स्यिाओ सिन

अर्थशास्त्रमा दिइने बेतुकको नोबेल पुरस्कार निर्मूलन गर्ने समय आएको छ सायद । सोमबार अर्थशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा भयो । उक्त घोषणाले यो पुरस्कारको असङ्गतता प्रस्ट बनाएको छ । प्राविधिमा यो पुरस्कार नामअनुसार महान नभएको देखिएको छ ।
भारतीय मूलका अर्थशास्त्री अभिजित बेनर्जी, फ्रान्सेली अमेरिकी अर्थशास्त्री इस्थर डुफ्लो र अमेरिकी विकास अर्थशास्त्री माइकल क्रिमरलाई ‘विश्वव्यापी गरिबी निर्वारणको लागि प्रयोगात्मक अवधारणा अघि सारेको’ भन्दै अर्थशास्त्रतर्फको यो पुरस्कार प्रदान गर्ने घोषणा गरिएको हो ।
तर, विश्वव्यापी गरिबी निवारणको लागि ती तीन जना अर्थशास्त्रीहरूको गरेको सैद्धान्तिक योगदान चीनले गरिबी निवारणमा हासिल गरेको उपलब्धिभन्दा कता हो कता कम छ । सन् १९७८ मा चीनले सुधार र खुलापनको नीति थालनी गरे यता यसले ८५ करोड जनतालाई गरिबीको रेखाभन्दा माथि उकासेको छ । विश्व बैङ्कको तथ्याङ्कले यस्तै भन्छ ।
अर्थशास्त्रतर्फ यो वर्ष छनोटमा परेकाहरूले भन्दा चीनले गरिबी निवारणमा लक्षित प्रयास निकै प्रभावकारी पुष्टि भएको छ ।
अर्थशास्त्रमा पुरस्कृतमध्ये एक जना अर्थशास्त्री भारतीय मूलका छन् । गरिबी निवारणका पहल र उपलब्धिमा भारतको दाँजोमा चीनले धेरै ठूलो उपलब्धि हासिल गरेको छ ।
यदि अर्थशास्त्रतर्फको पुरस्कारलाई विश्वको दोस्रो ठूलो अर्थतन्त्रले हासिल गरेको उपलब्धिलाई उपेक्षा गर्ने हो भने नोबेल पुरस्कार प्रतिष्ठानले आफ्नो वेभसाइटमा पुरस्कारसम्बन्धी घोषणा नराख्नु बुद्धिमानी होला । आखिरमा नोबेल प्रतिष्ठानले लामो समयदेखि यो विषयमा लगातार काम गरेकोलाई पुरस्कार दिइने रहेनछ ।
(लेखक ग्लोबल टाइम्सका संवाददाता हुनुहुन्छ ।)