भर्खरै :

सिद्धिगणेशको अगुवा सदस्य सुझाव सङ्कलन कार्यक्रम सम्पन्न

भक्तपुर, २५ असोज । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को यातु गणेश सेवा केन्द्र व्यवस्थापन उपसमितिको आयोजनामा अगुवा सदस्य सुझाव सङ्कलन कार्यक्रम सम्पन्न भयो ।
सेवा केन्द्रको कार्यालय भवनमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि संस्थाका अध्यक्ष राजन लाखाजुले सहकारी ऐन तथा नियमावलीमा बाध्यकारी एकीकरणको व्यवस्था गरिएको जानकारी दिँदै सिद्धि गणेशले आ.व. २०६७÷०६८ मै भावनात्मक तथा नीतिगत समानता भएको यातु गणेश बचत तथा ऋण सहकारी संस्था लि.सँग एकीकरण गरी सहकारी अभियानमा उदाहरणीय कार्यको सुरुवात गरेको बताउनुभयो । उहाँले केन्द्रीय कार्यालयमा सदस्य चाप न्यूनीकरण तथा सेवा सुविधा विकेन्द्रीकरणको उद्देश्यका साथ सेवाकेन्द्रहरू सञ्चालनमा ल्याएको बताउँदै सिद्धि गणेशले ४ वर्षे कार्ययोजनाअन्र्तगत आ.व. ०७९÷८० सम्ममा ३५ हजार सदस्य तथा ४ अर्बको कूल सम्पत्ति पु¥याई देशको उत्कृष्ट सहकारी संस्था बनाउने लक्ष्य लिएको बताउनुभयो ।
संस्थाका व्यवस्थापक राजेन्द्र दुमरुले संस्थाका उत्तर पूर्वी भेगका सदस्यहरूलाई सेवा दिन यातु गणेश सेवा केन्द्र सञ्चालनमा ल्याएको तथा सहकारी ऐन तथा नियमावलीमा व्यवस्था भएअनुसार संस्थाको कार्यक्षेत्र बाहिरका तर कार्यक्षेत्र भित्र स्थायी बसोवास तथा व्यवसाय सञ्चालन गरिरहेकालाई सदस्यता दिन सकिने व्यवस्था संस्थाको ४ वर्षे कार्ययोजना समावेश गरिएको जानकारी दिँदै संस्थाको २५ औँ साधारणसभा कार्तिक ३० गते ३ छुट्टाछुट्टै स्थानमा क्षेत्रगत वार्षिक साधारणसभा हुने भन्नुभयो ।
आयोजक उपसमितिका संयोजक एवम् सञ्चालक कृष्णनारायण दुमरुले यस अगाडिको सेवाकेन्द्र रहेको भवनमा कार्यालयलाई आवश्यक स्थान अभाव तथा प्राविधिक समस्याले गर्दा सेवाकेन्द्रको स्थानान्तरण गरिएको र निकट भविष्यमा संस्थाको आफ्नै भवनमार्फत सेवाकेन्द्र सञ्चालन गरिने विश्वास व्यक्त गर्दै आ.व. ०७५÷७६ को वित्तीय विवरण प्रस्तुत गर्नुभएको थियो ।
३२ जना सदस्यहरूको उपस्थिति रहेको कार्यक्रममा आयोजक उपसमितिका सचिव बलराम मुस्याख्वले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *