सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
भक्तपुर, २९ असोज । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवम् वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा गएको टोलीले जगाती–च्याह्मासिंहमा रहेका मिठाइ पसलहरूको बुधबार अनुगमन ग¥यो । अनुगमनको क्रममा अधिकांश पसलमा सरसफाइको कमी हुनुका साथै खाद्यान्नमा आवश्यकताभन्दा बढी रङ प्रयोग गरेको, अखाद्य तेलको प्रयोग गरिएको, पसल नवीकरण नगरेको, बासी खाद्यान्न बेच्ने गरेको, खाद्यान्नमा लेबल नराखेको, ढक–तराजु नवीकरण नगरेको, कामदारले एप्रोन प्रयोग नगरेको जस्ता कमी–कमजोरी पाइएको छ । अनुगमन टोलीले विभिन्न पसलहरूमा अखाद्य सामान नष्ट गर्नुका साथै कमजोरीलाई सच्याउन पसल सञ्चालकहरूलाई सचेत गरायो । अनुगमनमा भनपा वडा नं.६ का वडाध्यक्ष हरिराम सुवाल, भनपा स्यानिटेसन शाखाका कर्मचारीलगायत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, भक्तपुर स्वास्थ्य कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्च, महानगरीय प्रहरी परिसर र उद्योग वाणिज्य सङ्घका प्रतिनिधिहरू रहेका थिए ।
Leave a Reply