आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
टोकियो, २६ असोज (सिन्ह्वा) । जापानको राजधानी टोकियोलगायतका स्थानमा आएको हागिबिस नामक तुफानका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या २५ पुगेको जापानी अधिकारीले आइतबार बताएका छन् । आँधीपछि करीब १५ जना हराइरहेको बताइएको छ ।
आँधीसँगै भएको वर्षाका कारण कैयौँ नदीहरूमा बाढी आएको र नदीको पानी बस्तीहरूमा पसेका कारण ठूलो जनधनको क्षति भएको हो ।
“आँधीका कारण तीन लाख ७६ हजार घरहरूमा विद्युत् आपूर्ति अवरूद्ध भएको, १४ हजार घरहरूमा खानेपानीको अभाव भएको छ,” चिफ क्याबिनेट सेक्रेटरी योशिहिदे सुगाले बताउनुभयो ।
उद्धारकर्ता तथा जापानी अधिकारीले दिएको जानकारीअनुसार शनिबार साँझ आएको आँधीका कारण कैयौँ स्थानमा बाढी पहिरो गएको र कतिपय बस्तीहरू डुबानमा परेका छन् ।
सरकारले आँधीपछि २७ हजार स्वयम्सेवक बललाई उद्धार र राहतका लागि खटाएको जनाएको छ । भू–संरचना, यातायात तथा पर्यटन मन्त्रालयले दिएको जानकारीअनुसार आँधीपछि विभिन्न १२ राज्यका कम्तीमा ४८ स्थानमा पहिरो गएको र २१ नदीमा बाँध फुटेका कारण ठूलो क्षति भएको उल्लेख छ ।
स्थानीयहरूले आँधी विगत ५० वर्ष यताकै शक्तिशाली भएको बताएका छन् । आँधीको प्रभाव सबैभन्दा धेरै नागानो राज्यमा परेको बताइएको छ । अधिकारीले आँधीपछि नागानो र छिमेकी राज्यका सहरहरूका बासिन्दालाई सुरक्षाका लागि अझै सावधानी अपनाउन निर्देशन गरेका छन् ।
मन्त्रालयका अनुसार कतिपय बस्तीहरूमा बाढीको पानी करीब पाँच मिटरसम्म जमेको बताइएको छ भने त्यहाँका बासिन्दाले उद्धारका लागि घरका तलाहरूबाट हात हल्लाएर अनुरोध गरेका भिडियोहरू टेलिभिजन तथा सामाजिक सञ्जालमा देखिएका छन् ।
नागानो क्षेत्रमा चल्ने जापानका बुलेट रेलहरूसमेत डुबानका कारण अवरूद्ध बनेका छन् । रेल कम्पनीका अनुसार १० वटा रेलका १२० डब्बामा क्षति पुगेको छ ।
जापानको मौसम विज्ञानसम्बन्धी निकायले टोकियो र प्रभावित १२ वटै राज्यमा भारी वर्षा हुने सम्भावना रहेको बताउँदै नदी वरपरका क्षेत्रमा सतर्क बन्न सूचना जारी गरेको छ । आइतबारसम्म तुफानको प्रभाव निकै कम भएको बताइएको छ ।
Leave a Reply