तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, १५ असोज । मजदुरहरूले आफ्नो पेशागत कामबाहेक राजनीतिशास्त्र, इतिहास, भूगोल र अर्थशास्त्रबारे पनि थाहा पाइराख्नुपर्छ ।
उक्त विचार नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले नेपाल क्रान्तिकारी मजदुर सङ्घ जिल्ला समिति भक्तपुरद्वारा आयोजित नेमकिपाको सातौँ महाधिवेशनबाट निर्वाचित समितिलाई बधाई ज्ञापन तथा शुभकामना कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
कार्यक्रममा अध्यक्ष रोहितले पहिले गरिबीको कारण सन्तान बेच्ने गरेको चीनमा अहिले संसारलाई बाटो देखाइरहेको उल्लेख गर्दै समाजवाद स्थापना भएमा बहुमत जनताको हित हुन्छ भन्नुभयो ।
मजदुरहरूले आफ्नो इज्जत, आस्था र चरित्रमा दाग लाग्ने काम गर्न नहुनेमा जोड दिँदै उहाँले ओली सरकारको मनपरीले गर्दा नै देशमा भाँडभैलो भइरहेको बताउनुभयो ।
अध्यक्ष रोहितले भन्नुभयो, “नेकाले यो सरकारलाई नालायक भनेको छ, तर नेकाको गतिविधि पनि त्यस्तै थियो ।”
“मजदुरहरू विभिन्न पेशामा लागे पनि सबै समान छन् भन्ने कुरा मनमा राख्नुपर्छ, पुँजीपति वर्गले विष बेचे पनि फाइदा लिएरै बेच्छ”, उहाँले भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् प्रदेश नं. ३ सभासद् सुरेन्द्रराज गोसाईले आ–आफ्ना क्षेत्रका मजदुरहरू जिम्मेवारीपूर्वक सङ्गठन विस्तारमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
नेमकिपाको सातौँ महाधिवेशनले नेमकिपाको छविलाई अझ उच्च बनाएको उल्लेख गर्दै उहाँले महाधिवेशन सभ्य, शान्त वातावरणमा सम्पन्न भएको बताउनुभयो ।
नेक्रामसङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र चवालले महाधिवेशनको कार्यविधि र निर्णयबारे जानकारी दिनुभयो ।
नेक्रामसङ्घ जिल्ला समिति भक्तपुरका अध्यक्ष उपेन्द्र सुवालले सिंहदरबार, शीतल निवास र बालुवाटार ठगहरूको घेराबन्दीमा परेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर जिल्ला डकर्मी सङ्घका अध्यक्ष विष्णुराम दुमरू र रमेश दुमरूले पनि बोल्नुभएको थियो ।
Leave a Reply