भर्खरै :

पश्चिमा शक्ति र भारतलाई फकाउन नेकाको ‘कम्युनिस्टीकरण’ को हौवा

 
काठमाडौँ, १७ भदौ । फ्रान्समा आयोजित एउटा कार्यक्रममा मनमोहन अधिकारीले आफू अध्यक्ष रहेको नेकपा (एमाले) कम्युनिस्ट पार्टी नभएको तथापि नेपाली जनताबीच कम्युनिस्ट पार्टीप्रति आकर्षण भएकोले चुनावमा भोट पाउनमात्र नाममा कम्युनिस्ट शब्द झुण्ड्याउन नछोडेको बताउनुभएको थियो । उहाँको यस्तो कुरा सुनेर कार्यक्रममा सहभागी फ्रान्सेली कम्युनिस्ट र वामपन्थी पार्टीका नेताहरूले हाँसो थाम्न सकेका थिएनन् ।
अधिकारीले नै ‘न्युयोर्क टाइम्स’ मा दिनुभएको अन्तर्वार्तामा एमालेको लागि हँसिया हथौडा भएको झन्डा भनेको ट्रेडमार्कमात्र भएको बताउनुभएको थियो । त्यसको आशय वास्तवमा एमाले कम्युनिस्ट पार्टी होइन भन्ने नै थियो । त्यसकारण अन्तर्राष्ट्रिय मिडियालाई एमाले कम्युनिस्ट पार्टी नभएको भन्नेमा कुनै दुविधा नभएको हुनुपर्छ ।
माओवादी के हो भन्ने विषयमा एसडी मुनीदेखि हालै सार्वजनिक अमर भूषणको पुस्तक ‘इनसाइड नेपाल’ ले प्रस्ट बताइसकेको छ ।
काङ्ग्रेस नेता चक्र बास्तोलाले एउटा प्रस·मा भन्नुभएको थियो, “माओवादी नामको फुल कहाँ पारियो, मलाई थाहा भएन । तर, त्यो फुल कोर्ने काम भने भारतले नै गरेको हो ।” यसको तात्पर्य माओवादी विद्रोहले जस्तोसुकै लक्ष्य बोकेको भए तापनि त्यसलाई भारतीय शासक वर्गले आफ्नो हितमा उपयोग गरेको थियो । भारतीय गुप्तचर संस्था ‘रअ’ ले परिचालन गरेको माओवादीले आफूलाई कम्युनिस्ट भन्नु पनि झूटसिवाय केही होइन ।
आज यिनै दुई दल मिलेर बनेको नेकपा सत्तारुढ छ । उनीहरू कम्युनिस्ट होइनन् भन्ने कुरा स्वयम् नेकपाका नेताहरूले बरोबर स्वीकारेका छन् । पछिल्लो संसदीय चुनावको पूर्वसन्ध्यामा तत्कालीन एमाले अध्यक्ष केपी ओलीको ‘एमाले सैद्धान्तिक कम्युनिस्ट होइन, रणनीतिक कम्युनिस्ट भएको’ स्वीकारोक्तिले पनि उनीहरू कम्युनिस्ट होइनन् भन्ने कुरा पुष्टि गर्ने आधार बनेको थियो ।
तथापि, नेपाली काङ्ग्रेसका नेता शेरबहादुर देउवालगायत केही काङ्ग्रेसी नेताहरू अझै पनि सत्तारुढ दलतिर औँल्याएर ‘कम्युनिस्ट’, ‘कम्युनिस्टीकरण’ को स्याल हुइँया गरिरहेका छन् । नीति र कार्यक्रमका आधारमा नेकपा र आफ्नो पार्टीबीच तात्विक भिन्नता नभएको थाहा भएर पनि उनीहरूले किन यस्तो हौवा फैलाइरहेका छन् ? प्रस्टतः नेकपालाई ‘कम्युनिस्ट’ र सरकारी कार्यक्रमलाई ‘कम्युनिस्ट शासन’ को रुपमा चित्रण गरेर काङ्ग्रेस पश्चिमा शक्ति र भारतीय विस्तारवादलाई आफूतिर आकर्षित गर्न खोजिरहेको छ ।

आज यिनै दुई दल मिलेर बनेको नेकपा सत्तारुढ छ । उनीहरू कम्युनिस्ट होइनन् भन्ने कुरा स्वयम् नेकपाका नेताहरूले बरोबर स्वीकारेका छन् । पछिल्लो संसदीय चुनावको पूर्वसन्ध्यामा तत्कालीन एमाले अध्यक्ष केपी ओलीको ‘एमाले सैद्धान्तिक कम्युनिस्ट होइन, रणनीतिक कम्युनिस्ट भएको’ स्वीकारोक्तिले पनि उनीहरू कम्युनिस्ट होइनन् भन्ने कुरा पुष्टि गर्ने आधार बनेको थियो ।

पश्चिमा शक्ति र भारतीय विस्तारवादको आशीर्वाद पाएर पटकपटक लामो समय सत्ताभोग गरिसकेको नेपाली काङ्ग्रेसलाई यतिबेला तिनको आशीर्वादको चर्कै सकसक लागिसकेको छ । काङ्ग्रेसलाई थाहा छ, नेकपा कम्युनिस्ट पार्टी होइन । तथापि, नेका नेताहरू नेकपालाई ‘कम्युनिस्ट’ को भूत देखाएर पश्चिमा र भारतीय बिस्तारवादलाई तर्साउन खोजिरहेको छ । रोचक कुरा त के हो भने नेकाले नेकपालाई जतिसुकै कम्युनिस्ट पार्टी र कम्युनिस्ट शासनको रूपमा प्रचार गरे तापनि नेपाली जनताले उनीहरूका कुरा विश्वास गरिरहेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *