भर्खरै :

“गुणको बदला गुणले तिर्नुपर्छ” ः नारायणमान बिजुक्छेँ

३९ औँ नेपालभाषा साहित्य तःमुँज्याको पहिलो दिन असोज २३ गते नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले व्यक्त गर्नुभएको मन्तव्यको सार–सङ्क्षेप । सो दिन चिकित्सक डा. अशोकानन्द मिश्र र कलाकार धु्रवरत्न हाडालाई सम्मान गरिएको थियो ।
म सम्मानित व्यक्तित्व डा. अशोकानन्द मिश्रबारे केही कुरा राख्छु । उहाँसँग मेरो परिचय नेपालमा भएको थिएन । हामी उत्तर भारतको दरभङ्गा भन्ने सहरमा बस्थ्यौँ । उहाँ थप अध्ययनको सिलसिलामा त्यहाँ आउनुहँुदा वि.सं. २०३४–३५ सालतिर उहाँसँग परिचय भएको थियो । २०३६ सालमा हामी नेपाल फर्कियौँ ।
२०३५ सालतिर भारतको गोरखपुरमा मलाई गोली हानिएको थियो । गोरखपुरमा उपचार राम्रो नभएपछि म दरभङ्गा गएको थिएँ । डा. मिश्र त्यतिबेला दरबङ्गामा एमडी गरिरहनुभएको थियो । उहाँ बस्ने ठाउँ मलाई थाहा थियो । म त्यहीँ गएँ । त्यहाँका प्रहरीलाई पनि ममाथि भएको आक्रमणबारे थाहा थिएन ।
दरभङ्गाको अस्पतालमा बाढी पसेको समय थियो । त्यसैले पनि म त्यहाँ पसेको धेरैले ख्याल गरेनन् । म त्यतिबेला त्यहाँ नपुगेको भए सायद गोली लागेको मेरो हात बिग्रने थियो ।
गोरखपुरमा उपचार राम्रो थिएन । सरकारी अस्पतालमा स्टेरेलाइज गर्ने राम्रो व्यवस्था पनि थिएन । एक जना साथीले अन्यत्र उपचार गर्न सल्लाह दिनुभएपछि हामी दरभङ्गा पुगेका थियौँ ।
गोरखपुरमा हाम्रो किसान सम्मेलन भएको थियो । सम्मेलनमा केही साथीहरूले सशस्त्र सङ्घर्ष गर्ने, मनी एक्सन गर्ने, बैड्ढ लुट्नेजस्ता प्रस्ताव गर्नुभएको थियो । भारत सरकार वा नेपाल सरकारका मानिसले हामीलाई नराम्रो काम गराउने अनि त्यही बहानामा गिरफ्तार गराउने उद्देश्यले त्यो प्रस्ताव आएको हुनुपर्छ । हामीले त्यो प्रस्तावलाई ठाडै अस्वीकार ग¥यौँ । व्यक्ति हत्या पनि गलत छ, डकैती पनि गलत छ । सशस्त्र सङ्घर्षको नीति पारित हुनेबित्तिकै कुरा बाहिर जानेछ र त्यसको परिणाम राम्रो हुने छैन भन्ने हाम्रो भनाइ थियो । बरु सङ्घर्षका विभिन्न रूप उपयोग गर्ने नीतिमा हामीले जोड दियौँ । चार–पाँच पटक यही विषयमा छलफल बैठक भएपछि हाम्रै भनाइअनुसार प्रस्ताव पारित भयो । त्यस्तो परिस्थितिमा भारत र नेपाल सरकारले चिताएजस्तो नहुने भयो । जसरी पनि नराम्रो काम गर्न दिने र त्यसै आधारमा हामीलाई पक्राउ गर्ने उद्देश्यलाई हाम्रो बहुमतले अस्वीकार ग¥यो ।
रात–रातभर बैठक चल्थ्यो । गोली लागेको बिहान बैठक सकाएर सबै साथीहरू गइसकेपछि म कार्यालयमा गएर पल्टेको मात्र थिएँ । निदाइहालेछु । अचानक ठूलो आवाज सुनियो र म ब्युँझेँ । कोठा पूरै धुवाँले भरिएको थियो । के भएको मेलोमेसो नै पाइनँ । ढोकाबाट आएको हावाले धुवाँ पन्छाएपछि म ढोकातिर जान खोजेँ । मैले खुट्टा चलाउन सकिनँ । पछि थाहा भयो–खुट्टा र हातमा गोली लागेको थियो । रगत निकै बगेको थियो । मानिसहरू स्टोभ पड्केको भन्दै थिए । नजिकै स्वास्थ्य चौकी थियो, त्यहीँ गएँ । के भएको भनी सोधियो ।
मैले भनेँ–“म निदाइरहेको थिएँ ।”
स्वास्थ्य चौकीमा प्राथमिक उपचार भयो । चिकित्सकले पुर्जीमा ‘बारुदको गन्ध’ (स्मेल अफ गन पाउडर) भनी लेखिदिए । गोलीसँग सम्बन्धित मुद्दा भएपछि सरकारी अस्पतालमा जानुपर्ने नियम रहेछ । हामीलाई सरकारी अस्पताल जान भनियो । स्वास्थ्य चौकीबाट सरकारी अस्पताल भक्तपुरबाट थिमि जत्तिकै टाढा थियो । त्यतिञ्जेल म सुतेको ठाउँमा प्रहरी पुगिसकेको थियो । त्यहाँ पिस्तोल र भारतमा सशस्त्र सङ्घर्ष गरिरहेको नक्सलबाडीहरूको धेरै पुस्तक र साहित्य बरामद गरे । प्रहरी पनि चकित परे । उनीहरूले अरू मानिसको पनि खोजी गर्न थाले । हाम्रा साथीहरूलाई हामीले जता भाग्नुपर्ने हो भाग्न खबर गरिसकेका थियौँ ।
प्रहरीले मलाई पक्राउ ग¥यो । रिक्सामा जाँदै गर्दा मेरो शरीरबाट लुगा धुँदा पानी बगेजस्तै रगत बगिरहेको थियो । मानिसको शरीरमा त्यतिका रगत हुने कुरा मलाई अन्दाज थिएन ।
अस्पताल पुग्नेबित्तिकै सलाइन दिइयो । अस्पतालमा रात र दिन नै छुटउन सकेको थिइनँ । बेहोसीको औषधि खुवाइएको रहेछ । भाग्छ भनेर हो कि कुन्नि ! दुई चार दिन त्यसरी नै बित्यो ।
एक दिन मैले एक जना नर्सलाई सोधेँ – “अस्पतालमा कोही कम्युनिस्ट डाक्टर छ कि ?”
उनले भनिन्–“छ !”
“मलाई कोही एक जनासँग भेटाउन सक्नुहुन्छ ?”, मैले अनुरोध गरेँ ।
त्यहाँका अखबारले मलाई हतियार बनाउने मान्छे, हतियार बनाउने क्रममा गोली हानाहान भएको, बम पड्केको आदि – आदि कुरा लेखेका थिए ।
मैले त्यस्ता आरोप सही नभएको, सुत्दै गर्दा आफूलाई गोली हानिएको भनेँ ।

उहाँलाई मानिसहरू कम्युनिस्ट भन्थे । तर, सप्तरी जिल्लामा नेपाली काङ्ग्रेसको संस्थापक सभापति उहाँको बुबा हुनुहुन्थ्यो । यहाँका नेपाली काङ्ग्रेसका साथीहरू उहाँलाई कम्युनिस्ट भन्छन् । तर, त्यस्तो होइन । उहाँ कम्युनिस्ट पार्टीको सदस्य पनि हुनुहुन्न । तर, अध्ययनशील स्वभावको व्यक्ति भएकोले के ठीक र के बेठीक भन्ने कुरा खुलेर भन्नुहुन्छ । मनमा कुरा लुकाउने बानी छैन । २–३ सय पृष्ठको पुस्तक राति दिए भोलिपल्ट बिहानसम्ममा पढिसक्नुहुन्छ । स्मरण शक्ति पनि निकै बलियो । पढेको पुस्तकको कुनै पनि ठाउँबाट कुनै पनि प्रश्न गर्दा जवाफ दिन सक्नुहुन्छ । त्यही भएर उहाँ दुई पटक स्वर्ण पदक पाउन सफल हुनुभएको हो 

‘कम्युनिस्ट’ डाक्टरले आफूभन्दा सिनियरलाई भनेर मेरो शरीरभित्रको गोली निकालिदिए । रातदिन सरकारी गुप्तचरहरूको कडा निगरानी थियो । त्यतिबेला नक्सलबाडी आन्दोलन निकै उत्कर्षमा थियो । हामी भाग्ने प्रयास मात्र गरेको भए पनि पक्राउ पर्ने अवस्था थियो । भाग्न खोजे गोली हान्ने आदेश थियो । मैले डाक्टरलाई दरभङ्गामा रिफर गरिदिन अनुरोध गरेँ ।
एक जना नर्सले भनिन्, “बहादुर ! यो साना – साना चक्की औषधि नखानुहोला ।”
मैले सोधेँ – “किन ? के गर्छ त्यसले ?”
उनले भनिन्, “त्यसले निद्रा लगाउने काम गर्छ ।” भाग्छ कि भनी होस गुम्ने, निकै निद्रा लाग्ने त्यो औषधि खुवाइएको रहेछ !
पानी निकै परिरहेको थियो । हामी दरभङ्गा जान लागेको त्यहाँका प्रहरी र गुप्तचरहरूले थाहा पाएछन् । रेलमा आएर कहाँ जाने भनी सोधे ।
साथीकोमा जाने भनी म उम्किएँ । म सिधैँ डा. अशोकानन्द मिश्र पढिरहनुभएको मेडिकल कलेजमा पुगेँ । निकै पानी परेको समय थियो । अस्पताल पनि डुबानमा परेको थियो । जताततै पानी मात्र थियो । अस्पताल पनि बन्द थियो । रोगी र अस्पतालको सङ्ख्या निकै पातलो थियो । त्यसले गर्दा हामीलाई त्यहाँ बस्न सजिलो भयो । उहाँ र अन्य चिकित्सकको सहयोगमा मेरो स्वास्थ्य उपचार भयो ।
उहाँ परीक्षाको तयारी गरिरहनुभएको थियो । मैले जतिबेला हेरे पनि उहाँ पढिरहेकै देख्थें । राति ब्यूँझे पनि पढिरहेको देख्थेँ र दिउँसो पनि पढिरहेको देख्थेँ ।
उहाँलाई धेरैले कम्युनिस्ट पनि भन्थे । तर, त्यस्तो केही थिएन । उहाँ ब्राम्हण परिवारमा हुर्किनुभएको थियो । परीक्षाको दिन खाना पकाउने भान्छेलाई उहाँले ‘म जान लागेको’ भन्नुहुँदा उसले गिलासमाथि दही राखेर घडा थाप्ने गथ्र्यो । उहाँ घडाबाट टिका लगाएर बाहिर निस्कनुहुन्थ्यो । हाम्रो समुदायमा पनि कहीँ टाढा जाँदा त्यस्तै गर्ने चलन छ । उहाँ धार्मिक स्वभावको हुनुहुन्छ ।
उहाँ ब्यूझ्नेबित्तिकै ‘दुर्गाकवच’ नामको धार्मिक पुस्तक पढ्नुहुन्थ्यो । त्यो ‘रातो पुस्तक’ नपढी मन नै नमान्ने भन्नुहुन्थ्यो । साँझपख उहाँ कुनै मन्दिरमा पुग्नुहुन्थ्यो ।
उहाँलाई मानिसहरू कम्युनिस्ट भन्थे । तर, सप्तरी जिल्लामा नेपाली काङ्ग्रेसको संस्थापक सभापति उहाँको बुबा हुनुहुन्थ्यो । यहाँका नेपाली काङ्ग्रेसका साथीहरू उहाँलाई कम्युनिस्ट भन्छन् । तर, त्यस्तो होइन । उहाँ कम्युनिस्ट पार्टीको सदस्य पनि हुनुहुन्न । तर, अध्ययनशील स्वभावको व्यक्ति भएकोले के ठीक र के बेठीक भन्ने कुरा खुलेर भन्नुहुन्छ । मनमा कुरा लुकाउने बानी छैन । २–३ सय पृष्ठको पुस्तक राति दिए भोलिपल्ट बिहानसम्ममा पढिसक्नुहुन्छ । स्मरण शक्ति पनि निकै बलियो । पढेको पुस्तकको कुनै पनि ठाउँबाट कुनै पनि प्रश्न गर्दा जवाफ दिन सक्नुहुन्छ । त्यही भएर उहाँ दुई पटक स्वर्ण पदक पाउन सफल हुनुभएको हो ।
सानोदेखि नै अध्ययनशील परिवारमा हुर्केकाले पनि त्यस्तो वातावरण बनेको हुनुपर्छ । बुबा र आमा दुवैको परिवार अध्ययन संस्कृति भएको परिवार थियो ।
उहाँ जालझेल गर्ने स्वभावका हुनुहुन्न, आफूलाई लागेको कुरा सिधा भन्नुहुन्छ । ठीकलाई ठीक र बेठीकलाई बेठीक भन्ने स्वभाव छ । अनुहारअनुसार कुरा फेर्ने स्वभाव उहाँको होइन । सत्य कुरा बोल्ने बानीका कारण उहाँको शत्रु बढेको हुनुपर्छ । बिरामीलाई सही सत्य सल्लाह दिनुहुन्छ । कसैले झूट कुरा बोले उहाँ रिसाउने र झगडा गर्ने स्वभावको हुुनुहुन्छ । कसैले जालझेल गर्दा रिसाउनुहुन्छ । जालझेल नगर्ने भएकैले उहाँसँग हाम्रो कुरा मिलेको हो ।
उहाँलाई एमालेले चुनावमा उठायो । गेहेन्द्रनारायण सिंह भारतले भनेको मान्ने उम्मेदवार हुनुहुन्थ्यो । उहाँलाई हराउन डा.मिश्रको उम्मेदवारीले काम ग¥यो । पछि हामी गएर किन एमालेबाट चुनाव उठ्नुभएको भनी सोध्दा उहाँले भन्नुभयो– “म एमाले होइन । हराउनुपर्ने उम्मेदवारलाई हराउन उठेको हुँ ।”
चुनावको क्रममा सीमापारिबाट भारतीय राजनीतिक दलले उहाँलाई सहयोग गर्ने प्रस्ताव गरेछन् । उहाँले पार्टीलाई सोधेर जवाफ दिन्छु भन्नुभएछ । मनमोहनजीसँग सोध्दा सहयोग लिँदा हुन्छ भन्नुभएछ । त्यो कुरालाई डाक्टर साबलाई चित्त बुझेनछ । अरूको पैसा लिएर चुनाव लड्न सल्लाह दिने नेताहरूको मुखै हेर्दिनँ भनी उहाँले आक्रोश पोख्नुभयो । तर, हामीले त्यस्तो बदमासी गर्ने काम कहिल्यै गरेनौँ ।
जनताको घर घरमा उहाँलाई लिएर बिरामीको उपचारको लागि गएको छु । कतिबेला त पीर पर्ने, तलमाथि भए फेरि डाक्टर ल्याएर मान्छे मा¥यो भन्ने आरोप पो लाग्ने हो कि भनेर ! तर, उहाँले हेर्नुभएको कुनै पनि बिरामीको सन्दर्भमा त्यस्तो भएन । औषधि नहुँदा कतै मागेर भए पनि बन्दोबस्त गर्नुहुन्थ्यो । भक्तपुरमा अक्सिजन नभए आफैँ काठमाडौँसम्म पुगेर पनि व्यवस्था गर्ने गर्नुहुन्थ्यो ।
पैसा नभएका बिरामीसँग पैसा नमाग्ने बरु औषधिसमेत कतैबाट व्यवस्था गर्ने उहाँको स्वभावले उहाँप्रति हाम्रो विश्वास बलियो बन्दै गयो । कसैलाई आपत पर्दा सहयोगको लागि उहाँ आफैँ अग्रसर भएर लाग्ने बानी छ ।
सहीलाई सही र गलतलाई गलत भन्ने र सही कुराको पक्षमा लड्ने स्वभाव भएकाले उहाँलाई कतिपय मानिसले सहेनन् । अनेक आरोप लगाए । उहाँलाई विभिन्न ठाउँमा सरुवा गरे । तर, जहाँ सरुवा गरे पनि उहाँले इमानदारीका साथ जनताको सेवा गर्नुभयो ।
तःमुंज्याले डाक्टर मिश्रलाई सम्मानित गर्ने निर्णय उपयुक्त हो । गुणको बदला गुणले तिर्नुपर्छ । उहाँले अझै पनि जनताको सेवा गर्नुहुने आशा गर्छु । घरबाहिर हुँदा फोनमार्फत भए पनि जनतालाई स्वास्थ्यसम्बन्धी सल्लाह दिइरहनुहुन्छ ।
उहाँ यहाँ आउनुहुँदा बरोबर विद्यालयमा स्वास्थ्यसम्बन्धी कार्यक्रम राखेर जानकारी दिने काम गर्छौँ । उहाँ स्वास्थ्यबारे जनतालाई राम्ररी बुझाउन सक्नुहुन्छ ।
अर्का सम्मानित व्यक्तित्व ध्रुव हाडाको कलाकारिता हेरेको छु । रामशेखर, कृष्ण नापित र हाडाजीहरूको नाटक गजब लाग्छ । हामी कसैलाई हँसाउन सक्दैनौँ । आ–आफ्नो कलाको कुरा हो । नयाँ पुस्तालाई आफूसँग भएको कलाकारिता सिकाउने वचन दिनुभएको प्रशंसनीय छ ।
तःमुंज्यामा विभिन्न क्षेत्रका व्यक्तित्वलाई बोलाएर विचार आदानप्रदान गर्नु प्रशंसनीय कुरा हो । निश्चित भाषाको मात्र कुरा गरे हामीले अरू व्यक्तित्वसँग भएका विचारबाट सिक्न सक्दैनौँ ।
अघि साथीहरूले सोध्नुभयो, “हरेक वर्ष नयाँ–नयाँ शैलीको मञ्च देखिन्छ । पुरानै मञ्च उपयोग गर्ने चलन छैन र ?”
साथीहरू सबैले नयाँ – नयाँ शैली देखाउन मिहिनेत गर्नुहुन्छ । जनताकै सहयोग र सक्रियतामा हुने सम्मेलन भएकाले कोही कविता वाचन गर्छन्, कोही गीत गाउँछन् अनि कोही मञ्च बनाउँछन् । रातदिन नभनी तःमुंज्या सफल बनाउन लाग्नुभएका साथीहरूलाई आभार व्यक्त गर्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *