भर्खरै :

टर्की आक्रमणपछि उत्तरपूर्वी सिरियाबाट तीन लाख व्यक्ति विस्थापित

बेरूत, ३० असोज (रासस/एएफपी) : टर्कीले उत्तरपूर्वी सिरियाको कुर्द नियन्त्रित क्षेत्रमा गरेको आक्रमणको कारण तीन लाखभन्दा बढी व्यक्ति विस्थापित भएको मानव अधिकारवादी संस्थाले जनाएको छ ।
मानव अधिकारवादी संस्था ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’का प्रमुख रमी अब्देल रहमानले यो आक्रमण सुरु भएदेखि तीन लाखभन्दा बढी सर्वसाधारण विस्थापित भइसकेको बताउनुभयो । बाध्य भएर विस्थापित हुने व्यक्तिको सङ्ख्या अझै बढ्नसक्ने पनि उहाँले जानकारी दिनुभयो ।
“विस्थापितले आफन्तसँग सुरक्षित क्षेत्रमा सर्न खोजे पनि उनीहरू बगैँचामा सुतिरहेका छन्,” अब्देल रहमानले भन्नुभयो ।
विस्थापितले विभिन्न ४० विद्यालयमा शरण लिइरहेका उहाँले बताउनुभयो ।
कुर्द समुदायको बाहुल्यता रहेको उत्तर तथा उत्तरपूर्वी सिरियामा टर्कीले यही अक्टोबर ९ तारिखदेखि हमला सुरु गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *