भर्खरै :

नेमकिपाको निर्वाचित केन्द्रीय समितिलाई बनेपामा शुभकामना

बनेपा, ७ असोज । नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनबाट निर्वाचित समितिका पदाधिकारी तथा सदस्यहरूलाई मङ्गलबार बनेपामा ‘आयाम’ बुलेटिन प्रकाशनले बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न ग¥यो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले विचार बोकेको पत्रिकाहरूले बौद्धिक तृष्णा मेट्ने चर्चा गर्दै देशको सेवा गर्न आयाम प्रकाशनले जनतालाई खुराक दिन्छ भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले कामदार जनताको हितको लागि समाजवादी व्यवस्था स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।
अर्का केन्द्रीय सदस्य नन्दबहादुर शाहीले पञ्चायती व्यवस्थामा नेमकिपाका अग्रजहरूले कर्णाली र भेरीका विकट जिल्लाहरूमा माक्र्सवादी शिक्षा पु¥याउनुभएको बताउनुभयो ।
केन्द्रीय सदस्य एवम् ३ नं. प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईले व्यापारीहरूको कमाउधन्दाको लागि शासक दलहरूले जानी बुझिकन नै प्रदेश राजधानी निश्चित नगरेको बताउनुभयो ।
अर्का केन्द्रीय सदस्य एवम् ३ नं. प्रदेशसभा सदस्य सृजना सैंजूले प्रदेशसभालाई वैचारिक सङ्घर्ष गर्ने थलोको रूपमा नेमकिपाले उपयोग गरिरहेको बताउनुभयो ।
भवानी जोशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सञ्चालन ओमप्रकाश मानन्धर र स्वागत राजेश मानन्धरले गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *