हरिसुन्दर सुवाल
चिकपाले अहिलेसम्ममा करिब ५ हजार मानिस र मन्त्रीस्तरका कर्मचारीहरूलाई समेत भ्रष्टाचारको कारण दण्ड दिइसकेको छ । आत्मअनुशासन र नेतृत्व क्षमता भएको खण्डमा जस्तोसुकै कठिन परिस्थितिसित लड्न सकिने विश्वास चिनियाँ जनतामा ब्याप्त छ । संसारभरि ४ सत्न्दा बढी राजनीतिक पार्टीहरूसित चीनको सम्बन्ध रहेको छ । वर्तमान स्थितिमा चिकपाले आपसी सहयोग र सम्मानको सिद्धान्तलाई अङ्गीकार गदै आइरहेको छ ।
चिकपाको १९ औं महाधिवेशनबाट एक विकसित प्रान्तले अर्काे अविकसित प्रान्तलाई सघाउने मान्यता अगाडि सारिएको छ । पुँजीवादी जनता र समाजवादी विचारका जनताबीच कुनै भिन्नता छैन । किनकी नीजि वा सार्वजनिक क्षेत्र जुनसुकै चिनियाँ सरकारको ऐन कानुनबमोजिम रहन्छ । चिकपाले जनजीविकाको क्षेत्रमा धेरै सुधार गरेको पाइन्छ । यसले पूर्णतया सामाजिक विमाको व्यवस्था लागू गरेको छ । चीनमा कुनै विरोधी खेमाको राजनीतिक दल छैन । त्यहाँ ५० वटा अनुसन्धान टोलीको व्यवस्था गरिएको छ । पछिल्लो समय चीनले अगाडि सारेको ‘एक क्षेत्र एक मार्ग’ योजनामा १३० वटा अन्तर्राष्ट्रिय संस्थाहरूले हस्ताक्षर गरिसकेका छन् । विगत ६ वर्षमा चीनले देशैभरि ६० खर्बभन्दा बढी अमेरिकी डलर बराबरको लगानी पूरा देशमा गरेको छ । बीआरआई का लागि विश्वभरि ८२ वटा अन्तर्राष्ट्रिय साझेदारी संस्थाहरू बनाइसकेका छन् जसले कर मात्रै २ अर्ब तिर्छन् । बीआरआइ अन्तर्गत ३२ वटा कार्यसूची तय गरिएको छन् । यसरी चीन आर्थिक सुधार र विकासका लागि बीआरआइमार्फत् ७० भन्दा बढी देशहरूसँग प्रत्यक्ष जोडिन पुगेको छ । चिकपाको संसारभर १४० देशहरूसित राम्रो सम्बन्ध रहेको स्रोतले जनाएको छ । बीआरआईमार्फत चीन राज्य राज्यबीच, द्धिपक्षीय र बहुपक्षीय सहकार्य अभिवृद्धि गराउन तयार रहेको देखिन्छ । केवल क्षेत्रीय मात्र नभई त्यसभन्दा पनि फराकिलो दृष्टिका साथ ल्याइएको महत्वाङ्काक्षी योजना बीआरआइले सम्पूर्ण विश्वलाई समृद्धिको बाटोमा दोहो¥याउने सर्वत्र विश्वास गरिँंदैछ ।

हटाउ गाउँमा औद्योगिक गरिबी उन्मूलन तथा सुन्दर गाउँको निमार्ण अवलोकन भ्रमणको अन्तरक्रिया
चीनको पेइचिङमा २ करोड ३० लाख जनसख्या छ, जसमध्ये ६० लाख मानिसले कार चढ्छन् । केही चिनियाँहरू भने बजारमा किनमेल गर्न विद्युतीय मोटर साइकल चढ्न रुचाउँछन् । कतिपयले विद्युतीय कारहरू नै चढ्ने गरेका छन् जसबाट पेइचिङ सहर कमै मात्र प्रदूषित देखिन्छ । ८ अगष्टका दिन पेइचिङबाट करिब एक घण्टा उत्तरतर्फ अवस्थित ग्रेटवालको यात्रामा रमायौँ । फर्कनेक्रममा चाङ्ग पिङ्गमा रहेको क्लोइशेन उद्योगका अवलोकन ग¥यौँ । त्यस उद्योगमा चिनियाँ महिला र पुरुषहरू कामदार निकै मेहनतकासाथ काम गरिरहेको देख्यौँ । तामाको नीलो भाँडोमा बुट्टा भरिरहेका चिनियाँहरू एकदम शान्त मुद्रामा काममा घोरिरहेका थिए ।
९ अगष्टमा राजधानी पेइचिङ छोडेर क्वाङ्गचावका लागि प्रस्थान ग¥यौं । करिब ४ घण्टाको लामो उडानपछि क्वाङ्गचावमा पुग्यौं । त्यहाँबाट फेरि बसमा करिब १ घण्टाको यात्रापछि बल्ल वेङ्गगुइनको गोङ्गडोङ्ग गार्डेन पोलिटेक्निकमा पुग्यौं । धेरै भवनहरू सहितको शान्त र आकर्षक उक्त व्यावसायिक कलेजले ठूलो भूभाग ओगटेको छ । त्यहाँ पेइचिङको भन्दा बढी गर्मी महसुस भयो । हामी उत्तरबाट झरेर दक्षिण आइपुगेकाले बढी गर्मी भएको रहेछ । विद्यार्थीहरूलाई विभिन्न जीवनोपयोगी तालिम दिइ सक्षम तुल्याउन सके गरिबी हटाउन सकिने अवधारणाअनुरूप उक्त व्यावसायिक कलेज खोलिएको जानकारी पायौं । २०१७ मा २७९ जना विद्यार्थीले त्यस कलेजबाट होटेल व्यवस्थापनमा स्नातक गरेका थिए भने हाल उक्त कलेजमा १८९ जना विद्यार्थीहरू योजना कार्यमा अव्यस्त रहेका छन् । गरिबी उन्मूलनका लागि त्यो कलेज एक प्रभावकारी मञ्चका रूपमा स्थापित भएको कलेजका निर्देशकले बताउनुभयो । त्यस कलेजमा अध्ययन गर्ने विद्यार्थीहरू व्यावसायिक तालिमहरू जस्तो ड्रिलिङ्ग, पाकशिक्षा, इन्जिनियरिङ्ग आदि सिक्छन् । त्यहाँको निश्चित कोर्ष पूरा गरेका विद्यार्थीहरूले व्यवस्थापक अर्थात् म्यानेजर भई काम गरिरहेको जानकारी पाउँदा चीनको उदय कसरी भयो होला भन्ने अनुमान सहजै गर्न सकिन्छ । कलेजमा मनिटरिङ्ग शिक्षणविधि अपनाउने गरेको पायौँ । व्यावसायिक शिक्षाले गरिब परिवारहरूलाई निकै सघाउ पुगेको तथ्यले बताउँछ । त्यतिमात्र नभई यस किसिमको शिक्षा व्यवहारिक पनि हुन्छ जसले गर्दा स्नातक गरिसकेका धेरै विद्यार्थीहरूले उच्च ओहदाको राम्रो तलब सुविधा भएको काम पाउने गरेका छन् । त्यस्तै रोबोटिक सेन्टरमा रोबोट बनाउने विधि र सोको लागि चाहिने सामग्रीहरूबारे बुझ्ने अवसर पायौं । व्यावसायिक कलेजले गाउँका गरिब वर्गलाई लक्षित गरि महिना दिनसम्म निःशुल्क पाकशिक्षाको तालिम उपलब्ध गराउँदै आएको छ, जसले गर्दा कमजोर आर्थिक स्थिति भएका जो कोहीले पनि राम्रा र महँगा होटेल, रेष्टुराँहरूमा काम पाउनसक्ने सुनिश्चितता कलेज प्रशासनले प्रत्याभूत गरेको पाइन्छ ।

क्वानतोङस्थित विङ्गवियन व्यावसायिक कलेजमा रोबोटिक केन्द्र अवलोकन गर्दै
त्यसपछि हामी छिङ्युयान ग्रामीण सुधारगृहको अवलोकन गर्न गयौं । स्थानीय किसानहरूले गरेका उत्पादनहरू आलु, सखरखण्ड, च्याउ, कुखुराको मासु, हरियो चिया, बास्केट, बाल्टिन आदि बिक्रीका लागि राखिएका थिए । किसानहरूले कसरी आफ्नो उत्पादन बजारमा पु¥याउँछन् र चिनियाँ सरकारबाट कस्तो खालको सहयोग मिल्छ भन्ने विषयमा छोटो प्रस्तुति दिइएको थियो । श्रम विभाजनमार्फत किसानहरूको भलो हुने काम गरिन्छ । कम्पनीले कच्चा पदार्थ उपलब्ध गराउँदछ भने व्यवसायीहरूले बजार भाउ निश्चित गर्दछ । सरकारले किसानहरूलाई आवश्यक उपकरण, औजार, सामग्री खरिद गर्न सघाउँछ । त्यसबाहेक किसानहरूलाई उद्योगी व्यवसायीहरूले नाफाको २० प्रतिशत शेयर प्रदान गर्दछन् । ग्रामीण सुधारगृहले किसानहरूलाई ग्राहक र व्यवसायीहरूसित जोडिन सघाउँछ । क्वान्चावमा करिब ३०० समुदाय ५० वटा व्यावसायिक समूहमा बसेर सामूहिक खेतीमा सलग्न भएका छन् । त्यहाँ शेन्चन सहरको स्थानीय उत्पादन हाँस पनि बिक्रीका लागि राखिएको थियो । क्वान्चाव सहर राष्ट्रिय उत्पादनमा पहिलो नम्बरमा पर्दछ । यातायात सेवा, कच्चा पदार्थको ढुवानी, अनलाइन किनमेलजस्ता विशेष सुविधाहरू किसानहरूले पाउँछन् । किसानहरूको उत्पादन बिक्रीका लागि ४०० भन्दा बढी आपूर्तिकर्ताहरूको व्यवस्था मिलाइएको छ । कृषिमा महिलाहरूको स्थान उच्च रहेको पाइन्छ । साथै ती उत्पादन उच्च गुणस्तरीय प्रमाणित भएका छन्
हटोउ क्षेत्रमा स्थानीय पार्टी सचिवले हाम्रो टोलीलाई स्वागत गर्दै त्यस गाउँको परिचय दिए । २८०० जनसङ्ख्या भएको ११ गाउँहरू समेटिएको उक्त ग्रामीण समुदायको पहाड पछाडि सुन्दर गाउँहरू रहेको जानकारी हामीले पायौं । त्यस नगरमा ३ वटा उद्योगहरू सञ्चालित छन् । तिनीहरूले त्यहाँ ग्रामीण विकासका लागि आकर्षक सांस्कृतिक केन्द्रहरू स्थापना गरेका छन् । उनीहरु चिकपा र सरकारको नीति नियममा रहि काम गर्दछन् । त्यसपछि हटोउबाट २० कि.मि. टाढा अवस्थित चिउवोङ्ग नगर पुग्यौं । त्यहाँ ५५ घरपरिवार रहेछन् । सबैले सरकारबाट सहुलियत पाएका छन् । विकट भौगोलिक वस्तुस्थितिमा रहेको उक्त नगरको आर्थिक स्थिति कमजोर छ । तर, आर्थिक उन्नतिका लागि पर्यटकीय गन्तव्य बनाउन सयौँ एकड जमिन एकीकृत गरिएको छ । थप ५६ व्यक्तिहरूले सो ठाउँको विकासका लागि भइरहेको प्रयासमा साथ दिएका छन् । त्यस ठाउँका जनताले ६ हजार देखि १६ हजार सम्मको आम्दानी गर्ने गरेको बताए । त्यस्तै पुर्खाको सम्झनामा बनाइएको एउटा सुन्दर कलात्मक मन्दिरको पनि अवलोकन गयौं जसले ऐक्यबद्धता र एकताको सङ्केत गर्दछ । त्यस ठाउँमा स्थानीय कृषकहरू स्थानीय उत्पादन बिक्री गर्दै थिए । दिनको १ हजार पर्यटकको आगमन हुने उक्त ग्रामीण क्षेत्रमा विभिन्न आकारका नुहाउने पोखरीहरू निर्माण गरिएका छन् । पोखरीको पानी स्वच्छ र सफा देखिन्छ । जहाँ बालबच्चादेखि महिला, पुरुष, वृद्धवृद्धाहरू नुहाइधुवाइ गरी घाम ताप्दै आनन्दित हुने गर्दछन् ।
११ अगष्टमा हामी ग्वाङ्गछिङ्छिङ् मास इनोभेशन स्पेस फर यग्रिकल्चर भ्रमणमा गयौं । गरिबी उन्मूलनसम्बन्धी यो अर्को अवलोकन भ्रमण थियो । त्यस पार्टी स्कूलका निर्देशक वाङ्गले चीनमा कृषिले ६३ प्रतिशत अर्थतन्त्र धानेको जानकारी गराउनुभयो । चीनले विगतमा धेरै समस्याहरू भोग्नुपेरेको हुनाले सरकारले तल्लो तहदेखि गरिबी उन्मूलनमा जोड दिँदै आएको बताए । स्थानीय तहमा सरकार र नगरस्तरीय पार्टीले स्थानीय समुदायमा गरिबी उन्मूलनप्रति प्रतिबद्ध व्यक्तिहरूको कार्य समूह गठन गर्दछ । त्यहाँ ८५ भन्दा बढी काउन्टीस्तरीय कार्य समितिहरू छन् । यसरी ग्रामीण क्षेत्रका किसानहरू आफ्नो उत्पादनको निम्ति बजार पाउन सरकार र गाउँलेहरूसित सहकार्य गर्न सिक्छन् । सन् २०१४ मा पार्टी प्रतिनिधिहरूले अधिकार पाएपछि गाउँलेहरूले उद्धार कार्य र सडक सफाइ गर्नथाले । जनप्रतिनिधिहरूले गाउँ परिषद्मार्फत आफै व्यवस्थापन गर्दछन् । यसले गरिबी निवारणका लागि सार्वजनिक सेवा अपलब्ध गराउने मञ्चको रूपमा कार्य गर्दछ । ग्रामीण समुदायका मानिसहरू आयआर्जनका लागि जग्गाजमिनको उचित उपयोग गर्नुपर्ने धारणा राख्दछन् । गाउँलेहरू आफै एजेन्ट बनेर गाउँको विकासका लागि गम्भीर भई प्राकृतिक सम्पदाहरूको सम्बद्र्धनमा ध्यान पु¥याउँछन् । राष्ट्रपति सी जीपिङ्गले सो ठाउँको भ्रमण गर्दा गरिबी उन्मूलनका लागि भूमिसुधार र आर्थिक सुधारमाथि जोड दिएका थिए । साथै ग्रामीण सुधारका लागि सहकार्य अत्यावश्यक हुन्छ । गाउँको विशेषता र सुन्दरता कृषिमा सामूहिक स्वामित्वको उपजको रूपमा लिन सकिन्छ । चिनियाँ सरकारले २०२५ को अन्त्यसम्ममा ग्रामीण क्षेत्रलाई बढी उत्पादनमुखी तथा पर्यटनमैत्री बनाइसक्ने उद्देश्य लिएको छ ।
त्यहाँस्थित २१ सहरमध्ये ४ सहरमा राष्ट्रिय कुल गार्हस्थ उत्पादन १० करोड रहेको छ । चीनको अत्यधिक लोकप्रिय प्रान्तमा पर्ने यो क्षेत्रले १७.८ कि.मि. क्षेत्रफल ओगटेको छ । गरिबी उन्मूलनसम्बन्धी पहिलो कार्यक्रमको थालनी ग्वाङ्गड्वाङ्ग प्रान्तबाट भएको मानिन्छ । त्यस्तै शान्चेन सहरमा गरिबी उन्मूलनका लागि आधारभूत पार्टी निर्माणसम्बन्धी पहिलो परीक्षण गरिएको थियो । उद्योगी, व्यवसायीहरूलाई आकर्षित गर्नसके गरिबी निवारण गर्न सकिने विश्वास अन्तर्राष्ट्रिय गरिबी उन्मूलन केन्द्रका निर्देशक वाङ्गले राख्नुभयो । तालिम र शिक्षण क्रियाकलापपश्चात् ग्रामीण क्षेत्रमा बसोबास गर्ने समुदाय आफै गरिबी उन्मूलनका लागि अग्रसर भए । विकासका पूर्वाधार निर्माण र आयस्रोत वृद्धिजस्ता नमूना कार्यले गरिबी हटाउन सकिन्छ । तल्लो तहका जनतामा गरिबी उन्मूलनसम्बन्धी राम्रो चेतना छैन । काउन्टीलाई आफ्नै तरिकाबाट अगाडि बढाउने सोच छ । तिनीहरू प्रायः भौतिक गरिबीको मुद्दा उठाउने गर्दछन् । विगतमा गरिबी उन्मूलन योजना माथिल्लो निकायबाट तल्लो तहमा लागू हुन्थ्यो तर अहिले चिकपाको नेतृत्वमा तल्लो तहबाट माथि लाने भइरहेको छ । त्यसकारण गाउँलेहरूले ग्रामीण क्षेत्रमा गरिबी निवारण गर्न र सोको निम्ति उचित व्यवस्थापन गर्न चिकपाको महत्वपूर्ण भूमिका महसुस गरेका छन् ।

सिटाङ्गको सियाचिङ्ग गाउँमा स्थानीय उत्पादन बिक्री गर्दै एक जना चिनियाँ किसान
अहिले चीनमा गरिबी उन्मूलनका लागि आधारभूत राजनीतिक व्यवस्था कायम गरिएको छ । पहिलो हो पार्टीहरूबीच समझदारी, राजनीतिक सोच तथा कम्युनिस्ट पार्टीको नेतृत्व । दोस्रो, क्षेत्रीय स्वायत्तता र तस्रो, तल्लो तहको स्वशासित व्यवस्था । यसले गाउँहरूमा आधारभूत व्यवस्थापन एकाइ निर्माण गर्न सहयोग पुग्नुका साथै गाउँलेहरूलाई सङ्गठित गर्न सहज तुल्याउँछ । चिकपाले सेनाभित्र पनि पार्टी कमिटी बनाउन जोड दिएको छ । प्रारम्भिक एकाइमा १३० सैनिक जवानहरू हुन्छन् जसले कठिन परिस्थितिमा २५० कि.मि. लामो मार्च गर्नसक्दछन् । तिनीहरू उच्चस्तरको अनुशासनको पालना गर्दछन् । कोरिया युद्धको बेला केवल १०६० चिनियाँ सैन्य जवानले १६ हजार अमेरिकी सैनिकहरूसित बहादुरीपूर्वक लडेर चीनकोे शङ्कन नामक पहाडको रक्षा गरेका थिए । सामूहिक खेतीको उद्देश्यहरूलाई गाउँलेहरूको रुचिसित गाँसिन्छ । तिनीहरूलाई दुई समूहमा विभाजित गरिन्छ— एउटा प्राकृतिक र अर्को प्रशासनिक । प्राकृतिक समूहका गाउँलेहरूले आफै व्यवस्थापनको अभ्यास गर्दछन् । सन् २०१२ देखि सरकारले गरिबी उन्मूलनका लागि एकीकृत विकासको अवधारणालाई अगाडि सारेको छ । स्थानीय क्षेत्रलाई सफल तुल्याउँदै र सरकारी बजार र स्थानीय बजारबीच सन्तुलन कायम राखी गरिबी न्यूनीकरण गर्न सकिन्छ । पार्टी निर्माण कार्यले पनि गरिबी उन्मूलनमा सहायता पुग्दछ । स्थानीय निकाय र पार्टी समिति मिलेर राजमार्गछेउ बजार बनाउने निर्णय गर्दछन् । निर्दिष्ट उद्देश्यका लागि १६ कि.मि. जमिन केवल ३५ दिनभित्र एकीकृत गरी सडक सफाइ गरिन्छ जसका लागि ३ हजार घरबाट १३० गाउँलेहरू प्रत्येक दिन खट्छन् ।
Leave a Reply