भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
चीनको राष्ट्रिय तथ्याङ्क विभागको सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०१८ मा चीनको विवाह दर प्रतिहजार ७.२ मात्र रह्यो । विगत दस वर्षमा यो सबभन्दा न्यून विवाह दर हो । ७ करोड ७० लाख चिनियाँयुवाहरूले विवाह गरेनन् । धेरै चिनियाँको लागि यो चिन्ताको विषय बनेको छ । चाइना डेलीका लेखक चाङ चाओसियाङको विचारमा भने यो चिन्ताको विषय होइन । उनी भन्छन्, “चीनका धेरै सञ्चारमाध्यमले यो तथ्याङ्कलाई निकै भावुक शीर्षक राखेर प्रचारबाजीको विषय बनाए । मिडियाले गरेको यस्तो प्रचारबाजीका कारण मानिसहरूले यो विषयप्रति चिन्ता व्यक्त गरेका हुन् । एउटा चर्चित माइक्रो ब्लगले त प्रश्न नै ग¥योः ‘हामी यो विषयमा के गर्नसक्छौँ ?”
खास यो विषयमा न चिन्ताको आवश्यकता छ न सहयोगको नै । आधुनिक समाजमा स्वेच्छाले एक्लै बस्नुले कसैको जीवनमा खासै असर गर्दैन ।
विवाह गर्ने वा एक्लै बाँच्ने भन्ने कुरा व्यक्तिको इच्छाको विषय हो । यो ठीक र यो बेठीक भनेर सुझाव दिन कुनै निश्चित ठोस आधार वा प्रमाण छैन । कोही एक्लै बाँच्न मनपराउँछन् भने कोही आफ्नो जीवनमा कोही साथी आउने प्रतिक्षामा हुन्छन् । विवाह अनिवार्य विषय होइन र हतारमा त विवाह गर्नु पनि हुन्न ।
‘विवाह गर्नुपर्ने’ जवानहरूमध्ये सबभन्दा बढी विवाहको दबाब पर्ने समूह भनेको बीस वर्ष टेकेकाहरू नै हुन् । त्यो समूहका युवाहरूको जन्म सन् १९९० को दसकमा भएको हो । उनीहरू आफ्ना आमाबुबाको समाजभन्दा भिन्न खालको समाजमा हुके बढे । उनीहरूको लागि विवाह भनेको गर्नैपर्ने घटना होइन । त्यसकारण यो विषयलाई निकै गम्भीर समस्याको रूपमा प्रचार गर्नु उपयुक्त होइन ।
पक्कै पनि न्यून विवाह दरको अर्थ न्यून जन्म दर हुनु हो । जसले जनसङ्ख्या वृद्धिलाई घटाउँछ । सरकारले विवाह गर्न उत्साहित गर्नुपर्छ । कुनै सकारात्मक नीतिमार्फत बच्चा जन्माउन उत्साहित गरिनुपर्छ । जस्तै बस्ने घरको बजार मूल्यमा स्थायित्व, बालबच्चा भएका विवाहित जोडीलाई कल्याणकारी कार्यक्रम आदि त्यस्ता नीतिका उदाहरण हुनसक्छन् । विवाहको लागि उत्साहित गर्नु ठीक हो । तर, त्यसलाई अतिरञ्जनाको विषय बनाउनु उपयुक्त होइन ।
Leave a Reply