भर्खरै :

असदविरुद्ध अर्को रासायनिक हतियारको नाटक रचिनसक्ने पुटिनको चेतावनी

मस्को (रसिया), २९ चैत । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार रसियाली टेलिभिजनद्वारा प्रसारण गरिएको एक अन्तरवार्तामा सिरियामा अर्को रासायनिक हतियार प्रयोगको प्रपञ्च रचिने र सिरियाको बसर अल असद प्रशासनविरुद्ध विश्व समुदायको मन जित्ने कार्य हुनसक्ने बताउनुभएको छ ।
“हामीले विभिन्न गोप्य स्रोतबाट प्राप्त जानकारीअनुसार सिरियाको दमास्कसको बाहिरी क्षेत्र वा सिरियाको अन्य कुनै क्षेत्रमा रासायनिक हतियारको प्रयोग भएको दाबी गर्न त्यस्तै किसिमको विषाक्त तत्वको प्रयोग गरी असदविरुद्ध विश्वको जनमत सिर्जना गर्ने योजना छ” पुटिनले भन्नुभयो ।
गत मङ्गलबार सिरियाली प्रशासनद्वारा गरिएको हवाई आक्रमणमा रासायनिक हतियारको प्रयोग भएको र यसका कारण ८६ जनाभन्दा बढी सिरियाली सर्वसाधारणको मृत्यु भएको घटनाबारे विश्वभर बहस चलिरहेको समय पुटिनको सो दाबी आएको हो ।
गत मङ्गलबार भएको आक्रमणमा सिरियाली प्रशासनले रासायनिक हतियारको प्रयोग नगरेको सिरिया र यसको प्रमुख सहयोगी रसियाले बताउँदै आएका छन् । रासस÷एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *