अमेरिकाको छद्म सैन्य बजेट
- असार १२, २०८३
नेपालका विभिन्न जातीय समुदायमध्ये केही समुदायका महिलाहरू हिजोआज तीज मनाइरहेका छन् ।
महिलामाथि विभेद र अन्याय गर्ने सामन्ती समाजमा तीज महिलाको बह पोख्ने चाड मानिन्थ्यो । घरको चौघेराभित्र कैद कष्टप्रद जीवनबाट एकै दिन भए पनि मुक्त हुने दिनको रूपमा तीजलाई लिने गरिन्थ्यो । नेपाली समाजको आर्थिक सम्बन्धमा भएको रूपान्तरणसँगै महिलाको अवस्थामा पनि क्रमशः परिवर्तन आएको छ । महिलालाई उत्पादन श्रमबाट टाढा राखिने सामन्ती समाज अवसानउन्मुख छ । महिलालाई घरेलु काममा कैद गर्ने सामाजिक सम्बन्ध सामन्ती उत्पादन पद्धतिको परिणाम थियो । पुँजीवादी उत्पादन सम्बन्धको परिणामस्वरूप आज महिला पनि उत्पादन श्रमको हिस्सा बनेको छ । पुँजीवादी समाजले महिलालाई घरको चौघेराबाट बाहिर ल्याएर उत्पादन पद्धतिमा समाहित ग¥यो ।
पुँजीवादी व्यवस्थाले महिलालाई घरको चार पर्खाल बाहिर ल्याएर पुँजीवादी उत्पादनको सस्तो श्रमशक्तिमा परिणत ग¥यो । पुरुषलाई भन्दा महिलालाई सस्तोमा काम गराएर आफ्नो नाफा बढाउने चलाखी पुँजीपति वर्गले गरे । आजका महिलाका समस्या हिजोका महिलाका समस्याभन्दा भिन्न छन् । हिजो चुल्हो चौकामा कैद हुनुपर्ने पीडा महिलालाई थियो भने आजका महिलालाई घरको चुल्हो चौकाका साथै श्रमिकको रूपमा काम गर्नुपर्ने दोहोरो बोझ थपिएको छ । तर, महिलामाथिको विभेद र शोषण भने कायम नै छ ।
तीजलाई महिलामाथि विभेद र अन्यायविरुद्धको चाडको रूपमा मनाइनुपर्छ । हिजो सामन्ती समाजको सीमित चेतनास्तरले तीजलाई महिलाको बह पोख्ने दिनको रूपमा मनाएको थियो । तर, आजका महिलाको चेतनास्तर हिजोका महिलाको तुलनामा धेरै कोणबाट अघि बढिसकेको छ । राजनीतिक आन्दोलनकै सन्दर्भमा पनि नेपाली महिलाले लामो अनुभव हासिल गरिसकेका छन् । यस्तो परिस्थितिमा आजको तीज विरह पोख्ने दिनमात्र बनाइनुहुन्न । महिलामाथि पुँजीवादी व्यवस्थाले थोपरेका नयाँ शोषणका सिक्रीबारे व्यापक महिलालाई सचेत बनाउने दिनको रूपमा तीज मनाइनुपर्छ । महिलामाथि शोषण र दुःखको कारण पुँजीवादी व्यवस्था नै हो । पुँजीवादी उत्पादन सम्बन्धले नै महिलालाई विभेद र शोषण गरेको हो ।
विडम्बना ! आज केही महिलाहरू तीजलाई उन्मुक्तिको नाममा उच्छृङ्खलता प्रदशर्न गर्ने अवसर बनाइएको छ । पुँजीवादी संस्कृतिको एउटा हिस्सा बनाइएको छ तीजलाई । यो व्यापक महिलाहरूको लागि आत्मघाती काम हो । जुन व्यवस्थाले महिलामाथि अत्याचार गरेको छ, त्यही व्यवस्थालाई बलियो बनाउने काम गर्नु आत्मघाती काम नभए के ?
तीजलाई नेपालका कामदार जनताको मुक्ति सङ्घर्षलाई व्यापक दिने राजनीतिक आन्दोलनको दिनको रूपमा विकास गर्न सके नेपाली महिलाको मुक्तिको दिन अझ नजिक हुनेछ । नेपाली महिलाको मुक्ति पुँजीवादी व्यवस्थाको अवसानसँग अन्योन्यास्रितरूपमा गाँसिएको छ । तीजलाई नाचगान र रमाइलो गर्ने दिनको रूपमा मान्ने चेतनास्तरबाट माथि उठेर नेपाली महिलालाई राजनीतिक, सामाजिक र आर्थिकरूपमा मुक्त बनाउने दिनको रूपमा मनाइनुपर्छ ।
तीजको हार्दिक शुभकामना !
Leave a Reply