शान्ति स्थापना गर्न ‘ग्रेटर इजरायल’ लाई रोक !
- असार ११, २०८३
तिङ काङ
संरा अमेरिका र भारतका अध्येताहरू दुई देशबीचको पूर्ण आकारको एकता हुने कुरामा कहिल्यै विश्वास गर्दैनन् । तथापि चीनको उदयलाई रोक्ने मामलामा भने दुई देश आमसहमतिमा पुग्न सक्छन् किनभने यो उनीहरू दुवैको साझा हितसँग जोडिएको विषय हो ।
फोरेन अफेयर्स म्यागाजिनको सेप्टेम्वर÷अक्टोवर अड्ढमा ‘भारतको लाभांशः नयाँ दिल्ली एसियामा वाशिङ्टनको सबभन्दा भरपर्दो आशा’ शीर्षकको लेख प्रकाशित भएको छ । सो लेखकका लेखक रोबर्ट डी ब्ल्याकविल र एस्ले जे टेलिस हुन् । ब्ल्याकविल विदेश सम्बन्ध परिषद्मा संरा अमेरिकी विदेश नीतिसम्बन्धी वरिष्ठ अधिकारी र टेलिस अन्तर्राष्ट्रिय शान्तिको लागि कार्नेज प्रतिष्ठानका वरिष्ठ अध्येता हुन् । लेखमा संरा अमेरिका र भारतबीचको सहकार्यलाई फलदायी बनाउने हो भने दुवैले चीनको उदयलाई रोक्नुपर्ने र त्यसैमा नै दुवैको साझा हित निहीत रहेको भनी लेखिएको छ । लेखकहरू संरा अमेरिका र भारतबीच सबै प्रमुख विषयमा नजिकको एकता वा सहकार्य सम्भव नभएको बताउँछन् ।
भारत सरकारले चीनको उदयमा नियन्त्रण गर्न त्यस्तो रणनीति अङ्गीकार गर्ने कुरा सार्वजनिकरूपमा बोलेको छैन । तर, भारत र संरा अमेरिका एउटै बाटोमा अघि बढ्न खोजिरहेको सड्ढेत देखिँदै छ ।
अन्तर्राष्ट्रिय सम्बन्धको शक्ति सन्तुलनको सिद्धान्तअनुसार यदि कुनै देशले आफूलाई अरू कुनै देशको प्रभावबाट मुक्त गर्नु छ भने त्यसको लागि या त ऊ आफै शक्तिशाली हुनुपर्छ नभए शत्रुलाई प्रतिसन्तुलन गर्ने भरपर्दो प्रणालीको विकास गर्नुपर्छ । यो सिद्धान्तले विभिन्न देशबीच निगरानी र नियन्त्रणलाई जोड दिएको छ ।
यथार्थमा शक्ति सन्तुलन सामान्यतः कुनै शक्तिशाली देशले आफ्ना शत्रुको प्रतिरोध गर्न मोर्चाबन्दी वा सैनिक एकताको लागि प्रयोग गर्दछ । शीतयुद्धमा कायम शक्ति सन्तुलन यसको एउटा उपयुक्त उदाहरण हुनसक्छ । त्यस्तो सन्तुलनले कतिबेला निर्मम रूप पनि लिनसक्छ ।
चीनको उदयसँगै पछिल्ला वर्षमा केही अमेरिकीहरूले शक्ति सन्तुलनको सिद्धान्तलाई फेरि व्युँताएका छन् । चीनबारे संरा अमेरिकाको रणनीतिक कदम आज सन्तुलन कायम गर्नभन्दा पनि चीनमाथि नियन्त्रण गर्न लक्षित छ । संरा अमेरिकी हिन्द–प्रशान्त रणनीति यही मानसिकताको निरन्तरतामात्र हो ।
संरा अमेरिकाको हिन्द–प्रशान्त रणनीति र चीनको उदयबारे भारतको चासोमा केही असमानताका बुँदाहरू छन् ।
इतिहासमा चीन र भारतबीच विवाद भएको थियो । अझै पनि उनीहरूबीच समाधान हुन नसकेका सिमाना समस्या छन् । चीनले आज पाकिस्तानसँग निकटको सम्बन्ध कायम राखेको छ । पाकिस्तानलाई भारतले आफ्नो पुरानो शत्रु ठान्दै आएको छ ।
पेइचिङसँग शक्ति सन्तुलन गरी नयाँ दिल्लीले तुलनात्मकरूपमा सन्तुलित क्षेत्रीय अवस्थामा आफ्नो हितको रक्षा गर्न चाहेको देखिन्छ । यो कुरा जायज पनि हो ।
तर, भारतले इच्छाइएको शक्ति सन्तुलन र संरा अमेरिकाले चाहेको उपलब्धिबीच भिन्नता छन् । संरा अमेरिकाको कथित शक्ति सन्तुलनको उद्देश्य एसिया–प्रशान्त क्षेत्रमा आफ्नो प्रभुत्व कायम राख्ने र चीनलाई चुनौती दिने हो ।
दोस्रो विश्वयुद्धपछि संरा अमेरिकी प्रभुत्ववादी व्यवस्थाअन्तर्गत केही एसिया–प्रशान्त देशहरूले तुलनात्मकरूपमा स्थायित्व अनुभव गरेका थिए । तर, एसिया–प्रशान्त क्षेत्रको संरचनामा परिवर्तन भइरहेको छ । चीनको उदय त यो परिवर्तनको एउटा हिस्सामात्र हो । भारत र दक्षिणपूर्वी एसियाली देशहरू पनि उदाइरहेका छन् । उनीहरू विकासको प्रक्रियामा अघि बढिरहेका छन् ।
अर्को महत्वपूर्ण परिवर्तन भनेको लगातार स्तरोन्नति भइरहेको क्षेत्रीय सहकार्य हो । नयाँ दिल्लीले आफ्ना छिमेकीहरूसँग सम्बन्ध प्रगाढ बनाइरहेको छ । त्यसकारण उसले ‘पूर्वतिर हेर नीति’ अघि बढाएको छ । चीनले भारतसहित आफ्ना छिमेकी देशहरूसँगको सम्बन्धलाई अभूतपूर्व तरिकामा अघि बढाइरहेको छ । यस्ता परिवर्तनहरूबीच म्याद नाघिसकेको शक्ति सन्तुलनको सिद्धान्तलाई कुनै ठाउँ छैन । चीनको अर्थतन्त्र विकास हुन आज कसैले रोक्न सक्दैन । चीनको उदाउँदो शक्तिले एसिया–प्रशान्त क्षेत्रको संरचनामा पक्का परिवर्तन ल्याउने छ । बाहिरी शक्ति वा सेनाले यो प्रक्रियालाई रोक्न सक्दैन । क्षेत्रीय देशहरूले नयाँ व्यवस्था निर्माण गर्न जरूरी छ ।
चीनलाई रोक्न खोज्नुले भारतकै हितमा नोक्सान पु¥याउने छ । चीनको विकास रोक्न असम्भव भएकोले र समग्र क्षेत्र पनि विकासको बाटोमा अघि बढिरहेको अवस्थामा चीनको बाटो छेक्नु भनेको चीनसँग सहकार्यको अवसर गुमाउनुमात्र हुनेछ ।
भारतले यो विषयमा गम्भीरतापूर्वक विचार गर्नुपर्छ । क्षेत्रीय देशहरू सबै मिल्दा पनि चीनको उदयलाई रोक्न सक्दैनन् किनभने संरा अमेरिका स्वयं चीनसँगको सम्बन्ध विस्तारमा लागिरहेको छ । सुरू–सुरूमा यस्तो रणनीतिले काम गर्नसक्थ्यो । तर, अवस्थाले जब गम्भीर मोड लिन्छ सबै पक्षले आफ्नो पक्षधरता प्रस्ट पार्नुपर्ने हुन्छ ।
(लेखक पिपुल्स डेलीका वरिष्ठ सम्पादक र चीनको रेनमिन विश्वविद्यालयअन्तर्गत चोङयाङ वित्तीय अध्ययन प्रतिष्ठानका वरिष्ठ अध्येता हुनुहुन्छ ।)
स्रोतः ग्लोबल टाइम्स
नेपाली अनुवादः सुशीला
Leave a Reply