अन्तर्राष्ट्रिय युवा दिवस र भदौ ९ (कालो दिन) को सम्झना
- भाद्र ८, २०८३
– संयम क्षेत्री
किसान र दुग्ध व्यवसायीको मागलाई आंशिक सम्बोधन गरेर दुग्ध संस्थानले दूध प्रतिलिटिरमा ६ रूपैयाँ बढाउने निर्णय ग¥यो । त्यसो गर्दा सहरी उपभोक्ताले प्रतिलिटर ७६ रूपैयाँ र आधा लिटरको प्याकेट दूधको ३८ रूपैयाँ तिर्नुपर्ने भएको छ । यसै विषयलाई लिएर केही सोचविहीन मानिसहरूले अब दूध बहिष्कार गर्नुपर्ने भनी पटकपटक पोष्ट र साझा गर्न थालेको देखिएको छ । मासुको मूल्यवृद्धि भएपछि केही मानिसले अब मासुको बहिष्कारको कुरा उठाएका थिए तर त्यो सफल भएन । दूध र दुग्धजन्य वस्तुको बिक्रीवितरणमा केही लोभीपापी व्यापारीहरूले मनपरी मूल्य बढाएको र दूधमा अधिक पानी मिसाउने गरेको पनि सत्य हो । तरै पनि के दूधको बहिष्कार समस्याको समाधान हो त ?
दूधमात्र होइन दैनिक उपभोग्य वस्तुहरूको मूल्यवृद्धिले कम आय भएका जनताको जीवनमा कठिनाइ ल्याउने गरेको छ । फेरि मूल्यवृद्धिका अनेक कारण हुने गर्छन् । कृत्रिम अभाव सिर्जना गरी गरिएको मूल्यवृद्धिको विरोध गर्नैपर्छ । कच्चा वस्तुको मूल्य नै वृद्धि भएर केही तयारी वस्तुको मूल्यवृद्धि हुनुलाई अस्वाभाविक मान्न सकिन्न । उदाहरणका लागि नेपालको सन्दर्भमा दूध, मासुलगायत केही कृषिजन्य वस्तु पनि पर्दछन् । दूधका लागि गाई भैँसी देशमै पालिने भए पनि गाई भैँसीको नश्ल सुधार, औषधिमूलो र दाना बनाउने कच्चा पदार्थ विदेशबाट झिकाउनुपर्ने अवस्था हाम्रो देशमा छ । मकै भटमासजस्ता अन्न पनि हाम्रो देशमा पर्याप्त उत्पादन भइरहेको अवस्था छैन । त्यसले गर्दा हाम्रो कृषि उत्पादनको मूल्य दिनपरदिन बढ्दै गएको हो । कुखुरापालन र बाख्रापालनमा पनि यही नियम लागू भइरहेको छ । दूध बहिष्कार समस्याको समाधान होइन बरु हामीले कम लागतमा दूध, मासु, फलफूल, अन्न हाम्रै देशमा कम लागतमा उत्पादन गर्न के कसो गर्न सकिन्छ ? व्यापक छलफल गर्न र व्यवहारमा उत्रिन आवश्यक छ । उत्पादक किसानले २–३ रूपैयाँ बढी कमाएकोमा दाहा गर्नुभन्दा कृृत्रिम अभाव सिर्जना गर्ने र अति बढी मूल्यवृद्धि गर्ने कालाबजारियाहरूमाथि कडा कारबाही गर्न जरुरी छ ।
Leave a Reply