भर्खरै :

जनवादी गणतन्त्र चीन स्थापनाको ७० औँ वर्षगाँठ आरम्भ

पेइचिङ, २४ सेप्टेम्बर । चीनका राष्ट्रपति सी चिनफिङले नयाँ युगको लागि चिनियाँ विशेषतासहितको समाजवादको विजयको लागि अथक काम गर्न चिनियाँ जनतालाई आह्वान गर्नुभएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव, केन्द्रीय सैनिक आयोगका प्रमुख सी चिनफिङले जनवादी गणतन्त्र चीनको ७० औं स्थापना दिवसको अवसरमा ७० वर्षका उपलब्धि विषयमा आयोजित प्रदर्शन अवलोकनका क्रममा त्यस्तो आह्वान बताउनुभएको हो ।
जनवादी गणतन्त्र चीन स्थापनाको ७० वर्षमा चिनियाँ कम्युनिस्ट पार्टीले एकपछि अर्को चुनौती सामना गर्दै चमत्कारमाथि चमत्कार सिर्जना गरेको बताउनुभयो ।
बितेका सत्तरी वर्षमा चीनले हासिल गरेका उपलब्धि र चीनमा गरेका ऐतिहासिक परिवर्तनको आधारमा चिनियाँ कम्युनिस्ट पार्टीले मात्र चीनको नेतृत्व गर्न सक्ने पुष्टि भएको चर्चा गर्दै समाजवादी व्यवस्थाले मात्र चीनको रक्षा गर्न सक्ने धारणा राख्नुभयो । सुधार र खुलापन नीतिले चीनको विकास भएकोमा जोड दिंदै महासचिव सीले त्यही नीतिको आधारमा समाजवाद र माक्र्सवादको विकास सम्भव भएको बताउनुभयो ।
“चिनियाँ विशेषतासहितको समाजवादी व्यवस्थाले मात्र चीनलाई समृद्ध र शक्तिशाली बनाउन सक्नेछ”, सीले भन्नुभयो ।
चिनियाँ विशेषतासहितको समाजवादको झण्डामुनि गोलबद्ध हुन चिनियाँजनतालाई आह्वान गर्दै सीले राष्ट्रिय पुनर्जागरणको चिनियाँ सपना साकार बनाउन अथक मिहिनेत गर्न आग्रह गर्नुभयो ।
प्रदर्शनमा चिनियाँ कम्युनिस्ट पार्टीका पदाधिकारीहरू ली खस्याङ, वाङ याङ, वाङ हुनिन, चाओ लिचे, हान चेङ र वाङ छिशानले पनि भ्रमण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *