अमेरिकाको छद्म सैन्य बजेट
- असार १२, २०८३
–सुरजसिंह
नेपालको सरकारका मन्त्री, उच्च प्रशासनिक कर्मचारीदेखि तल्लो तहका कर्मचारीसम्मलाई आग्ने गरेको आरोप थियो– कामभन्दा घोषणा गर्न हतार । भौतिक निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी, हरेक क्षेत्रमा काम थाल्नुभन्दा घोषणा पहिले हुँदै आएको छ । हरेक सरकार र खानेपानी मन्त्रीले ‘आउँदो दसैँसम्ममा मेलम्चीको खानेपानी काठमाडौँ आइपुग्ने’ घोषणा गरेकै हुन् तर मेलम्चीको पानी अहिलेसम्म आएको छैन । अझै कति महिना र वर्ष लाग्ने हो यत्तिकै भन्न सकिन्न । केन्द्र वा सङ्घीय सरकारको यो रोग अहिले प्रदेश र स्थानीय तहको सरकारमा झाङ्गिएको छ । साक्षरतासम्बन्धी कुनै काम भएको छैन, स्थानीय जनता अझै निरक्षर छन् तर पूर्ण साक्षर गाउँ, नगर र जिल्ला घोषणा गर्न हतार छ । सदरमुकाम छोडेर गाउँतिरको बाटो लाग्नेबितिक्कै बाटो छेउका मलमुत्रको गन्धले नाक छोपेर अघि बढ्नुपर्ने अवस्था छ तर खुला दिशामुक्त र पूर्ण सरसफाइयुक्त नगर र जिल्ला घोषणा गर्ने लहर नै चलेको छ । गत भदौ ३० गते २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले धनुषा जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरे । घोषणा कार्यक्रम गरिएको थियो, जिल्ला समन्वय समितिको कार्यालय धनुषाको परिसरमा । घोषणा सभास्थल नजिकै १–२ किलोमिटर क्षेत्रभित्र नै सडकमा जथाभावी खुला दिसापिसाब देख्न सकिन्छ तर मुख्यमन्त्री राउतले खुला दिसापिसाब देखिने अवस्थालाई आँखा चिम्लेर खुला दिसामुक्त घोषणा गरे । प्रदेशको अस्थायी राजधानी र धनुषा जिल्लाको सदरमुकाम समेत रहेको जनकपुरधाम सहरमा समेत सार्वजनिक शौचालय छैनन् । सार्वजनिक शौचालय नहुँदा कतिपय व्यक्तिले खुलामै दिसा गर्न बाध्य हुनुपरेको अवस्था विद्यमानै छ तर जनकपुर उपमहानगरपालिका, जिल्ला समन्वय समिति धनुषा र मुख्यमन्त्री राउतलाई भने घोषणा गर्न नै हतार भएको देखियो । दाताहरूको सहयोग, अनुदान र ऋण पचाउनकै निम्ति कामभन्दा घोषणा गर्न हतार गर्दा हाम्रा जिल्ला र प्रदेशको अवस्थामा सुधार आउनुभन्दा झूट, निर्लज्जता, अनियमितता, र भ्रष्टाचारजन्य विकृति बढ्ने निश्चित छ ।
Leave a Reply