भर्खरै :

साताभर सम्हालिन सकेन पूँजी बजार

काठमाडौँ, २६ भदौ (रासस) : साताको शुरुआतदेखि नै ओरालो लागेको धितोपत्र बजार आज अन्तिम दिनसम्म पनि सम्हालिन सकेन । कारोवार भएका पाँचै दिन नेप्से परिसूचक लगानीकर्तालाई निरास बनाउँदै अगाडि बढी रह्यो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज शेयर कारोवार मापक नेप्से परिसूचक ५.३३ अङ्कले घटेर एक हजार १५७.८८ पुगेको छ । त्यस्तै नेप्से परिसूचक पनि ०.९८ अङ्कले घटेर २५३.७९ मा रोकिएको छ । आज कूल १६८ कम्पनीका १५ लाख ५६ हजार ७९० कित्ता शेयर रु ३७ करोड ६१ लाख ८४ हजार ४९१ मा खरीद बिक्री भए । आज कारोवार भएका ११ वटै उपसमूहको शेयर ओरालो लागेको छ ।
बैंकिङ २.७९, होटल २४.५३, विकास बैंक २.६९, जलविद्युत् ९.३४, वित्त १.१, निर्जीवन बीमा ३४.२५, उत्पादन १८.२१, अन्य ५.६८, लघुवित्त ६.४१, जीवन बीमा ३३.८६ र सामूहिक लगानी कोषको शेयर ०.०८ अङ्कले घटेको छ ।
स्टकका अनुसार कारोवार रकमका आधारमा आज लक्ष्मी बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको संस्थापक शेयर रु चार करोड ७० लाख आठ हजार ३०४ मा खरीद बिक्री भयो । यस्तै एनआइसी एशियाको रु तीन करोड ५४ लाख ७६ हजार ५७०, कुमारी बैंकको रु दुई करोड ६२ लाख सात हजार ४९७, नेपाल बैंकको रु दुई करोड दुई लाख ३० हजार चार र छिमेकी लघुवित्त विकास बैंक लिमिटेडको संस्थापक शेयर रु एक करोड ४९ लाख ४६ हजारमा खरीद बिक्री भई शीर्ष स्थानमा रह्यो ।
परिसूचक घटे पनि कालिका पावर कम्पनीका शेयरधनीले पाँच प्रतिशतले कमाए । त्यस्तै एनआइसी एशिया ग्रोथ फण्ड ३.१४, नाग्दी ग्रुप पावर ३.०९, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था २.९८ र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले २.५३ प्रतिशतले कमाए ।
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टका लगानीकर्ताले ६.७९, हिमालय ऊर्जा विकास कम्पनी ६.५०, नेपाल इन्स्योरेन्स कम्पनी ५.०१, अरुण काबेली पावर ४.८६ र घलेम्दी हाइड्रो लिमिटेडको शेयरधनीले ४.२२ प्रतिशतले गुमाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *