भर्खरै :

‘इनसाइड नेपाल’ द्वारा माओवादी नेतृत्वको अर्को पाटो खुलासा

काठमाडौँ, १६ भदौ ।
तत्कालीन माओवादी विद्रोहका कमान्डर र हाल नेकपाका एक जना अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) भारतीय गुप्तचर संस्था ‘रअ’ बाट परिचालित भएको कुरा यसअघि पनि धेरै स्रोतबाट सार्वजनिक भइसकेको तथ्य हो ।
भारतका नेपालविद् मानिने जेएनयूका प्राध्यापक एसडी मुनीले ‘ट्रान्जिसन इन नेपाल’ नामको लेख सङ्ग्रहमा माओवादी नेताहरूको भारतीय गुप्तचर विभाग ‘रअ’सँगको सम्बन्धबारे धेरै कुरा आधिकारिक रूपमा सार्वजनिक गरिसकेका छन् । इतिहास बनिसकेको त्यो समयमा भएका घटनाबारे पुष्टि गर्ने अरू पनि धेरै सामग्री र प्रमाण क्रमशः सार्वजनिक हुँदै जानेछन् ।
हालै भारतबाट प्रकाशित लेखक अमर भुषणको पुस्तक ‘इनसाइड नेपाल’ ले पनि माओवादी विद्रोहको ‘रअ’ सँगको सम्बन्धको अर्को आयाम उजागर गरेको छ । भारतको डीएनए इन्डिया डट कममा प्रकाशित एक समाचारमा सो पुस्तकबारे चर्चा गरिएको छ ।पुस्तकका लेखकले त्यत्तिबेला नेपाल मिसनको जिम्मेवारी सम्हालेका ‘रअ’ का गुप्तचर जीवनाथनको भनाइ उद्धृत गर्दै ‘रअ’ ले नै दाहाललाई राजसंस्थाविरूद्ध लाग्न मनाएको र त्यसको लागि निकै मिहिनेत लागेको भनाइ उल्लेख छ । माओवादीले रोल्पाको चुनबाङमा भएको सम्मेलनपछि सशस्त्र विद्रोह त्यागेर मूलधारको राजनीतिमा आउने सड्ढेत गरेको थियो ।
तत्कालीन परिस्थितिमा राजनीतिक दलहरू राजा ज्ञानेन्द्रको प्रतिगामी कदमविरूद्ध आन्दोलन गरिरहेका थिए ।
सशस्त्र विद्रोह गरिरहेको माओवादीका नेता बाबुराम भट्टराईले राजदरबारमा भएको हत्याकाण्ड लगत्तै कान्तिपुर दैनिकमा लेख लेखेर राजतन्त्रको वैधानिकतामाथि प्रश्न उठाएका थिए । माओवादीभित्र ‘भारत पक्षधर’ भनेर चिनिएका भट्टराईले त्यत्तिबेलैबाट ‘रअ’ को योजनालाई पार्टीमा प्रवेश गराएका थिए ।

हालै भारतबाट प्रकाशित लेखक अमर भुषणको पुस्तक ‘इनसाइड नेपाल’ ले पनि माओवादी विद्रोहको ‘रअ’ सँगको सम्बन्धको अर्को आयाम उजागर गरेको छ । भारतको डीएनए इन्डिया डट कममा प्रकाशित एक समाचारमा सो पुस्तकबारे चर्चा गरिएको छ ।पुस्तकका लेखकले त्यत्तिबेला नेपाल मिसनको जिम्मेवारी सम्हालेका ‘रअ’ का गुप्तचर जीवनाथनको भनाइ उद्धृत गर्दै ‘रअ’ ले नै दाहाललाई राजसंस्थाविरूद्ध लाग्न मनाएको र त्यसको लागि निकै मिहिनेत लागेको भनाइ उल्लेख छ । माओवादीले रोल्पाको चुनबाङमा भएको सम्मेलनपछि सशस्त्र विद्रोह त्यागेर मूलधारको राजनीतिमा आउने सड्ढेत गरेको थियो ।

 
दाहाल समूहले त्यत्तिबेला भट्टराई पक्षधर नेताहरूलाई कैदमा राखेका थिए । त्यही समयमा मोहन वैद्य, सीपी गजुरेललगायतका नेताहरूलाई भारतमा गिरफ्तार गरिएको थियो । अन्ततः चुनबाङ बैठकबाट माओवादी राजतन्त्रविरोधी सङ्घर्षमा लाग्ने निर्णय गरिएको थियो । सो निर्णयको लागि माओवादीभित्र ‘रअ’ ले भूमिका ‘इनसाइड नेपाल’ ले खुलासा गरेको छ । तत्कालीन घटनाक्रम फर्केर हेर्दा अमर भुषणले आफ्नो पुस्तकमा ‘रअ’ का गुप्तचरको भनाइ उद्धृत गरी लेखेको भनाइ सही सावित हुनजान्छ ।
माओवादी आन्दोलन नेपालको सार्वभौमिकता रक्षाको लक्ष्य राखी थालनी गरिएको भनिएको थियो । तत्कालीन माओवादीको वैधानिक मोर्चा संयुक्त जनमोर्चाले प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको मागपत्रमा उल्लेखित अधिकांश मागहरू भारतीय विस्तारवाद र एकाधिकार पुँजीको विरूद्ध तथा जनताको जनजीविकासँग जोडिएका माग थिए । तर, वामपन्थी अवसरवादी नीतिले अन्ततः जसको विरोधमा विद्रोहको आरम्भ गरिएको थियो, माओवादी नेतृत्व त्यही शक्तिको शरणागत हुनुप¥यो ।
नेतृत्वको सैद्धान्तिक गल्तीका कारण दसौं हजार नेपाली युवाहरूले ज्यान गुमाए । माओवादी नेतृत्वले देखाएको लक्ष्यप्रति आकर्षित भई विद्रोहमा असल नियतले लागेका युवाहरू आज माओवादी आन्दोलनको अवसानले निराशामा डुबेका छन् ।
जनताको आडमा भन्दा पनि विदेशी शक्तिको भरमा आन्दोलन र परिवर्तन गर्न खोज्ने कुनै पनि क्रान्ति दिगो हुने गर्दैन । अफगानिस्तानमा सोभियत सेनाले ल्याइदिएको आयातीत समाजवाद कहिल्यै पनि दिगो हुनसकेन । माओवादी नेताहरूले नेपाली समाजको रूपान्तरणको लागि नेपाली जनतामा भन्दा विदेशी शक्तिको भर पर्दा त्यही विदेशी शक्तिको जालमा परेर अवसानको नियति भोग्नुप¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *