भर्खरै :

तेस्रो चीन–अफगानिस्तान–पाकिस्तान वार्ता सम्पन्न

इस्लामाबाद, ८ सेप्टेम्बर । पाकिस्तानको राजधानी इस्लामाबादमा शनिबार तेस्रो चीन–अफगानिस्तान–पाकिस्तान विदेशमन्त्री स्तरीय वार्ता सम्पन्न भयो । बैठकमा तीन पक्षले परिवर्तित परिस्थितिमा संयुक्तरूपमा क्षेत्रीय शान्ति र स्थायित्वमा रक्षामा जोड दिएका छन् ।
बैठकमा चीनका विदेशमन्त्री वाङ यीले दक्षिण एसियाको अवस्थामा ठूला र जटिल परिवर्तन आइरहेको बताउनुभयो । उहाँले संरा अमेरिका र अफगानी तालिबानबीच शान्ति वार्तामा प्रगति भइरहेको र अफगानिस्तानमा शान्ति र मेलमिलापको लागि यो महत्वपूर्ण अवसर हुने बताउनुभयो ।
“यसैबीच केही ऐतिहासिक विवादहरू फेरि उछालिएका छन् । यसले क्षेत्रीय शान्ति र स्थायित्वलाई उपेक्षा गर्न खोजेको छ”, विदेशमन्त्री वाङले भन्नुभयो ।
“अन्तर्राष्ट्रिय क्षेत्रमा एकपक्षवाद, संरक्षणवाद र प्रभुत्ववादले विकासशील देशहरूका हितलाई चुनौती दिइरहेका छन्”, चिनियाँ नेताले भन्नुभयो ।
चीन, अफगानिस्तान र पाकिस्तान साझा भविष्य बोकेका नजिकका छिमेकी भएकोमा जोड दिंदै उहाँले क्षेत्रीय शान्तिको रक्षा र दिगो स्थायित्व हासिल गर्न, बेल्ट एन्ड रोड विकास तथा क्षेत्रीय कनेक्टिभिटी अघि बढाउनका साथै दिगो विकास एवं जनताको जीवन सुधार्ने विषयमा तीनै देशको समान भावना भएको बताउनुभयो ।
वाङले अफगानिस्तान नेतृत्वको र अफगानिस्तानको स्वामित्वको मेलमिलाप प्रक्रियालाई अघि बढाउन सँगै काम गर्नुपर्ने, अफगानिस्तान र पाकिस्तानबीचको सम्बन्ध सुधार गर्नुपर्ने, त्रिपक्षीय व्यवहारिक सहकार्य प्रबद्र्धन गर्नुका साथै आतङ्कवादविरुद्ध संयुक्तरूपमा लड्नुपर्नेमा जोड दिनुभयो ।
बैठकमा सहभागी अफगानिस्तानका विदेशमन्त्री सलाहुद्दिन रब्बानी र पाकिस्तानी विदेशमन्त्री शाह मेहमुद कुरेसीले चीन–अफगानिस्तान–पाकिस्तान विदेशमन्त्रीस्तरीय वार्ताको ढाँचाभित्र तीन प्रमुख विषयमा सहकार्य र सम्बन्ध विस्तारमा सकारात्मक प्रगति भइरहेको बताउनुभयो । तीन प्रमुख विषयअन्तर्गत आपसी राजनीतिक विश्वास र मेलमिलाप, विकास, सहकार्य तथा सम्बन्ध र सुरक्षा सहकार्य र आतङ्कवादविरुद्ध सङ्घर्ष छन् । तीन देशबीचको सहकार्य प्रबद्र्धनमा चीनले खेलेको भूमिकाको उहाँले प्रशंसा गर्नुभयो ।
अफगानिस्तान र पाकिस्तानका विदेशमन्त्रीहरूले असल छिमेकी र विश्वासयोग्य मित्रको रूपमा चीनले अफगानिस्तानमा शान्ति र मेलमिलाप प्रक्रिया प्रबद्र्धनमा महत्वपूर्ण र सकारात्मक भूमिका निभाएको, अफगानिस्तान र पाकिस्तानबीच सम्बन्ध सुधार गर्न र क्षेत्रीय शान्ति र स्थायित्व कायम राख्न भूमिका निभाएको बताउनुभयो ।
उहाँहरूले दक्षिण एसियामा तीव्रगतिमा भइरहेको जटिल क्षेत्रीय अवस्थामा पाकिस्तान र अफगानिस्तानले चीनसँग संवाद र सहकार्य प्रबद्र्धन गर्न चाहेको बताउनुभयो । अर्थतन्त्र र व्यापार, जनस्तरको सम्बन्ध, सूचना र सम्बन्ध, संयुक्तरूपमा बेल्ट एन्ड रोड निर्माण, पूर्व तुर्कस्तान इस्लामिक आन्दोलनसहित आतङ्कवादको प्रतिरोध गर्न सहकार्य गर्ने, क्षेत्रीय शान्ति र स्थायित्व कायम राख्नुका साथै क्षेत्रीय विकास र समृद्धि प्रबद्र्धन गर्ने आदि क्षेत्रमा तीनै देशबीच आपसी सहकार्य हुनसक्ने बताइयो ।
आगामी सन् २०२० मा चौथो चीन–अफगानिस्तान–पाकिस्तान वार्ता चीनमा गर्ने बैठकले तय ग¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *