भर्खरै :

नेताको निर्माण कार्यकर्ताबाट हुन्छ

केही व्यक्तिहरू कुनै न कुनै राजनीतिक दलहरूबारे मनोगत टिप्पणीहरू गर्ने गर्छन् । उदाहरणको निम्ति – पुरानो नेतृत्वको ठाउँमा नयाँ नेतृत्वलाई आउन दिँदैनन् वा ‘नयाँ युगमा नयाँ नेतृत्व’ आवश्यक छ, आदि । तर, गम्भीर अध्ययनले बताउँछ – हरेक देशको ठूल–ठूला परिवर्तन र क्रान्तिको सफलताको निम्ति झण्डै दुई पुस्ता लाग्छ । उदाहरणको लागि बेलायतको पुँजीवादी क्रान्ति, अमेरिकी स्वतन्त्रता आन्दोलन, फ्रान्सेली राज्य क्रान्ति र रूसी अक्टोबर क्रान्ति आदि ।
राजनीतिक परिवर्तनको लागि एउटा पुस्ता राजनीतिक दर्शन र विचारकै सङ्घर्षमा लागेको देखिन्छ भने दोस्रो पुस्ताको आधा शताब्दीको हाराहारीमा सत्ता पल्टेको वा क्रान्तिले मूर्त रूप लिएको देखापर्छ । यसअर्थमा नेपालमा दोस्रो पुस्ताले बामे सर्दै गर्दा नै नेतृत्वमा आउनुपर्ने आग्रह गर्छन् । जसरी दुई–चार वर्षमै आफूलाई राम्रो चालक सम्झेर खुब जोडले मोटर हाँकेर धेरै दूर्घटना व्यहोर्छन् र दोष सडक, मोटरको पार्टपूर्जा र पेट्रोललाई दिन्छन् । त्यसरी नै नयाँ युवा नेता अरूको फुर्काइमा ‘म दलको नेतृत्व गर्न सक्छु’ भन्ने ठान्छन् तर त्यो व्यवहारमा गलत साबित हुन्छ ।
हो, प्रजग कोरियामा किम इल सङ, किम जोङ इल र किम जोङ उन युवा अवस्थामै नेता बनेका थिए । ती नेताहरूको जीवन गाथालाई अध्ययन गर्दा आफ्ना माता–पिताको लालन–पालन र आफ्ना बुबाका सहयोगीहरूकै नैतिक, भौतिक सहयोग र समर्थनबाट प्रेरणा प्राप्त गरेको देखापर्छ । आमा–बुबा, देश र जनताको समर्थन र सहयोगी पुरानो पुस्ताको साथ पाएर ती युवा नेताहरू सङ्घर्ष गर्दै सक्षम भए । तर, तिनीहरू कम उमेरमा सङ्घर्ष सुरू गर्दै प्रौढ अवस्थामा योग्य नेता बने ।
यही कुरो भियतनामका राष्ट्रपति हो चि–मिन्हको जीवनमा पनि लागू हुन्छ । नेतृत्व वा पदको उद्देश्यले ती नेताहरूलाई लोभ्याएको देखिन्न बरु आ–आफ्नो देशप्रति समर्पण र प्रतिबद्धताले एक–एक पाइला गरेर माथिल्लो पदमा पुगेका थिए । साइकल चलाउने केटोले हवाइजहाजको पाइलट बन्ने आकङ्क्षा राख्न सक्छ । तर, ऊ साइकलको चढाईमा महारत हासिल गरेरै पाइलट बन्छ भन्नेबारे कल्पना गर्न सकिन्छ ।
हो चि – मिन्हमात्र होइन अनेक अफ्रिकी नेताहरू पनि एक बेला विद्यालयका शिक्षक थिए । तर, विद्यार्थीहरूलाई खाली पढाउने र पेट पाल्ने उद्देश्य राखेका भए ती शिक्षकहरू गाउँका राम्रा शिक्षकहरूमात्र हुन्थे । ती शिक्षकहरू मनमा आ–आफ्ना देशलाई उपनिवेशबाट मुक्त गर्ने र देशमा समतामूलक समाज वा समाजवाद स्थापना गर्न चाहन्थे । त्यहीअनुसार धेरै हण्डर र अग्नी परीक्षाहरू, अनि अनेकौँ अनुभव, हजारौँ व्यक्तिहरूको चिनजान र सङ्गठनहरूबाट ती नेताहरूले आफ्ना देशहरूलाई मुक्ति दिलाए र समाजवादको स्थापना गरे ।
काठमाडौँ उपत्यकामा शिक्षक भएरै मात्र राजनीतिमा धेरै ठूलो योगदान गर्ने कल्पना गर्ने हो भने काठमाडौँ उपत्यकामा धेरै–धेरै योग्य नेताहरूको उदय हुने थियो । धेरै जिल्ला, अञ्चल, प्रदेश र देशका कुना–काप्चामा रगत र पसिना नबगाएका ‘शिखर पुरूष’ वा ‘राष्ट्रिय’ नेता पाउन गा¥हो छ । राम्रो शिक्षक, विद्वान, लेखक, कवि, कलाकार हुनु र एकजना योग्य नेता बन्नुमा धेरै भिन्नता छ । राम्रा ‘अभिनेता’ वा कलाकार त नक्कल गर्न जान्ने कला भएका व्यक्ति हुन् भने नेताले आफूलाई एक उदाहरणीय व्यक्तिमा पु¥याइसकेको हुन्छ । सफल नेता कहिले आफू त्यसको लायक बन्यो उसलाई थाहै हुन्न – जसरी आफ्नो मुख आफूले देख्दैन ।
तर, जनताले हरेक क्षेत्रको व्यक्तिको कौशल, ज्ञान, सेवा र समर्पणलाई देखिरहेकै हुन्छन् । यसकारण, आफूलाई एक राजनैतिक कार्यकर्तामात्र सम्झन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *