अमेरिकाको छद्म सैन्य बजेट
- असार १२, २०८३
असोज ३ गतेबाट सुरु भएको नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशन सोमबार सम्पन्न भयो । शुक्रबार भएको उद्घाटन ¥याली र समारोहमा दसौँ हजार जनताको सहभागिताले नेमकिपा नेपाली जनताको मनमुटुमा बसेको पार्टी भएको पुष्टि ग¥यो । २०३१ सालमा नेमकिपा स्थापना भयो । नेमकिपाको स्थापना भागबन्डा, घुर्की वा नेताप्रतिको व्यक्तिगत असन्तोष वा मनमुटावका कारण भएको थिएन । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दामा भएका सैद्धान्तिक विमतिपछि तत्कालीन नेकपा (पुष्पलाल समूह) बाट अलग्गिएको नेमकिपा स्थापना भएको थियो ।
सातौँ महाधिवेशनले नेपाली कम्युनिस्ट आन्दोलनका एक जना सिद्धान्तनिष्ठ अगुवा नारायणमान बिजुक्छेँको अध्यक्षतामा नयाँ केन्द्रीय समिति निर्वाचित गरेको छ । नेपाली राजनीतिमै सिद्धान्तनिष्ठता र नैतिकताको राजनीतिका उदाहरण बिजुक्छेँले नेमकिपालाई स्थापनाकालदेखि नै नेतृत्व गर्दै आउनुभएको छ । राजनीतिक पार्टीको नेतृत्व भनेको विचार र सिद्धान्तनिष्ठता हो । जुन वर्ग र लक्ष्यको लागि पार्टी स्थापना भएको हुन्छ, त्यो लक्ष्य हासिल गर्न वैचारिक नेतृत्व गर्नसक्ने व्यक्ति नै खासमा नेतृत्व हो । विगत चार दसकभन्दा लामो समयदेखि पार्टीको नेतृत्व गर्दै आउनुभएका अध्यक्ष बिजुक्छेँले आज पनि पार्टीको वैचारिक नेतृत्व गर्दै आउनुभएको छ । पार्टीको विचारलाई जनतासम्म पु¥याउन पुराना र नयाँ कार्यकर्ता उत्साहका साथ लागिरहेका छन् । नेतृत्वको विचार र ती विचार जनतासम्म पु¥याउन सक्षम कार्यकर्ताले नै पार्टीलाई जनताबीच लोकप्रिय बनाउने हो ।
नेतृत्वको लागि पुँजीवादी दलभित्र हुने लज्जाहीन प्रतिस्पर्धा र झैंझगडा देखेका केही मानिसहरू नेमकिपालाई पनि त्यही मानकमा दाँज्ने गल्ती गर्छन् । गुटबन्दी, झैँझगडा, खुट्टा तानातानदेखि कुटपिट सम्म गरेरमात्र नेतृत्व स्थापित हुन्छ भन्ने खोटो बुझाइ भएका कतिपय मानिसको लागि नेमकिपाले गर्दै आएको भिन्न अभ्यास अस्वाभाविक लाग्न सक्छ । मङ्गलबार आयोजित पत्रकार भेटघाटमा नेमकिपा अध्यक्ष बिजुक्छेँले नेमकिपालाई एकमनको एकता भएको पार्टी भन्नुभयो । एक मनको एकता भएको पार्टीमा कुनै पनि निर्णय आपसी सौहार्दता र छलफलबाट गरिन्छ । पद र अवसरको लागि भन्दा पनि तोकिएको जिम्मेवारी पूरा गर्ने विषयमा पार्टीभित्र सकारात्मक प्रतिस्पर्धा हुन्छ ।
एक जना नेताले अर्को नेता कहिले मर्ला र आफ्नो पालो आउला भन्ने घिनलाग्दो चिन्तन पुँजीवादी पार्टीमा हुन्छ । जसरी राणाशासनमा आफूले शासन चलाउन प्रधानमन्त्रीको उनका भाइ भतिजाले नै हत्या गथ्र्यो, आजका नेपालका शासक दलहरूमा पनि हामी त्यस्तै छनक भेटाउँछौं । कम्युनिस्ट नाम बोकेका नेपालका पुँजीवादी पार्टीमा पनि यस्तै समस्या नेपाली जनता देख्दैछन् । तर, एउटा इमानदार असल कम्युनिष्ट पार्टीमा विचार र सिद्धान्तले नेतृत्व गर्छ । व्यक्ति सधैं गौण हुन्छ । सिद्धान्तमा नेतृत्व गर्नु नै पार्टीको नेतृत्व गर्नु हो ।
कुनै पनि कम्युनिस्ट पार्टीको नेतृत्वको अर्थ एक जना व्यक्तिमात्र हुने गर्दैन । नेतृत्वको जिम्मेवारी बहन गरेका व्यक्तिहरूको विचारबाट निर्देशित हुने इमानदार र समर्पित कार्यकर्ताको पङ्क्तिले नै नेतृत्व स्थापित हुने गर्दछ । आज नेपाल मजदुर किसान पार्टीले यस्तै साङ्गठनिक अभ्यास गरिरहेको छ । यस्तै अभ्यासले नै नेमकिपालाई समयले ल्याएका जस्तै आँधीहुरीले पनि तसमस बनाउन सकेन । समयका हरेक परीक्षा सफलतापूर्वक उत्तीर्ण गरेर नेमकिपाले चालीस वर्ष लामो गौरवपूर्ण इतिहास बनाएको छ । नेमकिपालाई पुँजीवादी दलको मानकले नाप्न खोज्नु गलत हो ।
नेमकिपाको सातौँ महाधिवेशनबाट निर्वाचित नयाँ समितिलाई हार्दिक शुभकामना ।
Leave a Reply