भर्खरै :

त्यो कालो दिन

त्यो कालो दिन

सत्यको जीत हुने
कसले रोक्न सक्ला ?
जनताको जीत हुने
कसले ठेग्न सक्ला ?
षड्यन्त्र त क्षणिक हो
२०४५ साल भदौ ९ गते
जनताविरुद्ध तिमीले
षड्यन्त्र बुन्यौ, थुन्यौ
जनआन्दोलन २०४६ मा
तिम्रो त्यो षड्यन्त्र
बालुवाको घरझैँ
भत्कियो, चकनाचुर भयो
तिमी आपैm खरानी भयो
त्यसैले,
षड्यन्त्रको जालो नबुन्नु !
त्यसमा तिमी आपैm फस्ने
होस गर !
त्यो कालो दिनको
विरोध एवम् भत्र्सना
भइरहनेछ, याद गर !
(नेमकिपाविरुद्ध २०४५ साल भदौ ९ गते तत्कालीन पञ्चायती शासकहरूले रचेको षड्यन्त्र भक्तपुर काण्ड कालो दिनको विरोध एवम् भत्र्सनामा पोखिएका केही हरफ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *