भर्खरै :

करेन्ट लागेर मृत्यु

धुलिखेल, ३० चैत । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका बुडोलडाँडामा गएराति करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिन्धुपाल्चोक जिल्ला तौथली–३ का ४० वर्षीय हरिबहादुर कुसुले रहेको प्रहरीले जनाएको छ ।
राति ९ बजेतिर बनेपाको बुडोलडाँडामा बा४ख ७९०६ नंको टिपरबाट बालुवा खसाल्ने क्रममा बिजुलीको तारमा छोएर करेन्ट लागेर मृत्यु भएको हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *