सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ३
- असार १४, २०८३
छिमेकी मित्र राष्ट्र जनगणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङ काठमाडौँमा आइपुग्नुभएको छ । दक्षिणी छिमेकी भारत हुँदै नेपाल प्रवेश गर्नुभएका चिनियाँ राष्ट्रपति सीलाई काठमाडौँमा नेपाल सरकारले भव्य स्वागत गरेको प्रचार हुँदै छ । सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति चियाङ चेमिनले नेपाल भ्रमण गरेको २३ वर्षपछि चिनियाँ राष्ट्र प्रमुख सीबाट भ्रमण भइरहेको छ । चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न उनका तस्बिरसहितका स्वागतद्वारहरू काठमाडौँमा राखेका छन् ।
चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणको अगाडि प्रकाशित भएको उहाँको लेखमा उहाँले ‘बेल्ट एन्ड रोड इनिसिएटीभ (बीआरआई) मा नेपाल सहभागी भएको र राजमार्ग निर्माण तथा स्तरोन्नति, बन्दरगाह, विमानस्थल, विद्युत् केन्द्रलगायत भौतिक पूर्वाधारको निर्माणमा चीनसँग सहकार्य गरिरहेको बताउनुभएको छ । उहाँले हिमालय वारिपारि ‘कनेक्टिभिटी नेटवर्क’ को निर्माण विस्तारै भइरहेको र यसबाट दुवै देशमात्र होइन, सम्पूर्ण क्षेत्र नै लाभान्वित हुने बताउनुभएको छ ।
सीको आलेखमा चीन र नेपाल एकअर्काबाट सिक्ने असल छिमेकीको रूपमा व्याख्या गरिएको छ । प्रश्न उठेको छ – हामीले चीनबाट के कति सिकेका छौँ र के हामी सिक्न तयार छौँ ? सन् १९७८ सम्म जनसङ्ख्याको ठूलो भाग गरिबीको रेखामुनि रहेको चीनले सन् २०२० मा गरिबीलाई उन्मूलन गर्दै छ । हामीले कहिले गर्ने ? विकासमा पछाडि परेको चीन समाजवादी खुला अर्थतन्त्रलाई अङ्गाल्दै सन् २००१ मा डब्लुटीओमा प्रवेश गरेसँगै लगातार व्यापार वृद्धि गरिरहेको छ । हामीले हाम्रो देशमा के ग¥यौँ त ? अब प्रश्न उठेको छ ।
भर्खरै चीनले आफ्नो स्थापनाको ७० औँ वर्षगाँठ मनायो । चीनले ७० औँ वर्षगाँठ मनाउँदा कहीँकतै सीको फोटो राखेको देखिएन । समारोह र सडकभरि राष्ट्रिय झन्डामात्र । उनीहरूमा राष्ट्रियता कति धेरै ? बच्चादेखि वृद्धसम्मको हातमा राष्ट्रिय झन्डा । सी चिनफिङको विचारधाराबारे बहस चले पनि कसैले उनको तस्बिर बोकेको देखिएन । चीन नेताभन्दा पनि नीतिमा विश्वास गरेर अगाडि बढेको देश हो । हामी नीतिभन्दा बढी नेतामा विश्वास गर्छौँ । राष्ट्रिय झन्डाभन्दा कुनै बेला राजाको र अहिले नेताको तस्बिर बोक्ने राष्ट्रवादी कहलिन्छ, नेपालमा ।
बीआरआईमा नेपालको सहभागितासँगै चीनसँग रेल, सडकलगायतका कनेक्टिभिटी विस्तारको विषय चर्को रूपमा उठेको छ । यसलाई कसरी कार्यान्वयनमा लैजाने भन्ने नेपालको प्रस्ताव महत्वपूर्ण हुनेछ । नेपाल र चीनबीच बढ्दै गएको व्यापार घाटालाई कम गर्न नेपालमा उत्पादकत्व बढाउने विषयमा पनि ठोस प्रस्ताव आउन जरुरी छ । सीले आफ्नो आलेखमा उल्लेख गर्नुभएको छ, “नयाँ युगमा चीन–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन दुवै पक्षले दीर्घकालीन सम्बन्धका खाका तयार गर्नुपर्दछ । आपसी राजनीतिक विश्वास बढाउनुपर्दछ । देशको सुशासन तथा विकासको अनुभवसम्बन्धी आदानप्रदानलाई बढाई दुवै देशका जनतालाई अझ बढी फाइदा प्रदान गर्नुपर्दछ ।”
चीनले नेपालसित स्पष्टरूपमा सम्बन्धका दीर्घकालीन खाका चाहेको छ । नेपालले आफ्नो हित अनुकूलका स्पष्ट खाका प्रस्तुत गर्न सक्नुपर्दछ । चीनले नेपालको उत्पादकत्वमा जोड दिँदै आफ्नो बजारमा स्वागत गरेको छ । तर, नेपाल सरकारहरूले आजसम्म उत्पादकत्व बढाउने विषयमा ठोस योजना ल्याउन सकेका छैनन् । नेपाल सरकारले विगतमा झैँ चीन सरकारले सहयोगस्वरुप दिएका उद्योग र कलकारखानाहरू निजीकरणको नाममा बेचेर नखाने र तिनलाई पुनः राष्ट्रियकरण गरेर निरन्तर सञ्चालन गर्ने योजना बनाउनुपर्छ ।
चिनियाँहरू कुराभन्दा काममा बढी विश्वास गर्छन् । हामीले चिनियाँहरूको उक्त गुण अनुसरण गर्न जरुरी छ । साथै चिनियाँ राष्ट्रपति सीको भ्रमणको मौकामा नेपाल र नेपालीसँगै चीन र चिनियाँको हितमा योजना दिन सके चीनको विशेष ध्यान नेपालमाथि रहिरहने छ ।
Leave a Reply