तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, १३ भदौ । नेमकिपा सूर्यविनायक ८ वडा समिति, सिपाडोलको आयोजनामा पञ्चायती राज्यस्तरबाट नेमकिपालाई समूल नष्ट गर्ने उद्देश्यसहित रचिएको षड्यन्त्र ‘भक्तपुर काण्ड’ विषयक प्रवचन कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा बोल्दै नेमकिपा भक्तपुर जिल्ला समिति सदस्य सूर्यभक्त त्वातीले अहिलेको पुँजीवादी व्यवस्थामा गरिब मजदुर किसान वर्गको हक अधिकार सुनिश्चिितताका लागि सङ्घर्षबाहेक अन्य विकल्प नरहेको औँल्याउँदै गरिब आदिवासी जनतालाई उठिबास गर्न रङ्गशाला, द्रुत मार्ग, स्मार्ट सिटीको नाममा पुँजीवादी सरकारले जनतामाथि अन्याय, अत्याचार र दमन गर्न खोजिरहेको छ भन्नुभयो । कीर्तिपुर जनताको इतिहासबाट सिकेर जनताहरू अझ बढी सचेत सङ्गठीत र सङ्घर्षशील हुनुपर्ने साथै ठूला पुँजीपति दलहरूले नै भ्रष्टाचारीहरूलाई संरक्षण गरिरहेका कारण भ्रष्टााचार अझ बढी मौलाइरहेको छ । यसर्थ भ्रष्टाचार निर्मूल पनि यी ठूला दलहरूको आलोचना र विरोध आवश्यक छ, उहाँले भन्नुभयो ।
कार्यक्रममा नेमकिपा सूर्यविनायक नगर समितिका राजेन्द्र बखुन्छेंले अग्रजहरूको त्याग, बलिदान र सङ्घर्षलाई बिर्सन नहुने बरु त्यसबाट सिकेर समाजको हितका निम्ति प्रयत्न गर्नुपर्छ भन्नुभयो । आयोजक समितिका संयोजक श्यामसुन्दर सुवालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा समितिका रविन्द्रकुमार थापा र रोशन मचामसीले पनि बोल्नुभयो ।
Leave a Reply