जलवायु परिवर्तनले लाखौँ विस्थापित संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सी
- कार्तिक २५, २०८२
पटना, १३ असोज (रासस/एएनआई) : भारतको बिहार राज्यका विभिन्न भागमा परिरहेको भारी वर्षाका कारण पटना समेत राज्यका विभिन्न स्थानमा २९ जनाको मृत्यु भएको छ ।
बिहार राज्य विपद व्यवस्थापन निकायका अनुसार सोमबारसम्म २९ जनाको मृत्यु भइसकेको छ । वर्षा अझै नरोकिएको र खोजी एवं उद्धारका कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
बिहार सरकारले बाढी प्रभावित मानिसको उद्धार गर्न, सहायता सामग्री र औषधि गाउँ नगरमा पु¥याउन भारतीय वायु सेनालाई दुई वटा हेलिकप्टर उपलब्ध गराउन अनुरोध गरेको छ ।
मुख्यमन्त्री नितिश कुमारले आइतबार अपराह्न राज्यको राजधानी पटनाका विभिन्न स्थानको निरीक्षण गर्नुभएको थियो । उहाँले पटनाका डाक बंगला, गान्धी मैदान, कन्कारबाघ सडक लगायतका स्थानहरुको अध्ययन गरी पानी निकासको भरपर्दो व्यवस्था मिलाउन स्थानीय निकायहरुलाई निर्देश गर्नुभएको थियो ।
स्थानीय सञ्चार माध्यमसँग कुरा गर्दै मुख्यमन्त्री नितिश कुमारले भारी वर्षाका कारण गंगाको पानीको सतह बढेका कारण जताततै डुबानको समस्या देखिएको बताउनुभयो ।
भारतीय जलवायु विज्ञान विभागका अनुसार बिहार र आसपासका क्षेत्रमा अझै दुई दिन भारी वर्षा हुनेछ ।
अत्यधिक बर्षाका कारण उत्तर प्रदेशमा १५ को मृत्यु
लखनउ, १३ असोज (रासस÷एएनआई) ः भारतको उत्तर प्रदेशमा अत्यधिक बर्षाका कारण १५ जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।
सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार उत्तर प्रदेशको पूर्वी क्षेत्रमा बर्षाका सिर्जित घटनामा परी उनीहरुको मृत्यु भएको हो ।
उत्तर प्रदेशका राहत व्यवस्थापन आयुक्त जीएस प्रियदर्शीले २९४ ओटा घरहरु पनि क्षतिग्रस्त भएको जानकारी दिनुभयो ।
सरकारले मातहतका निकायहरुलाई बर्षाका कारण उत्पन्न समस्याहरु नियन्त्रण गर्न निर्देशन दिइसकेको पनि उहाँले बताउनुभयो ।
“हामी मौसम विभागसँग लगातार सम्पर्कमा छौँ, पूर्वी उत्तर प्रदेश क्षेत्रमा विगत तीन चार दिनदेखि अत्यधिक बर्षा भइरहेको छ,” उहाँले भन्नुभयो ।
“सन्त रविदास नगर, अजाम्गार्ह, मिर्जापुर, वाराणसी, प्रतापगार्ह, अम्बेडकर नगर, चण्डौली, प्रायगराज र जौपुरमा असामान्य बर्षा भइरहेको हो,” प्रियदर्शीले एएनआईलाई बताउनुभयो ।
बर्षाका कारण बाढीको तह बढेर गंगा नदीमा घाजीपुर जिल्ला र कुवानो नदीको गोँडा जिल्लामा खतराको अवस्था देखिएको उहाँले जानकारी दिनुभयो ।
–––
––
Leave a Reply