अमेरिकाको छद्म सैन्य बजेट
- असार १२, २०८३
नेपाली समाजमा आफूले गरेको नराम्रो कामको नराम्रै फल भोग्नुपर्नेबारे समाजमा धेरै चर्चा हुने गर्छ । यसबारे शाह र राणाहरूको उदाहरण दिने गरिन्छ । छलछाम, विश्वासघात र अरूको हत्या गरेर कायम गरेको राज्यमा पछि आ–आफ्नै खानदानका दाइ–भाइ, बाबु–छोरा, काका–भतिजाबीच आपसमा हत्या, हिंसा, छल र विश्वासघातबाट राज्य सत्ताको लुछाचुँडी भयो, यो उदाहरणका सबैजसो राजतान्त्रिक देशहरू तथा प्रजातान्त्रिक देशमा समेत हुन्छन् । बेलायतमा अहिले अनुदार दलमै खुट्टा ताना–तानको भावना छ, अमेरिकी डेमोक्रेटिक पार्टी र रिपब्लिकन पार्टीबीचमा पनि छ । नेहरू परिवारको गल्ती औँल्याउँदै भाजपाले आज भारतीय काङ्ग्रेस (आई) लाई बदला लिँदै छ ।
एमाले, एमाओवादी, नेपाली काङ्ग्रेसले परिणामको मतलब नराखी निर्वाचनमा काम आउने देखेर गुण्डा, लफङ्गा, पञ्चायतका मण्डलेहरूलाई आफ्नो गुट र पार्टीमा भित्र्याए । यसको सिको अरु गुट र पार्टीहरूले पनि गरे । हुँदाहुँदा विदेशी कम्पनी र संस्थाहरूसँग पनि ती अपराधीहरूले करोडौँ करोड रुपैयाँ लिए ।
त्यसको परिणामस्वरुप पार्टीभित्र ठूलो गुटबन्दी र ‘चर्का चर्की’ पनि भयो । पार्टी सिद्धान्त, अनुशासन र निश्चित आदर्श समाजको स्थापनाबारे एक शब्द नबताउँदा नयाँ कार्यकर्ता र नेता पनि ‘शुभ लाभ’ मा गए, स्वार्थी भए तथा ठूलठूला काण्ड र भ्रष्टाचारमा मुछिए ।
आफ्नै नेतालाई ‘बाकसमा आउने हुँदा उसलाई किन मत दिने’ भन्दै केन्द्रीय सदस्यहरूलाई भाँड्न खोजियो । त्यस्तो भन्नेहरूलाई ‘बाकसमा’ होइन मोटरमा आउने नेताले पैँचो तिरे, आश्चर्य के ?
गुण्डा, लुच्चा, लफङ्गा र मण्डलेलाई पार्टीमा हुल्ने नेताको कञ्चटमा पेस्टोल राखेर अनैतिक निर्णय गराउन खोजिए आश्चर्य हुनुपर्दैन ।
यसकारण राम्रो समाजको निर्माण गर्न र सुखद मृत्युवरण गर्न दलहरूले राम्रै आदर्शको परिपाटी सुरु गर्नु आवश्यक छ । सुन त्यस्तो वस्तु हो–जसलाई फालेर फालिन्न । धेरै सङ्ख्यामा सुरक्षा गार्ड राखे पनि सुरक्षित नहुनसक्छ, लक्ष्मीजस्तै सुन चञ्चल हुन्छ, पार्टीमा हत्या, हिंसा, बेइमानी र विश्वासघातलाई निम्त्याउँछ । अयोग्य व्यक्तिलाई ठूलो पदमा ल्याउँदा नराम्रो उदाहरणमात्रै इतिहासमा दर्ता हुने होइन बरु पार्टी नेताहरूसमेत तिनीहरूबाट बदनाम हुने, पार्टी फुट्ने र अनेक घात–प्रतिघात हुने निश्चित छ ।
यसकारण समय रहँदै छाडा नेता र कार्यकर्ताहरूलाई बुझेरमात्र बोल्न तालिम दिनु आवश्यक छ । नत्र उडुस मार्न झुला आगो लगाएजस्तै हुनेछ । मूर्खताबाट होसियार !
मुसा पालेपछि मुसाबाट हुने सबै खराबी स्वाभाविक छ । मुसाले दुःख दियो भनी मट्टितेल हालेर दुलोमा आगो लगाउँदा घरमा आगो लाग्नसक्छ । यसकारण समयमै शासक दलहरूले कार्यकर्ताहरूलाई राजनैतिक संस्कार सिकाउनु उचित हुनेछ ।
Leave a Reply