वासिङटन र तेहरानबिचको आपसी सम्झौता सार्वजनिक
- असार ४, २०८३
कुतुपालोङ, बङ्लादेश, ८ भदौ (एएफपी) । म्यानमारबाट बिस्थापित भएका रोहिङ्ग्या शरणार्थीले बङ्लादेशस्थित शिविरमा ¥याली निकालेका छन् ।
म्यानमारमा आफ्ना आफन्त विरुद्ध जातीय हिंसा भएको दुई वर्ष पुगेको दिन पारेर झण्डै दुई लाख जना ¥यालीमा सहभागी भएका हुन् ।
सन् २०१७ को अगस्ट महिनामा म्यानमारको राखिन राज्यमा भएको हिंसाका कारण झण्डै ७ लाख ४० हजार रोहिङ्ग्या विस्थापित भएर बङ्लादेशको शरणार्थी शिविरमा बस्दै आएका छन् ।
¥यालीमा बालबालिका, बुर्का पहिरिएका महिला पनि सहभागी भएका थिए । उनीहरूले रोहिङ्ग्या जिन्दावाद भनेर नारा लगाएका थिए ।
अहिले रहेको बङ्गलादेशको शरणार्थी शिविरलाई संसारकै ठूलो शरणार्थी शिविर मान्ने गरिएको छ ।
म्यानमारको राखिन राज्यमा मुस्लिम र बौद्ध धर्मावलम्बीका बीचमा धार्मिक र जातीय द्वन्द्व भएपछि उनीहरू विस्थापित भएको अधिकारीले जनाएका छन् ।
विस्थापित भएका रोहिङ्ग्यालाई बङ्गलादेशमा शिविर बनाएर राखिएको छ । त्यहाँ उनीहरूलाई शिविर रहेको क्षेत्रभन्दा बाहिर हिँड्न स्वतन्त्रता दिइएको छैन । शरणार्थीलाई स्वदेश फर्काउने बारेमा सन् २०१७ मै बङ्गलादेश र म्यान्मारबीच सम्झौता भएको थियो तर त्यो अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन ।
सुरक्षा र नागरिकताको सुनिश्चितता नभएको भन्दै शरणार्थीले सम्झौता अनुसार स्वदेश फर्किन अस्वीकार गर्दै आएका छन् ।
पछिल्लोपटक गत बिहीबार ३५ सय शरणार्थीलाई स्वदेश फर्काउने तयारी अन्तिम चरणमा पुगेको थियो तर शरणार्थीले सुरक्षा र नागरिकताको सुनिश्चितताको सर्त राखेपछि स्वदेश फर्काउने पछिल्लो प्रयास अर्थहीन भएको छ ।
Leave a Reply