चिनियाँ क्रान्तिकारी साहित्यकार लु सुन
- आश्विन ८, २०८३
नेपाली भाषामा एउटा उखान छ– ‘कसैले तपाईँ भनोस्–नभनोस्, आफै मपाईँ ।’ आफ्नो कामको अरूले प्रशंसा नगरेपछि आफूले गरेका कामको आफै प्रशंसा गर्ने प्रवृत्तिलाई यो उखानले चित्रण गर्छ । बुधबार सत्तारूढ नेकपाले आयोजना गरेको ‘चियापान’ कार्यक्रममा प्रधानमन्त्रीको मन्तव्यले धेरैलाई यही उखान सम्झायो । प्रधानमन्त्री आफ्नो सरकारले हासिल गरेका ‘उपलब्धि’ को चर्चा गर्दै सहभागी कार्यकर्तालाई हौस्याइरहेका थिए । बहुमत भएको सरकारले पनि देशमा खासै उपलब्धि हासिल गर्न नसकेको आलोचना बाक्लो बन्दै गएसँगै प्रधानमन्त्रीले आफ्नो सरकारको प्रतिरक्षा गरेको देखिन्छ । तर, वास्तवमै सरकारले जनताको जीवनमा परिवर्तन ल्याउन सकेको भए उनी स्वयम् आफ्नो प्रतिरक्षामा बोलिरहन आवश्यक पर्ने थिएन, जनता स्वयम् सरकारको प्रतिरक्षामा उत्रने थिए ।
प्रधानमन्त्रीले आफ्नो भाषणमा जुन कार्यक्रमको हवाला दिएर सरकारको उपलब्धि देखाउन खोजेका थिए, ती सबै उनको आत्मश्लाघामा सीमित छन् । ज्येष्ठ नागरिकले आफ्नो जीवनमा परिवर्तनको महसुस गरेको उनको तर्क रह्यो । ज्येष्ठ नागरिकलाई दिइँदै आइरहेको सामाजिक सुरक्षा भत्तालाई सङ्केत गर्दै प्रधानमन्त्रीले त्यस्तो तर्क गरेका थिए । तर, बजारभाउसँग दाँज्दा सामाजिक सुरक्षा भत्तामा भएको वृद्धि बालुवामा पानीसरह भएको छ । आकाशिंदो बजारभाउको आधारमा सामाजिक सुरक्षा भत्तामा वृद्धि नगण्य मात्र छ ।
ओलीले साना ‘उपलब्धि’लाई औँल्याएर आफ्नो प्रतिरक्षा गरेर सरकारबाट भइरहेका कमजोरीलाई लुकाउने प्रयास गरे । वैदेशिक श्रम बजारमा नेपाली युवाहरू दैनिक हजारौँको सङ्ख्यामा जानुपर्ने अवस्थालाई उनले लुकाएका छन् । नेपाली बजारको बढ्दो परनिर्भरता र स्वदेशी उत्पादनमा आइरहेको ¥हासलाई उनले छोप्न खोजे । स्वदेशी कलकारखानाले जीवन पाउन नसक्दासम्म नेपालको अर्थतन्त्र परनिर्भर रहनेछ र परनिर्भर अर्थतन्त्रले देशको दिगो विकास हुन सक्दैन । काम गर्ने युवाहरूलाई विदेशी श्रम बजारमा बेचिनुपर्ने बाध्यताको अन्त्य नहुँदासम्म देश विकासको कल्पना भाषणमा मिठो सुनिए पनि व्यवहारमा सम्भव छैन । नेपालका रित्ता गाउँघर काठमाडौँको झिलिमिलीले भरिन सकिंदैन । देशभरका मानिस काठमाडौँ उपत्यकामा थुपारेर देशको विकास भएको भन्नु जनताको आँखामा धुलो छ्याप्नु हो । सङ्घीयता संविधानको शोभा बनेको छ । व्यवहारमा जनताले घरदैलोमा ‘सिंहदरबार’ देख्न पाएका छैनन् । युवामा देशको अवस्थाप्रति उत्साह भरिएको छैन । परराष्ट्रमन्त्रीले पटक–पटक विदेशमा रहेका नेपालीलाई स्वदेश फर्किन आह्वान गरे पनि सरकारले विश्वासको वातावरण बनाउन सकेको छैन ।
सामाजिक र सांस्कृतिक रूपमा देश अघि बढ्न सकेको छैन । दण्डहीनताको भयले नेपाली समाज सन्त्रस्त छ । अपराधको सङ्ख्या बढिरहेको छ । सरकारले अपराधलाई कार्वाही गर्नु त परको कुरा, पहिचानसमेत गर्न सकेको छैन । सरकारलाई तर्साइरहने धेरै काण्ड यसबीच भएका छन् ।
तर, ‘नाङ्गो बादशाहले आफूलाई संसारकै सबभन्दा सुन्दर भेषभूषा लगाएर हिंडेको’ भ्रम पालेको कथाजस्तै प्रधानमन्त्री ओलीले देशमा विकासको लहर आएको सुन्दर कथा बुनेका छन् । नाङ्गो बादशाहलाई नग्नता कुनै अबोध बालकले औँल्याएजस्तै ओलीको रित्तो विकासलाई आज सर्वसाधारण नेपाली जनताले औँल्याइरहेका छन् ।
Leave a Reply