सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ३
- असार १४, २०८३
–सुरज सिंह
आदर्श, सिद्धान्त र नैतिक मूल्यबाट चिप्लिएका मानिस जतिसुकै माथि पुगे पनि एक दिन पतन अवश्यम्भावी छ भन्ने कुरा पूर्वमाओवादी नेता कृष्णबहादुर महराको ‘यौनकाण्ड’ले पुनः पुष्टि गरेको छ । सङ्घीय प्रतिनिधिसभाको सभामुखजस्तो सम्मानित पदमा पुगे पनि महराले आफ्नो आचरण र जीवनलाई त्यसलायक बनाउन सकेनन् । स्त्रीप्रतिको मोह वा अनैतिक यौन सम्बन्धको आकाङ्क्षालाई दबाउन नसक्दा आफ्नो पद र सम्मानित स्थानबाट पतन भएका उदाहरण विश्व राजनीतिक इतिहासमा अनेकौँ छन् । अमेरिकी राष्ट्रपतिहरू जोन एफ केन्नेडीदेखि बिल क्लिन्टनसम्म यौनकाण्ड वा केटीकाण्डले बदनाम थिए, बेलायती विदेशमन्त्री जोन प्रफ्युमोदेखि प्रधानमन्त्री जोन मेजरसम्मको पद पनि यौनकाण्डबाट गुमेको थियो । यस्तो सूचीमा कैयौँ फ्रान्सेली तथा भारतीय राजनीतिज्ञहरू पनि छन् । सभामुख पदसम्म पुगेका पूर्वमाओवादी नेता महरालाई तिनको जानकारी नहोला त भन सकिन्न तर पाठ सिकेको भने देखिएन । अर्काकी विवाहित महिलालाई यौन दुव्र्यवहार गर्न सभामुखजस्तो सम्मानित पदमा रहेका व्यक्तिलाई त के सामान्य नागरिकलाई पनि सुहाउने घटना होइन । आफ्नो र पार्टीको नामको अगाडि कम्युनिस्ट शब्द जोडेर सारा कम्युनिस्ट आन्दोलनकै बदनाम गर्न लागिपरेका महरा र महराजस्ता नेताहरूले जनतामाथि विश्वासघात मात्र गरेका छैनन्, नेपाल र नेपाली जनतालाई नै विश्वसामु लज्जित बनाइरहेका छन् ।
महरा र महराजस्ता महत्वाकाङ्क्षी नेताहरूको पतनको सुरूवात आजबाट मात्र भएको सत्य होइन । स्वयम् ‘दसवर्षे जनयुद्ध’ नै माओवादी नेताहरूको महत्वाकाङ्क्षाको द्योतक हो । नत्र दसवर्षे जनयुद्ध र हजारौँको बलिदानको उपलब्धि के के हुन् भन्ने जनताको प्रश्नको जवाफमा उनीहरूको सत्तारोहणबाहेक अर्थोक छैन । महराको नैतिक पतन त धेरै वर्ष अगाडिदेखि सुरू भइसकेको थियो । कैयौँ श्रृङ्खलाबद्ध घटना वा क्रियाकलापले महराको द्रव्यमोह, भ्रष्टाचार र अनियमिततालाई उदाङ्गो पार्छन् – पहिलो क्यान्टोनमेन्टमा रहेका माओवादी लडाकूहरूको बन्दोबस्तीका लागि राज्यले दिएको रकममा भ्रष्टाचार । दोस्रो सञ्चारमन्त्री रहेका बेला टेलिभिजन र रेडियो फ्रिक्वेन्सीहरू कौडीको मोलमा वितरण गरी करोडौँ रकम कमिसन खाएको खुलासा । तेस्रो, चिनियाँ व्यापारीसित सांसद खरिदका लागि ५० करोड मागेको टेप काण्ड । चौथो, अख्तियारका तत्कालीन प्रमुख आयुक्त बदनाम लोकमानसिंह कार्कीसितको निकटता र रातारात अख्तियारको क्लिन चिट, पाँचौँ अर्थमन्त्री बन्दा ६६ करोडको गैरबजेटरी रकमान्तर र हिनामिना । छैटौँ, कर फस्र्योटको नाममा २१ अर्बभन्दा बढी लुट मच्चाएका सह–सचिव चुडामणि शर्मासँग अर्थमन्त्री हुँदा महराको विशेष हिमचिम । सातौँ, लडाकूको नाममा बुझेको मध्ये ४६ करोड १० लाख रकमको बेरूजु । आठौँ, आफूलाई सुनकाण्डको भुरा माछा भएको स्वीकार । नवौँ, कैयौँ शङ्कास्पद भ्रमणहरू र विदेशी शक्तिकेन्द्रहरूसितको शङ्कास्पद भेटघाट र सम्बन्ध । शान्ति प्रक्रियाको सुरूवातदेखि निरन्तर लाभको पदमा रहनैपर्ने उनको अडान र नेतृत्वसितको मोलमोलाइको खबरले पनि उनको महत्वाकाङ्क्षा र सैद्धान्तिक पतनलाई छर्लङ्ग पार्छ । महराको पतनमा महरा स्वयम्मात्र होइन, पतनतिर जाँदा पनि उनलाई सचेत नपार्ने बरू प्रोत्साहन गर्ने पार्टी नेतृत्व पनि उत्तिकै जिम्मेवार छ । महराको सोमबार सार्वजनिक भएको यौनकाण्ड सैद्धान्तिक र नैतिक पतनको पराकाष्ठा हो ।
Leave a Reply