भर्खरै :

विस्मृति रोग (अल्जाइमर) का रोगीलाई माया

छत्र प्रधान
अल्जाइमर डिजिज इन्टरनेसनलले यस वर्ष “Let’s talk about dementia: End the Stigma” नेपालीमा विस्मृति रोगबारे चर्चा गरौँ । हेय भावना अन्त गरौँ भन्ने नारासहित २६ औं विश्व अल्जाइमर चेतना दिवस, २१ सेप्टेम्बर (World Alzheimer’s Awareness Day) लाई सेप्टेम्बर महिनाभरि अल्जाइमर महिना घोषणा गरी मनाउँदै छ ।
एक्काइसौँ शताब्दीपछि मात्रै नेपालमा बिर्सिने रोगलाई सामाजिक र जनस्वास्थ्य समस्या भनेर विभिन्न सामाजिक कार्यक्रमहरूमा समावेस गरियो । यस रोगलाई सामाजिक समस्याको रूपमा अत्यन्त कम मात्रामा नेपाली जनताले चिन्न र व्यक्त गर्नथाले । सामाजिक डरको कारणले गर्दा यो रोग सीमित परिवारभित्र रही बाहिर अरूले केही भन्छन् कि भन्ने डरले उल्लेख गरिएन । यस रोगलाई चिन्ने न त सरकारको कुनै कार्यक्रम थियो न त कुनै नियमहरू नै थिए । अरू संस्थाहरूमा पनि यस रोगलाई चिन्ने र निराकरण गर्ने कुनै नियमहरू थिएनन् । अल्जाइमर रोग यसरी अत्यन्त थोरै परिवारहरूमा मात्र सीमित हुनाले समाजमा यसको उल्लेख सीमितरूपमा हुन्थ्यो । यस रोग र यसबाट हुने सामाजिक परिणामहरू भएकोले यसलाई ठूलो सामाजिक समस्याको रूपमा लिइन्थ्यो । नेपाल सरकारले भर्खरैमात्र यस रोगलाई अत्यन्त सामाजिक समस्याको रूपमा स्वीकार गरेर यसको निराकरणको लागि आर्थिक र औषधोपचारसम्बन्धी कार्यक्रम सञ्चालन गर्न थालेको छ ।
नेपाल सरकारबाट बिर्सिने रोगको निःशुल्क उपचारका लागि एक लाख रुपैयाँ तोकिएको र सोको उपचार स्वास्थ्य मन्त्रालयले तोकेको त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पताल, पाटन एकेडेमी अफ साइन्सेज, काठमाडौँस्थित नेसनल एकेडेमी अफ मेडिकल साइन्सेस र धरानस्थित बी. पी. कोइराला अस्पतालबाट उपचार गर्नुपर्ने व्यवस्था गरेको छ । यद्यपि यस रोगको पूर्ण उन्मूलनका लागि यो थोरै रकम मानिएला तर यस रोग नियन्त्रणका लागि सरकारको यो पहिलो पाइलालाई यस रोगबाट पीडित जनताका उपचारका लागि अति महत्वपूर्ण र प्रशंसनीय कार्य मानिएको छ ।
स्वास्थ्य विभागका अनुसार यी तीन आर्थिक वर्ष २०१३ र १४, २०१४ र १५, २०१५ र १६ भित्र ९ जना यस रोगका बिरामीलाई सरकारी उपचार प्राप्त भएको छ । यस रोगलाई उपचार गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ज्येष्ठ नागरिकहरूलाई सेवा प्रदान गर्दै आएको छ । यस मन्त्रालयले यस रोगको निराकरणको लागि सेवा गर्ने व्यक्तिहरूलाई गैरसरकारी संस्थाहरूमार्पmत तालिमसमेतको व्यवस्था गर्दै आएको छ ।
काठमाडौँ उपत्यकाभित्र Alzheimer’s and Related Dementia Society, Nepal (ARDS Nepal) बिर्सिने रोगसम्बन्धी ज्येष्ठ नागरिकहरूको अध्ययन गरेको छ । नेपालमा केही गैरसरकारी संस्थाहरू बिर्सिने रोगसम्बन्धी कार्यहरूमा संलग्न छन् । डिमेन्सिया तथा बिर्सिने रोगमा राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सुरूका दिनदेखि नै काम गरिरहेको छ भने केही वर्षदेखि ARDS-Nepal, Ageing Nepal, होप हर्मिटेज, हार्मोनि होम केयरसमेतका संस्थाहरूले यस क्षेत्रमा राम्रो काम गरेका छन् भन्दा अत्युक्ति नहोला । लडिमेन्सियाका बारेमा जनचेतना जगाउनु र यसका रोगीको उपचारमा संलग्न व्यक्तिहरूलाई सहयोग पु¥याउँदै आएको छ । ARDS, Nepal काठमाडौँ, धरान र पोखरामा मेमोरि क्लिनिक सञ्चालन गरेको छ । माथि उल्लेखित सस्थाहरूले बिर्सिने रोग डिमेन्सियासम्बन्धी जनचेतना जगाउने काममा रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइनलगायतका विभिन्न Social Media समेत प्रयोग गर्दै आएका छन् ।
अन्तर्राष्ट्रिय आँकडाहरूका अनुसार ६५ वर्षभन्दा कम उमेर समूहका ४ प्रतिशतलाई यो रोग देखिन्छ भने ६५ देखि ७५ वर्ष उमेर समूहका १५ र ७५ देखि ८५ वर्ष उमेर समूहमा ४४ प्रतिशतमा यो रोग देखिन्छ । सरसरती हेर्दा अल्जाइमर रोग निदान भएकामध्ये ८२ प्रतिशत जति बिरामीहरू ७५ वर्षभन्दा बढी उमेर समूहमा पर्दछन् ।
हाम्रो देशको परिप्रेक्ष्यमा हालसम्म अल्जाइमरका बिरामीहरूको यकिन तथ्याङ्क नभए तापनि ‘अल्जाइमर डिजिज इन्टरनेसनल’ को प्रक्षेपणअनुसार सन् २०१५ मा यस रोगबाट पीडितको सङ्ख्या ७८ हजार रहेको छ भने यो सङ्ख्या बढेर सन् २०३० मा १ लाख ३४ हजार र सन् २०५० सम्ममा २ लाख ८५ हजार पुग्ने अनुमान गरिएको छ ।
अल्जाइमर एक प्रकारको मस्तिष्कमा लाग्ने रोग हो । यसले मानिसको मस्तिष्कलाई तीव्ररूपमा ¥हास गराउँदछ र अल्जाइमर रोग लागेपश्चात् बिरामीले बढीमा १०–१५ वर्ष भित्रै कसैलाई नचिन्ने अवस्था सृजना हुन्छ । यहाँ सम्मकि, श्रीमान्ले श्रीमतीलाई वा श्रीमतीले श्रीमान्लाई समेत चिन्ननसक्ने जस्तो पीडालाई कल्पना पनि गर्न सकिँदैन तर यो रोगले त्यस्तो नियति ल्याउने कुरा सुन्दा जो कोहीको पनि शरीर काम्न थाल्दछ ।
लक्षण ः
लक्षणहरूको हिसाबले यो रोगका निम्नलिखित तीन अवस्था र सोहीअनुसारका लक्षणहरू हुन्छन् ।
क) कम कडा अवस्था (माइल्ड स्टेज) ः
– स्मरणशक्तिमा क्रमिकरूपमा गिरावट देखिँदै जानु ।
– पूर्व जानकारी भएका व्यक्ति÷नाता–गोता एवं ठाउँहरूलाई चिन्नमा समस्या हुनु ।
– साविकका कामहरू गर्न आवश्यकताभन्दा धेरै समय लिनु ।
– गरिरहेको कारोबार÷व्यवसाय गर्नमा समस्या हुनु ।
– क्रमिकरूपमा गलत किसिमका निर्णयहरू गर्दै जानु ।
– व्यवहार÷व्यक्तित्वमा क्रमिकरूपमा परिवर्तन हुँदै जानु ।
ख) अलि कडा अवस्था (मोडरेट स्टेज) ः
– माथि उल्लेखित समस्याहरू, क्रमिकरूपमा बढ्दै जानु ।
– परिवारभित्रैका सदस्यलाई पनि चिन्नमा समस्या हुनु ।
– पढाइ÷लेखाइ÷गणितमा समस्या देखिँदै जानु ।
– नयाँ विषय तथा कार्यहरू सिक्नमा समस्या हुनु ।
– साविकको घरको बाटो बिराउनु÷हराउनु ।
– एउटै कुरा÷काम अनावश्यक रूपमा दोहो¥याइरहनु ।
– अधिक÷अनावश्यक शङ्का गर्नु, नभएको कुरा देख्नु, सुन्नु, अधिक डराउनु, अधिक आवेशमा आउनु ।
– सामाजिकरूपमा आपत्तिजनक काम÷व्यवहार÷भाषा प्रयोग गर्नु ।
ग) अति कडा अवस्था (सिभियर स्टेज) ः
– माथि उल्लेखित लक्षणहरू क्रमिकरूपले अरू बल्झिँदै जानु ।
खिाना खान÷चपाउन÷निल्नमा क्रमिकरूपमा समस्या आई सर्केर हुने न्युमोनिया (एस्पिरेसन न्युमोनिया) बाट बिरामी बारम्बार पीडित भइरहनु ।
– तौल घट्दै जानु, आलस्य र निद्रा बढ्दै जानु ।
– दिसा÷पिसाबमा नियन्त्रण हराउँदै जानु, कपडा÷बिस्तारामै हुनु ।
– बोल्नमा पनि समस्या बढ्दै गई अस्पष्टरूपमा आवाज निकाल्नु ।
– विस्तारामा सीमित भई सोसम्बन्धी जटीलताहरू बढ्दै जानु ।
उपचार
अल्जाइमर रोगको कुनै निश्चित उपचार छैन । चिकित्सकले संस्मरण क्षमतामा आएको कमी तथा मस्तिष्कका अन्य क्रियाकलापलाई कसरी व्यवस्थित गर्ने भन्ने कुरा सिकाउने छन् । नियमित शारीरिक व्यायाम, सामाजिक तथा बौद्धिक क्रियाकलापमा सक्रियता आदिले यो रोग बढ्ने गतिलाई मत्थर पार्नसक्छन् ।
रोकथाम
जीवन शैलीका केही तरिकाहरूले अल्जाइमर रोग हुने सम्भावनालाई घटाउन सक्छन् । सामाजिक क्रियाकलापमा बढी सक्रिय हुनु तथा बौद्धिक व्यायाम हुने खालका काममा लाग्नाले तपार्इँको मस्तिष्कको कार्य क्षमतालाई जोगाउन सक्छ । सँगसँगै रक्तसञ्चार प्रणालीलाई चुस्त दुरुस्त राख्ने खालका नियमित शारीरिक व्यायामले पनि मस्तिष्कलाई ओरालो लाग्नुबाट जोगाउने क्षमता राख्दछ । चिल्लोपदार्थ कम भएको सागसब्जी र फलपूmल बढ्ता भएको खानेकुराको नियमित सेवन पनि अल्जाइमर रोगको सम्भावनालाई न्यून गर्ने उपाय हो । मेडिटेर्यानियन आहारलाई अल्जाइमर रोग हुन नदिने राम्रो आहारको रूपमा लिइएको छ ।
अल्जाइमर रोगबारे जनचेतना जगाउने उद्देश्यले सेप्टेम्बर महिनालाई विश्वका धेरै मुलुकले अल्जाइमर महिनाको रूपमा लिई अल्जाइमरसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको सन्दर्भमा, हाम्रो नेपालमा पनि राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घ, अल्जाइमर रोगसम्बन्धी कार्य गर्ने संस्था अल्जाइमर विस्मृति समाज र महासङ्घअन्तर्गत रहेका ज्येष्ठ नागरिक जिल्ला सङ्घहरू र अन्य विभिन्न सङ्घ संस्थाहरूले अल्जाइमर रोग लागेको हो होइन त्यस्ता व्यक्तिको डाइग्नोसिस गर्ने, अल्जाइमर रोगीका परिवार सदस्यलाई परामर्श दिने, रोगीलाई उचित हेरचाहको लागि अल्जाइमर केयर तालिम सञ्चालन गर्ने, विभिन्न सञ्चारका माध्यमबाट अल्जाइमर विशेषज्ञहरूबाट अन्तर्वार्ता कार्यक्रम सञ्चालन गर्ने, अल्जाइमर रोगको बारेमा लेख रचना प्रकाशन गर्ने जस्ता जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको कुरालाई आत्मसात गर्न सकिन्छ ।
वृद्ध हुनुभएका बा–आमाहरू
विसिद्धि भएका होइनन्
विस्मृति रोगले गाँजेको बुझौँ
वितृष्णा र दिक्दारिले होइन
माया र सद्भावले स्याहार गरौँ ।
(लेखक राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घमा सम्बद्ध हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *