तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, १६ असोज । नेमकिपा बोलाछेँ ४ को आयोजनामा बिहीबार विजया दशमी २०७६ को शुभ अवसरमा शुभकामना आदानप्रदान तथा साताँै महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूलाई बधाईज्ञापन कार्यक्रम सम्पन्न भयो ।
नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले पुँजीवादी व्यवस्थाले देश र जनताको भलो नगर्ने उल्लेख गर्दैै समाजवादी बन्दोबस्तमा देशलाई आत्मनिर्भर बनाउन सकिने विचार व्यक्त गर्नुभयो ।
विदेशीको इसारा र ३० वर्षे पञ्चायती शैलीमै शासन गरिरहेको सरकारले जनविरोधी तथा आपराधिक क्रियाकलापलाई प्रश्रेय दिइरहेको हुनाले देश विकासमा पछि परेको धारणा राख्दै सांसद सुवालले अरबाँैंको भ्रष्टाचार गर्ने व्यक्ति सरकारकै संरक्षणमा रहेको उल्लेख गर्नुभयो ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिबारे स्पष्ट हुनुपर्ने आवश्यकतामाथि जोड दिंदै उहाँले जम्मु काश्मीर मुद्दामा भारत, चीन र पाकिस्तानबीच आन्दोलन भइरहेको बताउँदै स्वतन्त्र र सार्वभौम देशमाथिको वैदेशिक हस्तक्षेपको विरोध हरेक शोषित पीडित न्यायप्रेमी जनताले गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
जग्गामा उद्योगलाई हदबन्दी हटाउँदा उद्योगपतिहरूमात्र लाभान्वित हुने तर निमुखा जनतालाई भने केही फाइदा नहुने उल्लेख गर्दै उहाँले सुकुमवासी पहिचान गरी जग्गा दिनुपर्ने र मोहीको हदबन्दी हटाउनुपर्ने मागहरू उठिरहेकोबारे प्रस्ट पार्नुभयो ।
नेमकिपा केन्द्रीय सदस्य सृजना सैँजूले सातौँ महाधिवेशन आन्दोलनकै सिलसिला भएको उल्लेख गर्दै नयाँ पुस्तालाई राजनीतिकरूपमा सुसुचित गर्न सके समाज अझै परिष्कृत हुने धारणा राख्नुभयो । पार्टीको तत्कालीन उद्देश्य जनताको प्रजातन्त्रबारे स्पष्ट पार्दै दीर्घकालीन उद्देश्य समाजवाद हुँदै साम्यवाद रहेको विचार राख्नुभयो । नेकपाको सरकार संशोधनवादमा फस्दै गइरहेको चर्चा गर्दै उहाँले नेमकिपाले सिद्धान्त र इमानको राजनीति गर्दै आइरहेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय उपाध्यक्ष उपेन्द्र सुवालले रङ्गशालाको नाममा जनताको उठिवास गर्न नहुने, उब्जनीयोग्य जमिन मास्न नहुने र क्यान्सर अस्पतालमा भइरहेको भ्रष्टाचार रोक्न भक्तपुर नगरपालिकाले चालेको कदम
सकारात्मक भएको टिप्पणी गर्दै सल्लाघारीको १०८ रोपनी जग्गालाई भनपालाई ख्वप विश्वविद्यालयका लागि दिइनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
नेमकिपा बोलाछेँ ४ का अध्यक्ष कृष्णगोविन्द दुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा तारा मा. वि. का प्रअ पुष्पलाल सुजखू, भनपा कार्यपालिका सदस्य कृष्णलक्ष्मी दुवाल, भनपा ४ का वडा सदस्य राजेन्द्र माक, आयोजक समितिका एच. एस. सुवाललगायतले दसँै तिहारजस्तो चाडलाई सामाजिक र राजनीतिकरुपमा उपयोग गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
Leave a Reply