भर्खरै :

मधेसी सांसदको बेतुकको तर्क

–सुरज सिंह
नागरिकतासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संसद्मा दर्ता भएको एक वर्षभन्दा बढी भइसकेको छ । तर वैवाहिक सम्बन्धका आधारमा दिइने अङ्गीकृत नागरिकताको विषयमा कुरा अड्किएको छ । राज्य व्यवस्था समितिले उक्त विधेयकमा रहेका फरक मतलाई मिलाउने उद्देश्यसहित एउटा उपसमिति बनायो । उपसमितिले अझै केही विषयमा सहमति जुटाउन बाँकी रहेको उल्लेख गर्दै आफ ्नो प्रतिवेदन मूल समितिलाई बुझाएको छ ।
नेपाली पुरूषसित विवाह गरेर आउने विदेशी महिलालाई कहिले नागरिकता दिने भन्नेबारेमा सांसदहरूको मत बाझिएको छ । विभिन्न देशको प्रचलनबाट सिकेर त्यसरी विवाह गरेर आउने महिलालाई कम्तीमा ७ वर्षपछि मात्र नागरिकता दिनुपर्ने प्रावधान राख्नुपर्ने मत देशको सार्वभौमिकता रक्षाको दृष्टिले र अन्तर्राष्ट्रिय प्रचलनअनुसार ठिक्कै देखिन्छ । हाम्रै छिमेकी देश भारत, पाकिस्तान र बङ्गलादेशमा समेत ती देशका नागरिकसित विवाह गरेर आउने विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने गरिन्छ ।
वैवाहिक अङ्गीकृत नागरिकताका लागि सात वर्षको समय राख्ने कुरा उठेपछि तराई मूलका नेता तथा सांसदहरूले विदेशी बुहारीलाई नेपाली नागरिकता ढिलो दिन थालिए छोराले सीमापारि भारतमा ‘दुलही नपाउने’ तर्क राखेर त्यसको विरोध गरेका छन् । त्यस्तो परिवर्तनबाट परम्परागतरूपमा नेपाल–भारत सीमा वारिपारि बस्ने मानिसहरूको वैवाहिक सम्बन्ध प्रभावित हुनसक्ने उनीहरूको तर्क छ । सात वर्षपछि मात्र अङ्गीकृत नागरिकता दिने हो भने आफ ्ना छोराहरूसँगै बिहे गर्ने केटी पाउनै कठिन हुने उनीहरूको तर्क छ ।
यी तर्क बेतुकका तर्कमात्र हुन् । पहिलो कुरा त के तराईका नेपाली पुरूषले भारतीय महिलासित मात्रै विवाह गर्नुपर्छ भने कतै छ ? नेपालमा विवाहयोग्य केटी नै छैन ? दोस्रो, कुनै भारतीय केटी तत्कालै नेपाली नागरिकता पाउने लोभले नेपाली पुरूषसित विवाह गर्ने होइन । त्यसरी विवाह भएकामध्ये राजनीतिक महत्वाकाङ्क्षी भएका केही परिवारका बुहारीहरूलाई छाडेर धेरैले त आफूसित भारतीय नागरिकता नै राख्ने गरेका छन् र धेरैपछि मात्र नेपाली नागरिकता लिने गरेका छन् । फेरि भारतमा विवाह भएका हाम्रा नेपाली चेलीहरूले भारतको नागरिकता लिन ७ वर्ष पर्खन सक्छन् भने भारतीय चेलीले किन नसक्ने या नहुने ? रह्यो बैङ्क खाता खोल्ने कुराको नेपाली नागरिकसित वैवाहिक सम्बन्ध जोडिएका महिलाले विवाह दर्तालगायत प्रमाणको आधारमा बैङ्क खाता खोल्नसक्ने बनाउन सकिन्छ जसरी नेपालमा काम गरिरहेका विदेशी नागरिकहरूले सजिलै खाता खोलिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *