रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
वेन छिङ्ग (Wen Qing)
चोङ्गछिङ्ग काउन्टीमा (in a county in Chongqing) गुणात्मक शिक्षाको प्रयत्न र गरिवी उन्मूलन कार्यमा के कसरी हातमा हात मिलाउँदैछ ।
दक्षिण पश्चिम चीनको चोङ्गछिङ्ग (Chongqing) नगरपालिका फेङ्गतु (Fengdu) काउन्टी स्थित बिनजियाङ्ग (Binjiang) माध्यमिक विद्यालयको नैतिक शिक्षा शिक्षक हु श्यियाओ लेइ (Hu Xiaolei) ले सन् २०१८ मा पैmङ्गतु (Fengdu) को तासि (Daxi) गाउँमा एउटा विशेष शैक्षिक संस्था स्थापना गरेका थिए । त्यहाँ उनको भूमिका बाल–बालिकाहरूलाई शिक्षादिक्षा गर्ने कार्यबाट अभिभावकहरूलाई सिकाउने काममा परिवर्तन भएको छ ।
एकजना विद्यालयको अभिभावकको विचार अद्भूत हुनसक्छ तर त्यसको कारण अझ के प्रस्ट हुन्छ भने कसैले तासिको तस्विर प्राप्त गरेपछि पहाडि इलाकामा अवस्थित चोङ्गछिङ्ग क्षेत्रको सहरबाट यस गाउँमा पुग्न झन्डै दुई घण्टा लाग्छ । यसको शिक्षा व्यवस्था पनि पछाडि छ ।
जिम्मेवारी लिँंदै
हुले पेइचिङ्ग रिभ्युलाई भने, “ठूलठूला सहरहरूको अभिभावकहरूले जस्तै आ–आप्mना बालबालिकाको निम्ति ऊर्जा र पैसा प्रशस्त लगानी गर्न सक्दैनन् ।” अस्थायीरूपले गतवर्ष तासिमा त्यस गाउँलाई गरिबीबाट तल झार्न मद्दत पु¥याउन एउटा समूहको सदस्यको रूपमा हु सरुवा भए । शिक्षाको माध्यमबाट गरिबलाई सहायता गर्दै चीनको गरिबी उन्मूलनको प्रयत्नमा उक्त समूह एउटा महत्वपूर्ण हिस्सा भयो ।
हुले भने, “धेरैजना अभिभावकको लागि पारिवारिक शिक्षा धेरै लामो समयदेखि भएको छैन । तिनीहरूले के विश्वास गर्छन् भने विद्यार्थीहरूलाई शिक्षादिक्षा दिने काम शिक्षकहरूको भन्दै तिनीहरू आप्mनो जिम्मेवारीबाट पन्छिए ।” हुका मित्र छिन् चियास्योङ्ग (Qin Jiaxiong) ले यस कुरामा सहमति जाहेर गर्दै भने, “यो संस्कार त हजुरबुबा र हजुरआमाहरूमा पनि देखिन्छ ।”
धेरै युवाहरू आ–आप्mनो सानो गाउँ छोडेर अन्यत्र ज्यामीहरूको रूपमा ठूलठूला सहरमा जान्छन् । गाउँका ६५ जना बाल–बालिकाहरू मध्ये २२ जना धेरैजसोले मुश्किलले औपचारिक शिक्षा पाएका हजुरबुबा र हजुरआमासँग बस्छन् ।
छिनले पेइचिङ्ग रिभ्युलाई भने, “विगतका वर्षमा मेरो अवलोकनमा यस गाउँका धेरैजसो अभिभावकहरूमा आप्mना बाल–बालिकालाई के कसरी शिक्षादिक्षा दिने भन्नेबारे सही उपाय थाहा नभएको देखिन्छ । भौतिक सर–सामान उपलब्ध गराउनेबाहेक, धेरै–धेरै अभिभावकहरू आ–आप्mना बाल–बालिकाहरूसँग थोरैमात्र कुराकानी हुन्छ । बाल–बालिकाहरूले भने परिवारको आशा बोकेका हुन्छन् । तिनीहरूको भविष्य शिक्षामा भर गर्छ र परिवारले आप्mनो भूमिका निभानुपथ्र्यो ।”
हु र छिन (Qin) यो परिस्थितिलाई परिवर्तन गर्न दृढ–सङ्कल्पित थिए र अभिभावकहरूको विद्यालयको विकास गर्न सँगै काम गरे । ३ देखि १७ वर्ष सम्मका बालबालिकाहरूका आमाबुबा, हजुरआमा र हजुरबुबाहरूलाई उक्त कक्षामा बस्न उत्साहित गरे । अभिभावकहरू के कसरी जवाफदेही हुने आधारमा विषयहरूलाई वर्गीकृत गरिए, बाल–बालिकाहरूको सामूहिक भावनालाई के कसरी अगाडि बढाउने देखि जिम्मेवारी बोधका साथै जीवनमा अस्थायी समस्यासँग के कसरी सामना गर्ने भनी सिके । ४० प्रतिशतभन्दा बढी अभिभावकहरू उक्त कक्षाहरूमा सहभागी भए ।
नियमित कक्षाहरू लिएको बाहेक २० वर्षभन्दा बढी अनुभव भएको अनुभवी शिक्षाप्रेमी छिनले हे लिनहवा (He Lianhua) जस्तो ३५ वर्षको दुई सन्तानको आमासँग आवश्यकताअनुसार सम्पर्कमा रहे ।
तिनी हरेक कक्षामा उपस्थित थिइन् । आप्mनो १५ वर्षको छोरोलाई सम्बन्ध राख्न कोशिशमा चर्को चुनौतीको सामाना गरिरहनु पर्ने भएकोले सम्भव भए जति सिक्न तिनी उत्सुक थिइन् । तिनीले पेइचिङ्ग रिभ्युलाई भनिन्, “छिनले मलाई धेरै मद्दत गर्नुभयो ।” आप्mनो हजुरबुबा र हजुरआमासँगै हुर्केको र बढेको कहिल्यै मसँग नजिक नभएको जेठो छोरोलाई अनुशासनमा राख्न आपूmलाई निकै गा¥हो भएको कुरो तिनीले बताइन् ।
तिनीले दक्षिण चीनको क्वाङ्गतुङ्ग (Guangdong) प्रान्तमा काम गर्दा हुर्केको आप्mनो जेठो छोरोको कारणबाट श्रमिकहरूको प्रार्थना लाइनमा अनुपस्थति हुन्थिन् । तिनीले भनिन्, “धेरै लामो समयदेखि आपूm आप्mनो छोरोसँग टाढा हँुदा मलाई धेरै पछुतो लाग्यो र उसलाई हातमा लिने कोशिश गरेँ । तर, उसले मलाई साँच्चिकै घृणा गरेको पाएँ । म धेरैजसो उसमाथि बौलाही हुन्थेँ र गाली गर्थेँ वा कुट्न पनि कुट्थेँ किनभने ऊ सधैं मेरो विरोधमा थियो भनी मैले अनुभूति गर्थेँ । मैले हामीबीचमा दूरी बढेको अनुभव गर्न सक्थेँ तर मैले यसबारे केही गर्न सकिनँ ।”
छिन् तिनको सम्पर्कमा नआएसम्म तिनको छोरोसँगको सम्बन्ध खराब थियो । तिनीले आप्mना बच्चाहरूलाई के कसरी शिक्षित गर्ने र छिन्बाट के कसरी तिनीहरूसँग सम्बन्ध राख्ने बाटो छिन्बाट धेरै कुरा सिकिन् । अभिभावकहरूले आपूmहरूलाई बच्चाहरूसँग समानरूपमा राख्नुपर्छ । तिनीले भनिन्, “म निरङ्कुशको रूपमा प्रस्तुत भएको रहेछु तर अहिले ममा केही कुरामा परिवर्तन ल्याउने कोशिश गर्दैछु । आप्mना बालबच्चाहरूलाई थप शिक्षित पार्न छिन्बाट धेरै सिक्ने कुराको आशा गर्छु । मेलै के महशुस गरेँ भने मैले आपूmले आफैलाई कहिलेकाहिँ प्रश्न गर्नुपर्ने हुनेछ । अभिभावक सधैं ठीक हुन्छन् भन्ने कुरा होइन ।”
आप्mना बालबालिकाहरूलाई आप्mना पद चिन्हमा लैजाने तिनीले चाहेकी थिइन् । तिनीले गहभरी आँसु राखेर भनिन्, “यो अभिभावक विद्यालय र छिन्बाट मैले धेरै सिकेँ । म के आशा गर्छु भने मैलेभन्दा मेरा बालबच्चाहरूले अझ राम्रो शिक्षा पाऊन्, फेरि म के आशा गर्छु भने म तिनीहरूलाई सदाचार र व्यवहारबारे सिकाउन सकौँ । अन्तमा, म के आशा गर्छु भने तिनीहरूले मैलेभन्दा राम्रो र सजिलो जीवन बिताउन सकून् ।”
शैक्षिक भिन्नता
चीनका ग्रामीण र सहरी विकासबीच शैक्षिक दूरी धेरै लामो समयदेखि रहँदै आएको छ । अभिभावको महत्वपूर्ण शिक्षा चेतनाको साथै शिक्षकहरूको गतिविधिहरू प्रदर्शनमात्रै होइन शिक्षकहरूको क्षमता सअतिरिक्त क्रियाकलाप, सङ्ग्राहालय, शैक्षिक विधिहरू एवम् शैक्षिक स्रोतहरूमा पहुँचबारे पनि अभिभावकहरूले बुभ्mने छन् ।
चीनका ठूलठूला सहरहरू पेइचिङ्ग, शाङ्घाई, सेनचेनले अन्य थुप्रै अन्तर्राष्ट्रिय सहरहरूसँग सबै क्षेत्रमा तुलना गर्छन् । तर, चीनको समग्र तस्विरबाट यो निकै टाढा छ । पिछडिएको पूर्वाधारको अभावको कारण धेरै–धेरै स–साना नगर र गाउँहरू आर्थिक निकासको द्रुतमार्गमा पुगेका छैनन् । धेरै मानिसहरूले के विश्वास गर्छन् भने विशेषगरी ग्रामीण क्षेत्रका गरिब परिवारका बालबालिकाहरूले सहरका अगाडि बढेकाहरूसँग प्रतिस्पर्धामा जान सक्दैनन् भन्ने विश्वास गर्छन् किनभने तिनीहरू पहिलेदेखि नै पछि परेका हुन् ।
गरिबी उन्मूलनमा शिक्षाको महत्वलाई जोड दिँदै सन् २०१४ मा राष्ट्रपति सि चिन फिङ्गले भन्नुभयो, “विपन्न परिवारका बालबालिकाहरूको उच्च गुणत्मक शिक्षामा पहुँचलाई पक्कापक्की गर्ने गरिबी उन्मूलनको समाधानको मुख्य उपाय हो ।” ग्रामीण इलाका र सहरी क्षेत्रको दूरीलाई कम गर्न केन्द्रीय सरकारले ग्रामीण इलाकाको शिक्षामा वर्षैपिच्छे लगानीलाई बढाउँंदैछ ।
ग्रामीण इलाकामा विद्यालय भवन जस्ता भौतिक र शिक्षण सुविधाहरू आज निकै नै उन्नत भएको छ । जे भए पनि, चीनको एउटा प्रमुख विद्यालय सिङ्गहवा विश्व विद्यालयको माध्यमिक विद्यालय
(Tsinghua University High School) का प्रिन्सिपल वाङ्ग तियानचुन (Wang Dianjun) को भनाइअनुसार शैक्षिक अवधारणा, नमूना विद्यालय र वातावरणजस्ता अन्य विषयमा हुने काम निरन्तर जारी रहनेछ । वास्तविक अनुभवमा सन्तुलित शिक्षाको अनुभव गराउन लामो बाटो तय गर्नुपर्छ भनी सन् २०१८ चीन शिक्षा पत्रिका (China Education Journal) मा प्रकाशित एउटा लेखमा वाङ्गले लेखेका थिए ।
वाङ्गको अवलोकनअनुसार अनकन्टार पहाडी इलाका र ग्रामीण गरिवी इलाकाका अधिकांश विद्यार्थीहरू अध्ययन गर्ने र तिनीहरू भविष्यमा कस्तो खालको विकासका सम्भावनाहरू छन् भन्ने ज्ञानबारे प्रेरणाको कमी छन् । तिनीहरूको वातावरणअनुसार दृष्टिकोण र कल्पनाशीलतामा सीमित छन् ।
अलिबाबा समूह, भीमकाय बहुराष्ट्रिय विद्युतीय व्यापार [e– commerce] का सहायक संस्थापक र अध्यक्ष ज्याक मा (Jack Ma) लाई वाङ्गको रायले प्रभाव पारेकोे छ । सान्या (Sanya ) र हाइनान (Hainan) प्रान्तमा, सन् २०१५ मै वार्षिक ग्रामीण शिक्षक पुरस्कार समारोहमा ज्याक माले भने, “यदि गाउँका शिक्षकहरू आफै व्यापक दृष्टिकोण र कल्पनाशीलतालाई अङ्गीकार गर्दैनन् भने हामीले कसरी विद्यार्थीहरूको दृष्टिकोण र कल्पना व्यापक हुन्छ भनेर आशा गर्ने ?” ज्याक मा संस्थाले गत वर्ष गाउँले विद्यालयहरूबाट प्रधानाध्यापकहरूलाई बुभ्mन संरा अमेरिका र संयुक्त राष्ट्र सङ्घमा भ्रमण गर्ने मौका प्रदान ग¥यो ।
नयाँ प्रविधिको योगदानले शैक्षिक दूरीलाई कम गर्ने पुलको काम गर्दैछ । केही गरीब क्षेत्रका विद्यार्थीहरूले राम्रा विद्यालयका विद्यार्थीहरूसँग अनलाइन कक्षामा अहिले बस्न सक्छन् । उदाहरणको लागि सन् २०१३ मा पैचिङ्ग शेयल स्कूल (Bejing Royal School) चियाङ्गसि (Jiangxi) प्रान्तको चिनकाङ्गशान (Jingganshan) माध्यमिक विद्यालयमा विभिन्न कार्यक्रमहरूलाई गरियो । आधुनिकतम्–प्रविधि (live–streaming technology) बाट शिक्षित माध्यमिक विद्यालयका ती विद्यार्थीहरू विदेशी शिक्षकहरूसँग र पैचिङ्गका विद्यार्थीहरूसँग हीनताबोध बिना एकसाथ अङ्ग्रेजी पढ्न सक्छन् ।
पैचिङ्ग शेयल स्कूलको प्रिन्सिपल वाङ्ग गुआङ्गफा (Wang Guangfa) ले भने,” हरेक बच्चाले राम्रो र उच्च गुणयुक्त शिक्षा पाउनैपर्छ । यो नै शिक्षाको माध्यमबाट लक्षित गरिबी उन्मूलनको उद्देश्य हो ।”
– चोङकिङ्गबाट रिपोट
बेइजिङ रिभ्यू, २०१९
नेपाली अनुवाद ः डी.आर
Leave a Reply