अमेरिकाको छद्म सैन्य बजेट
- असार १२, २०८३
– मेरिना शाक्य
चिनियाँ सरकार र चिनियाँ जनता चिनियाँ विशेषतासहितको समाजवाद चाहन्छन् । चिनियाँ विशेषतायुक्त समाजवादका निम्ति चिनियाँ कम्युनिस्ट पार्टी क्रियाशील छ । माक्र्सवाद र लेनिनवादभित्र विकास भइरहेको चिनियाँ चरित्रको समाजवादी व्यवस्था व्यवहारमा लागू गर्न चिनियाँ सरकार दृढ सङ्कल्पित छ । त्यसरी नै माक्र्सवाद र लेनिनवादलाई नेपालको देश, काल र परिस्थितिअनुसार प्रयोग गर्नुपर्छ । कुनै पनि सिद्धान्त, दर्शन र विचार अन्तरदेशीय हुन्छ । अन्तर्राष्ट्रियकरण भइसकेको सिद्धान्त र विचार आफ्नो देश अनुकूल लागू गर्न सकिन्छ । कुनै नेता, राष्ट्रपति, प्रधानमन्त्री या देशले कुनै पनि दर्शन, सिद्धान्त र विचार निर्यात गर्नुपर्दैन, निर्यात गर्दैन ।
नेका, मधेसी दल र जातीय दलहरूले कम्युनिस्टको विरोध गर्नु स्वाभाविक हो । कम्युनिस्ट सिद्धान्त र विचार नेपालमा विस्तार होला, जनता सचेत र सङ्गठित होला भनी सशङ्कित हुनु अस्वाभाविक होइन । कम्युनिस्टको खोल ओढेर कम्युनिस्टविरोधी गतिविधि गरिरहेको नेकपाको सरकारदेखि डराउने नेकालगायतका कम्युनिस्टविरोधी दलहरू सी विचारदेखि झस्किनु अन्यथा होइन । चिनियाँ सरकार चीनमा मात्र होइन अन्य देशमा पनि विकास चाहन्छ, आफ्नो देशसँगै अरु देशको विकास भए संसारकै जनताको जीवनस्तर उठ्छ, उठाउन सहयोग पुग्छ । चिनियाँ जनता र चीनको विकासमा समर्पित सीको विचारको प्रशंसा हुन्छ, हुनुपर्छ । यथार्थमा चीनको विकास र नीतिको आज संसारमा चर्चाको विषय बनेको छ । आफ्नो देश र जनताको भलो हुने चिनियाँ विशेषतायुक्त समाजवादी विचारलाई विधानमै प्रवेश गराउन चिनियाँ कम्युनिस्ट पार्टी लागेको प्रसङ्गले सी विचारबारे संसारभर चर्चा भइरहेको हो । यो स्वागतयोग्य पाइला हो ।
नेपालमा देशको विकास र जनताको सेवाभन्दा बढी हल्ला हुन्छ । सानो काम गरे पनि नयाँ युग सुरु भएको ढ्वाङ फुक्छ । काम नहुँदै आफ्नो सरकारले जस्तो अरु कसैले काम नगरेको भन्दै अभिमानी गर्छ । चीनले कुराभन्दा कामलाई प्राथमिकता दिएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको प्रचारप्रसार विभाग र चीनको शिक्षा मन्त्रालयले नयाँ युगमा चीनको विशेषतायुक्त समाजसम्बन्धी ‘सी चिनफिङ विचारधारा’ शीर्षकको पाठ्यसामग्री प्रकाशनमा ल्याएका छन् । यस पाठ्यसामग्रीको पठनपाठनपछि चीनको कुनाकाप्चामा सी विचार पुग्नेछ । सी विचारसँगै समाजवादी अवधारणा पनि घर–घरमा पुग्नेछ । यसले समाजवादी बन्दोबस्तको व्यापक प्रचार हुनेछ र समाजवादी व्यवस्था अनन्तसम्म रहिरनेछ ।
Leave a Reply