सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ३
- असार १४, २०८३
– अनिलभक्त खरेल
पछिल्लो यो दुई दिनमा नेपालमा दुई ठूला घटना घटे एउटा ज्ञानेन्द्र शाही मरणासन्न हुनेगरी पिटिनु र अर्को कृष्णबहादुर महराबाट महिलामाथिको दुव्र्यवहार करणी । जुन दुवै कुरा अपाच्य र निन्दनीय छ ।
आप्mनो कार्यक्रमको सुरुवातदेखि नै भौतिक आक्रमणको सामना गर्दै आएका भ्रष्टाचारीविरोधी अभियन्ता भनिएका ज्ञानेन्द्र शाही पछिल्लो अवस्थामा नराम्ररी पिटिएका छन् । असोज ११ गते शनिबार सत्ताधारी दलका कार्यकर्ताले उनलाई चितवनमा मरणासन्न पारे । यस घटनाले नेकपा र सरकारमाथि ठूलो प्रश्नचिह्न खडा गरेको छ । भिन्न विचार बोकेकै आधारमा, सत्ताधारी नेताहरूको गलत कामकारबाही तथा भ्रष्टाचारविरुद्ध चर्को आलोचना तथा विरोध गरेकै कारण कोही पनि आम जनता दिनदहाडै सरकारबाट पालित पोषित गुण्डा, अरिङ्गालका जत्था, छौडा तथा डमरूरूपी राता मण्डलेहरूबाट कुटिन्छन् भने जनताले परिवर्तनबाट के पाए त ? के फरक रह्यो त पञ्चायत र यो लुटतन्त्ररूपी लोकतन्त्र र गणतन्त्रमा ? के यसरी जनतामाथि दिनदहाडै भाला, खुकुरी तथा रड प्रहार गर्नु न्यायोचित थियो त ? के ती आपराधिक गिरोहलाई कारबाहीको दायरामा ल्याउनु पर्दैन ? एउटा जिम्मेवार जिल्ला प्रहरी प्रमुखले अपराधीहरू भागे, समाउन सकिएन भन्न सुहाउँथ्यो त ? के अपराधीहरू समाउन प्रहरी असफल भएकै हो त ? हैन भने सार्वजनिक भएका भिडियोको माध्यमबाट अपराधीहरूलाई समाउनबाट प्रहरीलाई केले रोक्यो ? स्मरणरहोस् जुन भिडियोमा अपराधीहरूलाई सजिलै पहिचान गर्न सकिन्छ । हैन अपराधीहरूलाई समाउन चितवन प्रहरी असफल भएकै हो भने प्रहरी प्रमुख सर्वेन्द्र खनालको ध्यान केन्द्रित हुनुपर्छ । उनको पालामा नेपाल प्रहरी बदनाम नहोस् ।
पञ्चायतकालमा जसरी विद्यार्थी मण्डल (मण्डले) खडा गरेर पृथक विचारधाराका व्यक्तिमाथि भौतिक आक्रमण गरेजस्तै अहिले वाईसीएल (योङ्ग कम्युनिस्ट लिग हो कि योङ्ग क्रिश्चियन लिग), युवा सङ्घ (अरिङ्गाल, छौडा जत्था) खडा गरेर राता मण्डलेबाट भिन्न मत विरोधीहरूलाई निस्तेज गर्न झिनो प्रयास गरिदै छ । तरबारभन्दा कलम बलियो भन्ने कुरा पढ्दै आएकाहरू यस्ता क्रियाकलापबाट रत्तिभर विचलित छैनन् र हुँदैनन् । राणा शासन टिक्न नसकेको देशमा जनता कुटेर राज गर्छु भन्ने दिवास्वप्न नदेखे हुन्छ दुईतिहाइको सरकारले । इतिहासको त्यो पाठ उनीहरूलाई पनि राम्ररी थाहा होला । फेरि त्यही प्रवृत्तिलाई नै अङ्गाल्नु भनेको विनाशकाले विपरीत बुद्धि हो ।
हो, ज्ञानेन्द्र शाहीले बोलेका कुरा हावादारी हुन्, उनका भाषण उत्तेजक हुन्, गलत हुन्, उनले प्रस्तुत गरेका भ्रष्टचारका डाटा गलत हुन् भने उनीमाथि राज्यले कानुनी कारबाही गर्नसक्नुपथ्र्यो । त्यसो गर्न नसकेर आप्mना अरिङ्गााल, छौडा तथा बघिनी र डमरुका जत्था प्रयोग गर्नु सरकारको पराजित मानसिकता हो । यस्ता पराजित मानसिकताबाट गुज्रेको सरकारले देश र जनताको हितमा काम गर्दैन र गर्न पनि सक्दैन । यस्ता असहिष्णु, अनुदार र फासीवादी सरकार देशको लागि घातक छ ।
त्यस्तै देशको ऐन नियम बनाउने निकायका प्रमुख व्यक्ति सभामुख कृष्णबहादुर महराले असोज १२ गते आइतबार बेलुकी ८ बजे रक्सीको नसामा बानेश्वरमा एक महिलामाथि जर्बजस्ती गरेको भनेर ती महिला मिडियासामु आएकी छन् । महराले उनीमाथि यौन दुव्र्यवहारमात्र गरेनन् कि कुटपिट गरेको भनेर उनले आप्mना नीलडाम देखाउँदा अझैसम्म पनि महरामाथि कुनै कारबाही भएको छैन । यदि ती महिलाले देशको संवैधानिक निकायका व्यक्तिमाथि विनाप्रमाण यस्तो घोर निकृष्ट तथा गम्भीर आरोप लगाएकी हुन् भने उनीमाथि किन कारबाही भएको छैन ? महरा गलत हुन् कि महिला गलत हुन् चाँडै सत्यतथ्य जनसमक्ष आउनुपर्छ हैन भने राज्यको जिम्मेवार निकायमा नै यस्ता दुव्र्यवहार गर्ने छाती फुलाएर बस्छन् भने विश्वले बलात्कारी संरक्षित देश भन्ला होशियार । आजलाई यत्ति नै फेरि अन्तर्राष्ट्रिय साइबर क्राइमको डर त्रास आएको छ ।
Leave a Reply