार र नातावाद स्थानीय तहमा पुगेको अनुभव विभिन्न जिल्लाका जनताले गर्न थालेका छन् ।
Leave a Reply