भर्खरै :

नेमकिपाको महाधिवेशन सफल पारौँ

– मेरिना शाक्य
नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशन आगामी असोज ३ देखि ५ गतेसम्म भक्तपुरमा हुने भएको छ । सातौँ महाधिवेशन सफल पार्न जिल्ला–जिल्लामा पार्टी गतिविधिहरू हुन थालेको छ । देशको अखण्डता, स्वतन्त्रता, सार्वभौमिकता जोगाउने सङ्घर्षमा अग्रणी भूमिका खेल्दै आएको नेमकिपाको यो महाधिवेशन सफल पार्नु पार्टी नेता, कार्यकर्ता, पार्टीको जनवर्गीय सङ्गठनमा आबद्ध सबै कार्यकर्ता, समर्थक तथा शभुचिन्तकहरूको दायित्व हो । यसरी नै देशभक्त, कर्मचारी, बुद्धिजीवी, उद्योगी, व्यवसायी, साहित्यकार, सञ्चारकर्मी, पेशागत विभिन्न व्यक्तिहरूको पनि नैतिक, आर्थिक सहयोग गर्नु आवश्यक छ । सर्वहारा अन्तर्राष्ट्रवादी भावना बोकेर विदेशी थिचोमिचो, हस्तक्षेप र शोषणको विरोधमा लडिरहेको पार्टीलाई प्रत्येक न्यायप्रेमी जनताको कर्तव्यभित्र पर्छ । नेमकिपाले ठूला राष्ट्र अहङ्कारवाद र अन्धराष्ट्रवाद आत्मसमर्पणवाद तथा सङ्कीर्णवादविरुद्ध सङ्घर्ष गरिरहेको नेमकिपाको झन्डामुनि रहेर नेमकिपाले अँगालेको सिद्धान्त र विचारलाई हामीले आत्मसात गर्नुपर्छ ।
माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई मार्ग निर्देशक सिद्धान्त मानी नेमकिपाले जनजागरण अभियान सञ्चालन गरिरहेको छ । कम्युनिस्टको सिद्धान्त र विचार जनतामाझ पु¥याउने काम नेमकिपाले गरिरहेको छ । अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको विरोध तथा स्वाधीन र सार्वभौम मुलुकमा भइरहेको थिचोमिचो, दमन, आक्रमण, अतिक्रमण र दबाबको विरोध गरेर नेमकिपाले अन्तर्राष्ट्रिय दायित्व निर्वाह गरिरहेको छ । यो प्रत्येक कम्युनिस्ट पार्टीको कर्तव्य हो । नेमकिपाबाहेक यहाँ कम्युनिस्ट भनिने अन्य दलहरू पनि छन् । तर, कम्युनिस्ट भनिने सत्तारुढ दलले कम्युनिस्टको सिद्धान्त र विचारअनुसार काम गरिरहेका छैनन् । जसरी भए पनि पार्टी ठूलो बनाउने, सरकारको नेतृत्व गरेर देशको राजस्वमा दाइँ गरिरहने ती दलहरूको उद्देश्य रहेको देखिन्छ । प्रजातन्त्रवादी भनिने नेका र कम्युनिस्ट भनिने सत्तारुढ नेकपा दलगत र व्यक्तिगत स्वार्थ पूरा गर्न केन्द्रित छन् । भागबन्डामा अल्झेर पद र पैसाको निम्ति राजनीति गर्ने दल नेकामात्र होइन सत्तारुढ दल नेकपा पनि हो । देश विकास नहुनुकोे कारण सत्तारुढ दलहरू देश र जनताप्रति समर्पित नहुनु हो । नेमकिपाले कहिले पनि आफ्नो पार्टीको स्वार्थमा काम गरिरहेको छैन । नेमकिपा पद र पैसामा भुलेको छैन । देश र जनताको पक्ष र सेवामा इमानदारीपूवर्क काम गर्नु नै नेमकिपाको परिचय हो । त्यस पार्टीको अधिवेशन सफल पार्न शोषित पीडित जनता एकगठ हुनुपर्छ र देशभक्त जनताको सहयोग र साथ आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *