पेइचिङ, २१ सेप्टेम्बर (सीआरआई) । सत्तरी वर्ष मानव जातिको इतिहासमा एउटा छोटो समय हो । तथापि यस अवधिमा चीनले फड्को मार्ने गरी विकास गरेको छ । सन् २०१८ मा चीनको कूल गार्हस्थ उत्पादन मात्रा सन् १९५२ को तुलनामा १७४ गुणाले बढेको छ । एउटा विपन्न मुलुकबाट विश्वको दोस्रो आर्थिक शक्ति बनेको ‘चीनको चमत्कार’ विश्वको आकर्षण भएको छ ।
संयुक्त राष्ट्र सङ्घ महासभाका अध्यक्ष टिजानी मुहामाद बान्देले बितेका सत्तरी वर्षको अवधिमा एउटा विपन्न मुलुकबाट विश्वको व्यवस्थापनमा झन् झन् महत्वपूर्ण योगदान पु¥याउने मुलुक बनेको चीनले मानव जातिको विकासका लागि विशाल योगदान पु¥याएको बताउनुभयो । सम्पूर्ण चिनियाँ समाजमा प्रेरक शक्ति भरिएको, चीनको छविमा दिन प्रतिदिन सुधार भैरहेकोले चीनको विकासको भविष्य उज्यालो हुने कुरा पनि उहाँले औंल्याउनुभयो ।