भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
फ्रान्सका पशु अधिकारवादी एमेरिक करोनले भने, “लामखुट्टेले टोक्दा नमार्नु होला । बरु ‘रक्तदान’ गर्नुहोस् । किनभने लामखुट्टेलाई प्रजनन प्रक्रियाको लागि रगतको आवश्यकता पर्दछ ।” यो विषयमा चाइना डेलीका लेखक चाङ चाओसियाङले यस्तो टिप्पणी गरे ः
एउटा प्रजातिको लागि पशु अधिकारवादीहरूले लामखुट्टेप्रति देखाएको अगाढ प्रेम र सद्भाव प्रशंसनीय छ । हामी आशा गर्छौँ, उहाँले आफ्नै प्रजातिबारे पनि केही विचार पु¥याउनुहुनेछ जो लामखुट्टेको शिकार बनिरहेका छन् ।
संरा अमेरिकी वेभसाइट साइन्स एलर्टले सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रत्येक वर्ष लामखुट्टेको टोकाइका कारण ७ लाख ५० हजार मानिसको जीवनलीला समाप्त हुन्छ । सार्क माछाले वर्षमा ६ जना मानिसलाई मार्ने गर्छ भने ब्वाँसोले १० जना मानिसको ज्यान दिने गरेको छ ।
पक्कै पनि लामखुट्टे खास हत्यारा होइन । उनीहरूले बोकेका जिका भाइरस, पहेँलो ज्वरो र इन्सेफ्लाइटिस बी जस्ता रोगले मानिसको ज्यान लिने गर्दछ । पानामा नहर निर्माणको क्रममा पहेँलो ज्वरोको कारण धेरै सङ्ख्यामा मजदुरहरू मारिएका थिए । त्यसैको कारण महिनौँसम्म निर्माण कार्य नै रोक्नुपरेको थियो । चिकित्सकहरू स्वयं लामखुट्टे मार्ने काममा परिचालन गरिएका थिए ।
विगतमा लामखुट्टेको कारण लाग्ने रोग भनेको मलेरियामात्र थियो । हरेक वर्ष मलेरियाको कारण लाखौँ मानिसको ज्यान जाने गरेको थियो । क्युनिन र अर्टेमिसिनिन औषधिको आविष्कार हुनुअघिसम्म अवस्था त्यस्तो थियो ।
केही मानिसहरू लामखुट्टे सबै मरे सम्पूर्ण पर्या पर्यावरण प्रभावित हुनेमा चिन्तित छन् । तर, यो चिन्ताको कुनै तुक छैन किनभने लामखुट्टे हराइसकेका छैनन् । निकै चिसो वातावरण र जमेको पानीको अभावमा लामखुट्टेको अस्तित्व सङ्कटमा पर्ने हो । मानिसले लामखुट्टे मार्न बजाउने तालीले मात्र लामखुट्टे संसारबाट हराउने होइन ।
लामखुट्टेको टिक्नसक्ने क्षमता निकै बलियो छ । थोरै सङ्ख्या भए पनि लामखुट्टेको प्रजनन गति निकै तीव्र हुन्छ । त्यसकारण लामखुट्टेको सङ्ख्या धेरै बनाउन कुनै आइतबार कुर्नुपर्दैन । तापक्रम र पानीले नै लामखुट्टेको अस्तित्वलाई खतरामा पार्ने हो । संसारबाट सबै जमेको पानी नसुकेसम्म वा प्रदूषित पानी नहराएसम्म वा कुनै हिमयुगमा पृथ्वी नगएसम्म लामखुट्टेको अस्तित्व समाप्त हुने सम्भावना छैन ।
यदि त्यस्तो दिन आए संसारबाट हराउने लामखुट्टेमात्र एउटै प्रजाति भने हुनेछैन । मानिस स्वयंलाई अस्तित्वको ठूलो सङ्कट पर्नेछ । मानिसको रगत चुसेर इहलीला समाप्त गर्ने प्रजातिको मात्र चिन्ता गर्ने अवस्था रहँदैन ।
पशुप्रति प्रेम गर्नु राम्रो कुरा हो । पशु अधिकारको रक्षा गर्नु पनि उपयुक्त छ । तर, मानिसलाई आफ्नो आत्मरक्षाको अधिकारबाट नै वञ्चित हुने तहमा यसलाई बिस्तार गरिनुहुन्न । लामखुट्टेले टोके पनि चुपचाप बस्नु ठीक होइन । आफ्नो स्वास्थ्य र अरुको भलाइको लागि पनि तिनलाई मार्नुपर्छ ।
स्रोतः चाइना डेली
Leave a Reply