समाजका विकृति र विसङ्गतिप्रति व्यङ्ग्य गरी गाईजात्रा मनाउनुपर्ने
- भाद्र ६, २०८३
– प्रकाश मिश्र
कैलाली, १० भदौ । आफ्नै घर भित्र पस्दा देउता रिसाउने डरले रजस्वला तथा सुत्केरी महिला घरभन्दा निकै पर एकान्तमा बनाइएका साँघुरा छाउगोठमा सुत्न बाध्य छन् । त्यसमा पनि उनीहरूले दूध, दही र मोहीजस्ता पोषणयुक्त खानेकुरा खानबाट पनि वञ्चित छन् ।
प्रसूतिको समय नजिकिएपछि महिलालाई स्वास्थ्य संस्था वा स्वास्थ्य कार्यकर्तासमक्ष पु¥याउनुपर्नेमा गाईवस्तु अन्यत्र सारेर गोठतिर लैजाने अनि महिना दिनसम्म गोठमै आमा तथा नवजात शिशुलाई कैद गर्ने अमानवीय प्रचलनले २१ औँ शताब्दीको महिला अधिकारलाई चुनौती दिइरहेहको छ ।
रजस्वला तथा सुत्केरी अवस्थाका महिलाहरू पोषिलो आहार, सरसफाइ तथा पारिवारिक सामिप्यको अभावका कारण अनेक समस्यामा पर्नुका साथै ‘छाउ’ अर्थात् छुन नहुने अन्ध मानसिकताका कारण गोठको एकान्तबासमा ज्यानै गुमाउनु परेको यथार्थ यहाँ छ । तर, विडम्वना, तिनीहरूको जीवनरक्षाका लागि कुनै ठोस कार्यक्रम भने देख्न र सुन्न पाइँदैन । विशेषगरी रजस्वला किशोरी, गर्भवती तथा सुत्केरी महिलाहरू यस प्रकारको जोखिममा रहेका देखिन्छन् ।
रजस्वला भएका बेला धारा छुन नहुने, घर वरपर हिँड्न नहुने, गाई गोरुलाई छुन नहुने तथा पाँच दिनसम्म गोठमा बस्नुपर्ने परम्परा पहिलेदेखि चलिआएको कारण त्यसलाई त्याग्न नसकेको महिलाहरू बताउँछन् ।
कैलाली घोडाघोडी नगरपालिका–९ गोदनीकी ३३ वर्षीया चम्पा भुल छाउ नबारे देउता रिसाउने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “महिनावारी बार्नैपर्छ नत्र कुल देउता रिसाउँछन, यो हामीले पहिलेदेखि मानिआएको संस्कार हो । अहिले समय परिवर्तन भयो भन्दैमा छोड्न सकिदैन् ।” “छाउ हुँदा कसलाई सानो गोठमा साँघुरिएर पीडा भई बस्न मन हुन्छ र ? यो परम्परागत संस्कार हो, यसलाई मान्नैपर्छ, नत्र देउता रिसाउँछन् भन्छन् के गर्नु चलेको चलन नमानी भएन भन्नुहुन्छ घोडाघोडी–११ की आशा परियार । उहाँ भन्नुहुन्छ, “घरको सिमानाभन्दा पर आँगनमा जानै पाइन्न, भुलेर गइहालियो भने सबैका विभिन्न प्रकारका गाली सुन्नुपर्ने हुन्छ, पानीको धारा छुन पाइन्न कति बेला ज्यादै तिर्खा लागेको हुन्छ घरमा पानी सारिदिने कोही हुँदैनन् त्यसै तिर्खाएर बस्नुपर्ने बाध्यता छ ।”
रजस्वला हुँदा धेरै पीडा भोग्नुपरेको घोडाघोडी नगरपालिका–९ कि सङ्गीता विष्टको भनाइ छ । विष्ट भन्नुहुन्छ, “टाढाको छाउगोठमा सुत्नुपर्छ, नजिकै जङ्गल छ, जनावरको डर हुन्छ, मानिसको डर पनि हुन्छ, त्यसका साथै पर्याप्त ओछयाउने बिछयाउने कपडाको अभावमा समेत जाग्राम बसेर रात काट्नुपर्ने बाध्यता छ ।” यस्तो पीडामा कसलाई बस्न मन हुन्छ र उहाँ प्रश्नात्मक शैलीमा भन्नुहुन्छ, “यस्तो पनि संस्कार हुन्छ ? ज्यान जोखिममा राखेर बाच्नुपर्ने ? यस्ता रुढिवादी परम्परालाई जरैदेखि लत्याउन आवश्यक छ तर यसको लागि एकैजना बोलेर हुँदैन । एकैजना बोल्ने हो भने त समाजदेखि बहिष्कृत हुनुपर्छ ।”
शिक्षा र जनचेतनाको अभाव तथा ग्रामीण समाजमा देखिएको पुरातन मूल्य—मान्यता एवम् अनेकौँ रुढी तथा अन्धविश्वासका कारण यो प्रथामा महिलाहरू रुमलिएका छन् । परम्पराका नाममा अझै पनि अनेकौँ अवैज्ञानिक विधि—व्यवहारमा बाँधिएर महिलाहरू अनगिन्ती दुःखकष्ट झेलिरहेका छन् । पुरातन सामाजिक संरचना तथा त्यसभित्रको विभेदकारी संस्कृतिका कारण विशेषगरी महिला तथा बालिकाहरू पीडित छन् भने यस्ता पुरातन मूल्य—मान्यता महिलाको जीवनरक्षामा बाधक बनिरहेका छन् । “यसको अन्त्यका लागि कानुन मात्र पर्याप्त होइन्”, गौरीगङ्गा नगरपालिकाका उपप्रमुख अन्चला चौधरी भन्नुहुन्छ, “यसको निराकरणका लागि विद्यालय शिक्षा सर्वसुलभ हुनुपर्छ । विद्यालय तथा स्वास्थ्य संस्था उपलब्ध भए पनि जनमानसमा त्यसबाट सेवा लिनुपर्छ भन्ने चेतना भएन भने सरकारी प्रयास निरर्थक बन्छ ।”
Leave a Reply