अमेरिकाको छद्म सैन्य बजेट
- असार १२, २०८३
रूपन्देही
भदौको २९ गते रूपन्देहीको रोहिणी गाउँपालिकाका महेन्द्र कुर्मीलाई दिनदहाडै गोली प्रहार भयो । कुर्मीको घटनास्थलमै मृत्यु भयो भने मृतकसँग भएको पाँच लाख नगद लुटी हत्याराहरू भागे । हत्यारा एवम् लुटेराहरू सीमा पारी भारततिर भागेको प्रत्यक्षदर्शीहरूले जनाएका छन् । नेपाल भारत खुला सीमाको कारण अपराधीहरूको मनोबल बढेको छ । सीमा क्षेत्रका जनताहरू आतङ्कित छन्, असुरक्षित छन् भन्ने यो एउटा मात्र उदाहरण हो । खुला सीमाबाट सीमा क्षेत्रका जनता नै बढी जोखिममा छन् । अपराधी, तस्करी, चोर र डाँकाहरूले मात्र फाइदा लिएका छन् । यद्यपि भारतीय विस्तारवादीहरूले सीमा नियमित गरे परम्परादेखि चल्दै आएको रोटीबेटीको सम्बन्धमा समस्या आउने भ्रम छरिरहेका छन् । नेपाल भारत सीमा नियमित गर्दैमा रोटीबेटीको सम्बन्धमा अप्ठ्यारो आउने होइन बरु अझ व्यवस्थित बनाउन सकिन्छ । नेपाल मजदुर किसान पार्टी रूपन्देहीले सीमा क्षेत्रका जनतासँग प्रत्यक्ष संवाद छलफल गरी नेपाल भारत खुला सीमा नियमित गर्नुपर्ने महत्वबोध गराइ रहेको छ ।
भारतीय विस्तारवादी शासकहरूले बेलायती साम्राज्यवादी विरासत बोकेको छ । बेलायती साम्राज्यवादको प्रभाव क्षेत्र रहेको सबै क्षेत्रलाई भारतीय विस्तारवाद आफ्नो तखतमा राख्न चाहन्छ । नेपालसँग खुला सीमा कायम राखी ‘विशेष सम्बन्ध’ देखाउन चाहन्छ । सीमा अतिक्रमण गरेर मात्र होइन, दलाल नेपाली शासकहरूमार्फत् नेपालमाथि कब्जा जमाउन चाहन्छ । विस्तारवादी भारतीय शासकहरूले स्वतन्त्र राज्य काश्मीरलाई ‘विशेष दर्जाको राज्य’ को रूपमा भारतीय संविधानमा जोडे । आज फासीवादी मोदी सरकारले बलपूर्वक ‘विशेष दर्जाको राज्य’ खोस्यो । काश्मीरमाथि थिचोमिचो गर्ने विस्तारवादी र फासीवादी भारतीय शासकहरूको गलत कदमको विरोधमा व्यापक जनतालाई सचेत बनाउन नेमकिपा रूपन्देहीले छलफल बैठक सञ्चालन गरिरहेको छ ।
दुईतिहाइको सरकार आएपछि स्थिरता आउने र देशको विकास अनि समृद्धि हुने धेरैले आशा गरेका थिए । कम्युनिस्ट नाम गरेको ओली सरकारको बोली र व्यवहारको अन्तरविरोधको कारण यतिबेला व्यापक जनतामा असन्तुष्ति बढेको छ । रूपन्देहीबाट निर्वाचित सरकारी नेकपाका महासचिव बालुवाटारको आठ आना जग्गा लिएर सो¥ह सय आना सरकारी जग्गा हड्प्न मतियार बनेको चर्चा छ । जिल्लाकै आफ्नै कार्यकर्ताहरूका हत्याराहरूलाई नै संरक्षण गरिरहेको भनी जिल्लामा उनैका कार्यकर्ताहरू आरोप लगाउँछन् । सरकारको पक्षमा ढाकछोप गर्न केही अरिङ्गालहरू भुनभुनाए पनि अधिकांश एमाले–माओवादीकै कार्यकर्ता निराश हुन थालेका छन् । असन्तुष्टिले विद्रोहको रूप लिनलाई धेरै समय लाग्ने छैन । प्रमुख प्रतिपक्ष काङ्ग्रेसका प्रभावशाली नेता भएको जिल्ला भए पनि प्रभावकारी भूमिका छैन । जनमुक्ति पार्टीले भ्रष्टाचारविरोधी अभियानको नाममा केही गतिविधि गरिरहेको छ । मसाल वा राष्ट्रिय जनमोर्चाका कार्यकर्ताहरू आपसी द्वन्द्वमा फसेका छन् । उनीहरूको पार्टीले औपचारिक रूपमा ‘हाँक’ पत्रिका बन्द गर्ने निर्णय गरे पनि स्थानीय कार्यकर्ताहरू ‘हाँक’ पत्रिकामै सक्रियतापूर्वक लागिरहेका छन् । चीनलाई साम्राज्यवादी देश भनी कम्युनिस्ट सिद्धान्तको गलत व्याख्या गर्ने मसालका कार्यकर्ताहरू आपसमै रुमलिरहेका छन् । नयाँशक्तिवाला समाजवादीका कार्यकर्ताहरू भारतीय विस्तारवाद र भारतीय एकाधिकार पुँजीको विरोध सुन्न पनि तयार छैनन् । वैद्य र विप्लव समूहका कार्यकर्ताहरू एकले अर्कोलाई भारतीय शासक वर्गको सहयोगबिना बाँच्न नसक्ने बताउँछन् ।
कालिकोट
कालिकोटमा नेकपा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय र सरकारी तथा गैरसरकारी सङ्घ—संस्थाहरूको माध्यमबाट देश र जनताको पक्षमा बोल्ने र पुँजीवादी व्यवस्थाको विरोधमा गतिविधि गर्नेहरूलाई जागीर दिने नाममा हतोत्साहित बनाउन हरहमेसा क्रियाशील देखिन्छ । नेकपाका स्थानीय सरकारका जनप्रतिनिधिहरू र कार्यकर्ताहरू सत्ता र शक्तिको अत्यधिकरूपले दुरूपयोग गरिरहेका छन् । नेकपाभित्र विविधखाले गुटबन्दीका परिदृश्यहरू देखापर्न थालिसकेका छन् । नेपाली काङ्ग्रेस जनजागरणका माध्यमबाट जनताका माझमा जान खोज्दैछ । यद्यपि हीनताबोधबाट ग्रसित छ । राजपा गतिविधिविहीन अवस्थाबाट गुज्रेको जस्तो देखापर्छ । कालिकोट जिल्लामा नौवटा स्थानीय तह छन् ।
उदयपुर
बहुदलीय व्यवस्था पुनःस्थापनापछि सरकारमा गएका पार्टीहरूले देश र जनताको इमानदारीपूर्वक सेवा नगर्नाले उदयपुरवासीहरूमा निराशा छाएको छ । उदयपुर जिल्ला कृषि उत्पादनमा राम्रो र उद्योगधन्दा विकासको सम्भावना भएको जिल्लाभित्र पर्दछ । तर, शासक दलका शोषण तथा पुँजीवादी प्रवृत्ति, भ्रष्टाचारका गतिविधिले गर्दा जिल्लामा हालसम्म शिक्षा, स्वास्थ्य, खेलकुद, आर्थिक, राजनैतिक, सामाजिक र सांस्कृतिक विकास भएको छैन । वर्षेनी बाढी पहिरोले हजारौं गरिब तथा भोकानाङ्गा जनता घरवारविहीन हुन्छन् । रोजगारीको लागि हजारौं युवाहरू विदेशिन बाध्य छन् । रोगका कारण यहाँका गरिब किसान—मजदुरहरू अकालमा मर्न बाध्य छन् । यहाँका शासक दलका जनप्रतिनिधिहरू आफै ठेकेदार बनी जिल्लाको बजेट श्रीमती, छोराछोरी, सालासाली, आफन्तलाई पारी ठूलो विकास गरँे भन्दै धाक लगाउने परम्परा छ ।
उदयपुर हाल प्रदेश नं. १ मा पर्दछ, यहाँ मिश्रित जनसमुदायको बसोबास छ ।
यो जिल्ला जमिनदार र सामन्तहरूले राज गर्दै आएको र वर्तमान कालमा पनि फरक नामधारी शासक दल उही शैलीमा यहाँ शासन गर्दैछन् ।
यो जिल्लामा नाम मात्रका कम्युनिस्ट र काङ्ग्रेसले आलोपालो शासन गरिरहेका छन् । यो जिल्लामा ३ नगरपालिका र ३ गाउँपालिका छन् ।
शासक दलका स्थानीय जनप्रतिनिधिहरू आफै ठेकेदार छन् । वनजङ्गल, खोलानाला, बालुवा, रोडा, ढुङ्गा भारतलाई सस्तोमा बेची चुनाव खर्च जम्मा गरी हरेक चुनावमा भोजभतेर लगाएर सोझासिधा जनताको मत लिन्छन् ।
यो जिल्लामा ८० प्रतिशत किसान, १३ प्रतिशत मजदुर र ७ प्रतिशत शोषक सामन्तहरूको बसोबास छ भने ७ प्रतिशत शोषक सामन्तहरूले सधैँ शासन गरेको इतिहास छ ।
हालसम्म जिल्लामा गरिब जनताका छोराछोरीले अध्ययन गर्ने राम्रो विद्यालय छैन । स्वास्थ्य उपचार गर्ने राम्रो अस्पताल नहुनाले बर्सेनि हजारौँ बिरामी उपचार नपाई मर्नुपर्ने अवस्था छ ।
वर्षामा यहाँका तावाखोला, मरुवाखोला, हात्तीमारा यारी खोला, मलुवा खोला, त्रिजुगा खोलामा पुल नहुनाले सर्वसाधारण जनता तथा विद्यार्थीलगायतले अकालमै मृत्युवरण गर्नुपर्ने बाध्यता छ ।
जुम्ला
जुम्लामा नेकपा, नेपाली काङ्ग्रेस, राप्रपा, समाजवादी फोरम, जनमोर्चा समेतका पार्टीहरू क्रियाशील छन् । यिनीहरूको उद्देश्य भनेकै नेपाल मजदुर किसान पार्टीलाई कमजोर बनाउनुरहेको छ भने यस पार्टीलाई कमजोर बनाएपछि जनताको विद्यालय ध्वस्त हुने र देश दलालहरूको हातमा पार्ने निश्चित भइसकेको छ । नेकपा नाममात्रको कम्युनिष्ट पार्टीले देशको विकास निर्माणमा कमिसन खाने, परीक्षामा चिटिङ्ग गराउने जनताको बजेटलाई कार्यकर्ता पालनपोषण गर्न माध्यम बनाउने, पक्षपात र असमान व्यवहार गर्ने, देशलाई विदेशी दलालबाट हस्तक्षेप गराउने र मत सङ्कलनमा देशको बजेट लगानी गरिएको छ ।
नेपाली काङ्ग्रेस पुख्र्यौली राजनीति गर्दै आफू सत्तामा गएको बेला गलत गरेका कारण प्रमुख प्रतिपक्षको भूमिका समेत निर्वाह गर्न सकेको छैन । यसको सङ्गठन नेकपाको असन्तुष्टिका कारण बढ्ने क्रममा भए पनि व्यवहार गलत गरिरहेको छ । अन्य सात पार्टीहरू सत्तालोलुपताले लगामविनाका घोडाजस्तो अवस्थामा रहेका छन् भने प्रशासन र प्रहरी पनि सत्तापक्षको गुणगान गाउन सक्रिय रूपमा लागेको देखिन्छन् । युवा र विद्यार्थी वर्ग उचित शिक्षा पाउन नसकेका कारण गन्तव्यहीन बाटोमा कुँदिरहेका देखिन्छन् ।
काभ्रे
‘क्रान्तिको अर्थ दाल, भात, दुकुकोमात्र समस्या समाधान नभई सबै नागरिकहरूलाई सांस्कृतिकरूपले उत्थान गर्नु मुख्य हो ।’ ‘अध्ययनशील विद्यार्थीहरूले पनि राजनीति गर्नुपर्छ, पशु र चराचुरुङ्गीले मात्र राजनीति गर्दैन, देश जोगाउन र जनताको हित गर्न राजनीति गर्नुपर्छ र मानिस स्वभावैले राजनीतिक प्राणी हो ।’ ‘राजधानीका महँगा विद्यालय र कलेजका विद्यार्थीसरह गाउँ–गाउँ र गल्ली–गल्लीका विद्यालयमा पढ्ने विद्यार्थीलाई व्यक्तित्व विकासमा समान अवसर हुने व्यवस्थाको निम्ति नेमकिपा सङ्घर्षरत रहेको छ ।’ ‘स्टालिन सोभियत जनताका प्रिय नेता भएको उल्लेख र वीर तथा क्रान्तिकारी जनताले स्टालिनबाट ऊर्जा पाएर नै दोस्रो विश्वयुद्धमा फासीवादीलाई पराजित गर्न सफल भएको हो ।’ ‘शासक दलहरूले योग्य व्यक्तिहरूलाई उचित ठाउँमा राख्नुपर्छ । अयोग्य व्यक्तिले राम्रोसँग काम गर्न सक्दैन । राजदूतहरू योग्य भएका भए विदेशीसँग वार्ता र सम्झाइबुझाइ गर्न सकिन्थ्यो । त्यस्तो नभएकोले अरूको चित्त बुझाउन नसकिए हो ।’ ‘संसदमा नेमकिपाले मात्रै साँचो अर्थमा प्रतिपक्षको भूमिका निभाइरहेको छ ।’
Leave a Reply