सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
श्रेष्ठ
मुनरोले “अमेरिका अमेरिकीहरूको हो” भन्दा राजनीतिक शास्त्रका सरल विद्यार्थीहरूले युरोपेली साम्राज्यवादीहरूविरोधी नीतिको रूपमा लिन्थे । तर, परिणाम उल्टो भयो, क्यारेवियाली टापुका देशहरू (जसमा क्युवासमेत छन्) र पनामादेखि सबै दक्षिण अमेरिकी देशहरू अमेरिकी साम्राज्यवादबाट पीडित भए । ती सबै देशहरू आज पनि संरा अमेरिकी साम्रज्यवाद दलित, पीडित र आर्थिक नाकाबन्दीबाट निस्सासिएका छन्– उदाहरण क्युवा र भेनेजुयला हुन् ।
त्यस्तै हिजोआज भारतले ‘छिमेकी प्रथम’ नीति लियो । यसको अर्थ मालद्वीप, श्रीलङ्का, पाकिस्तान, बङ्गलादेश, भूटान, नेपाल र बर्मा (मान्मार) र थाइलायन्ड समेत भारतीय साम्राज्यको पहुँचमा पुग्दै छ । पश्चिमी गोलाद्र्धमा जसरी संरा अमेरिकाले आफ्नो साम्राज्य फैलायो त्यस्तै दक्षिण एसियामा भारतको नयाँ हिन्दू साम्राज्यको विस्तार हुँदैछ । नेपालकै उदाहरणले यसलाई सावित गर्छ । नेपाल सरकारका माथिदेखि तल्लो तहसम्मको प्रशासनमा भारतको प्रवल पहुँच छ । थोरै उदाहरण निम्न छन्–
काठमाडौँ उपत्यका हरेक दिन २–३ घण्टाको ‘सवारी जाम’ हुन्छ । संसद्मा मोटरसाइकलदेखि निजी कार र अन्य १० र १२ पाङ्ग्रे ठूल–ठूला गाडीहरू र खासगरी ट्रिपरहरूबाट धेरै जनताको ज्यान गएकोबारे प्रश्नहरू उठे, मन्त्रीहरू पनि यसबारे संवेदनशील छन् । तर, प्रहरी र अर्थमन्त्रालयका कर्मचारीहरू ‘भारतीय नयाँ वाहनहरू रोक्दा’ देशको आम्दानी नै कम हुन्छन् भनी सरकारको भावना अवज्ञा गर्छन् । एक दिन लाखौँ जनता २–४ घण्टा ‘सवारी जाम’ मा पर्दा महिना र वर्ष दिनमा कति करोड र अरब रुपैयाँ जनता र देशको नोक्सान हुन्छ ? त्यसको कुनै लेखा छैन ।
८० प्रतिशत तयारी सामान भारतबाटैैैैैै आउँछ । बङ्गलादेशबाट श्रीलङ्का र अन्य दक्षिण एसियाका देशहरूबाट निर्वाध सामान आवत–जावत गर्न दिँदैन, भारतले । बङ्गलादेशबाट ग्यास नेपाल आउन दिँदैन । नेपालको निम्ति बङ्गलादेशको ग्यास भारतको भन्दा धेरै सस्तो छ । नेपालबाट बङ्गलादेशमा काठ र ठूलठूला ढुङ्गाको माग छ । तर, भारतले नेपाल र बङ्गलादेशको बाटो छेक्छ । बङ्गलादेशको अन्य तयारी सामान पनि भारतको भन्दा राम्रो र सस्तो छ, तर भारतले बाटो छेक्छ । दुई ठाउँमा भारतले लोड–अनलोड गर्ने प्रक्रिया गर्दा नेपालबाट ४ बजे गएको तरकारी र फलफूल बिहान ६–७ बजे नै ढाका पुग्ने हुन्छ । तर, भारतको छेकवारले ८ बजे राती तरकारी ढाका पुग्छ । के त्यस तरकारीले ढाकाको बजारलाई सहयोग पुग्ला ?
नेपाली दाल र अन्य सामान श्रीलङ्कामा ठूलो माग छ, तर भारत त्यसमा बाधा हाल्छ ।
कलकत्ता बन्दरगाहबाट आउने चिनियाँ र अन्य देशका समान नेपाल पुग्दा विलम्बकर र अन्य भारतीय बाधाले धेरै समय लाग्ने र महँगो हुन्छ ।
नेपालले वर्षको झन्डै खाद्यान्न र साग–सब्जी समेत रु.२ खरबको आयात गर्छ, प्रजातन्त्र आउनुभन्दा पहिले ती सामान भारतमा नेपालले पठाउँथ्यो । विदेशमा युवाहरू पठाउने नीति यसको कारण हो ।
काठमाडौँ जिल्ला प्रहरीले हेर्ने मुद्दा भारती दूतावासको दबाबमा भारतीय दूतावासको तल्लो कर्मचारीले हेर्ने गर्छ ।
नेपालको ड्रात्र लाइसेन्समात्रै होइन पासपोर्टसमेत भारतबाट तयार भएर आउँछ । मोटरसाइकलको लाइसेन्ससमेत भारतबाट तयार भई आउँछ । हरेक क्षेत्रमा यस्तो परम्परा बढ्दै छ ।
नेपालको त्रिभुवन विश्वविद्यालय भर्ना र स्तरको हिसाबले तल झर्दै छ । तर, काठमाडौँमा छ्याप्छ्याप्ती भारतीय विश्वविद्यालयका कलेजहरू खुलेका छन् । ती विश्वविद्यालयका परीक्षाहरूमा हाकाहाकी नक्कल गराइन्छ । त्यसले नेपालका युवाहरूको शैक्षिक स्तरमा ठूलो ¥हास आउँदै छ । यस्तै धेरै उदाहरण छन्– भारतको ‘छिमेकी प्रथम’ नीतिको परिणाम ।
Leave a Reply