प्रजग कोरियाली शिक्षकहरूको १५ औँ राष्ट्रिय सम्मेलनमा छोटो पाठ्यक्रमको अभिमुखीकरण
- भाद्र १९, २०८३
तेहरान, २८ असोज । संरा अमेरिकाले इरानमाथि प्रतिबन्ध लगाएर इरानी नागरिकमाथि ‘अपराध’ गरेको राष्ट्रपति हसन रौहानीले बिहीबार बताउनुभएको छ ।
इरानको राज्य सञ्चालित समाचार संस्था आईआरएनएले राष्ट्रपति रौहानीलाई उद्धृत गरी जानकारी गराएको छ, ‘इरानी जनतालाई खाद्यान्न र औषधिसमेतमा पहुँचमा सङ्कट आउनेगरी नाकाबन्दी गर्नु अमेरिकाका लागि ‘लज्जा’ को विषय बन्नुपर्छ ।
“इरानविरोधी प्रतिबन्ध आर्थिक आतङ्कवाद हो”, उहाँले भन्नुभयो । अमेरिकी दबाबले इरानी जनता र राष्ट्रलाई घुँडा टेकाउने कल्पना असम्भव रहेको राष्ट्रपति रौहानीले दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, “अन्यायपूर्ण तथा अनौठो प्रतिबन्धको दबाबका बाबजुद इरानी वैज्ञानिक, अनुसन्धानकर्ता, उद्योगी तथा उत्पादकहरूले पूर्ण आत्मनिर्भरताको बाटोमा अघि बढाउन अत्यधिक मेहनत गरेका र अहिले उक्त उद्देश्य प्राप्तितिर इरान रहेको छ ।”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१५ अमेरिकासहितका विश्व शक्तिराष्ट्रहरूले इरानसँग गरेको आणविक सम्झौता अमेरिकाको पक्षमा नरहेको भनी गत वर्षको जुलाईदेखि सम्झौताबाट फिर्ता भएको घोषणा गरी इरानविरूद्ध पहिलेभन्दा अझ कडा प्रतिबन्धको घोषणा गर्नुभएको थियो । सिन्ह्वा
Leave a Reply