खासाङखुसुङ खोला सफाइ अभियान चासो, बुझाइ र वास्तविकता
- असार १४, २०८३
लक्ष्मी पोखरेल
कैलाली जिल्लाको नेपाल–भारत खुला सिमानाको कारण जिल्लाका दक्षिणवर्ती भारतसँग सिमाना जोडिएका विभिन्न नाकाहरूबाट अवैध मालसामानहरू भित्रिने क्रम बढेको छ ।
भारतीय र नेपाली तस्करको मिलेमतोमा दिनहुँजसो भित्रिने सामानहरू टीकापुर, फूलबारी, भजनी, हसुलिया, जुगेडा बडहरालगायत सीमानाकाबाट सामान भित्याई अवैध गोदामसमेत व्यापारीहरूले सञ्चालन गर्दै आएका समाचारहरू प्रकाशित भइरहेका छन् ।
कतिपय स्थानहरूमा भारतीय सीमानाकाबाट मालसामानहरू प्रहरीको साठगाँठमा भित्रिने गरेको छ भने कतिपय मालसामानहरू प्रहरीको आँखा छलेर रातिको समयमा चोरबाटोको प्रयोग गर्दै तस्करहरूले मौका छोपी भित्याउने गरेको पाइन्छ ।
अवैध मालसामान र गोदाममा रहेका मालसामानहरू भन्सारका कर्मचारी र घुमुवा प्रहरीहरूकै मिलेमतोमा वैध बनाएर सुदूरपश्चिमका विभिन्न बजार र पहाडी जिल्लामा समेत व्यापारीहरूले पठाउँदै आएको बताइन्छ ।
अवैध तस्करीमा संलग्न जो कसैलाई पनि कानुनी प्रक्रियामा ल्याई कारबाही गर्न सरोकारवाला निकायको ध्यान पुग्न नसक्दा तस्करहरूले तस्करीको जालो बलियो बनाउँदै लगेका छन् ।
यसरी खुला सिमानाको मौका छोपी हुने तस्करी नियन्त्रण गर्न प्रहरीले सीमाक्षेत्रमा गस्ती बढाउने, अवैध गोदाममा छापामारी अवैध सामान जफत र तस्कर पहिचान गरी कारबाहीको प्रक्रिया थाल्न सकेमा तस्करीको घटना कम हुँदै जानेछ ।
Leave a Reply