अमेरिकाको छद्म सैन्य बजेट
- असार १२, २०८३
बिजुकला राना, सुर्खेत
किसानका मुद्दामात्रै जमिन कहीँ रहेन
धनीलाई अर्बको जमिन गरिबलाई भएन
हाम्रा युवा जति विदेशतिर कृषि कोले गर्छन्
अङ्गीकृत नागरिकता दिँदै विदेशीलाई भर्छन्
आजैबाट अर्गानिक खेती गरौँ विषादी नहाली
सबै जनता किसानी गरौँ कोही नबसौँ खाली
मेचीदेखि कालीसम्म जनता सचेत हुँदै छ
नागरिकता वितरणले देश सिक्किम बन्दै छ
हाम्रो जग्गा सबै दलालका भाग बेचेर खाइदिया
जनता सुख पाउँथे कि कठै समाजवाद आइदिया
मेडिकल कलेजको नाममा ठगी रोकिएन
यस्ताकन कारबाही गर्ने कानुन तोकिएन
एक महिना गएकै छैन सोह्र गाडी गया
देश समृद्ध बन्ने थियो भ्रष्टाचार नभया
अर्बौँ अर्ब राज्यको पैसा भ्रष्टले यसै खाइगया
यिनैलाई हुन्थ्यो कि कारबाही राज्य जीवित भया
थोत्रा गाडी किनी ल्याउँदा कमिसन खाइदिया
यिनीलाई हुन्थ्यो कि कारबाही समाजवाद आइदिया
जम्बु र काश्मिरी जनताले दुःख पायाका छन्
सार्कलाई क्यै चिन्तै छैन के–के खायाका छन्
लाउडा काण्ड काङ्ग्रेसको वाइडबडी एमाले
तिनै पार्टी सरकारमा गया देश बिगारी फाले
संविधानमा समाजवाद लेखे पुँजीवाद काम गर्न या
कोही रोगले कोही भोकले गरिब जनता मर्न या
सार्वजनिक सरकारी जग्गा सबै बेचेर खाइदिया
त्यो सबै हुन्थ्यो कि फिर्ता समाजवाद आइदिया
बिमिस्टेक सम्मेलन भयो सार्कलाई छोडेर
सैनिक अभ्यास गर्नलाग्यो एसिया जोडेर
पाकिस्तानलाई एक्ल्याउनेछ चीनलाई घेर्नेछ
नेपालमा हेडक्वाटर राखी भारत एसिया हेर्नेछ
यूपीएफ सम्मेलन गरे माधव ओली बन्धन कसी
एक लाखको पुरस्कार पाया सरकार विवादमा फसी
नागरिकता विधेयक ल्याया विदेशी भर्नलाई
नागरिकता बाँड्न लागे फिजी देश गर्नलाई
जहाज खरिद गरिकन कमिसन खायौ कि
जनताको ढाड सेकौँ भनी सरकारमा आयौ कि
१५ करोड राज्यकोषको यूपीएफको खर्च
तीन करोड नेपालीकन कति पैसा पर्छ ?
कोशी उच्च बाँधले गर्दा तराई डुबान हुन्छ
धनजनको हुँदो छ क्षति जनता सधैँ रुन्छ
भेनेजुयला देश माडुरोको अमेरिका ट्रम्पको
जनता किन विश्वास मान्छौ यो सरकार भ्रमको
जिउ धनको सुरक्षा छैन दुईतिहाइको सरकार भई
कम्युनिस्टको नाम बेचेर जनताको मत खेर गइसरै
निर्मला बलात्कारपछि हत्या कञ्चनपुरमा भयो
अपराधीलाई कारबाही छैन दुई वर्ष गइगयो
न्याय माग्दै निर्मलाको दुई ज्यान गइगयो
हत्यारालाई कारबाही छैन त्यतिकै रहिगयो
राष्ट्रवादी नेता हुन्छन् माक्र्सवादलाई बुझ्ने
हरे ! नजारेर देश चलाउने नभनेको मान्ने
देशका युवा विदेशतिर देशकै भूमि बाँझो
जनतालाई दुःख भारी सरकारलाई के खाँचो
देशका जनता मर्न लागे पानी नपाइकन
घर भर्दाछन् भ्रष्टाचारी कमिसन खाइकन
सत्य कुरा मान्नुपर्ने संसारको रित हुन्छ
माक्र्सवादको प्रयोग हुन्छ, जनताको जित हुन्छ
किन आयो संविधानमा, संशोधनका बुँदा
सुनिदिने सरकार भएन जनता भोकै रुँदा
नागरिकता बाँड्दै हिँड्यौँ आज के हँुदै छ
मेचीदेखि कालीसम्म हेर सब जनता रुँदै छ
विदेशीले सत्ता हाँक्ने किन चाहियो कानुन
राष्ट्रघात छ संविधान संशोधनमा सबैले जानून्
रुँदै मर्छन् मान्छे यहाँ सिटामोल भएन
आफ्नै देशका जनताप्रति ध्यान किन गएन ?
पित्तल भन्या पित्तल हुन्छ, सुन सधैँ सुन हुन्छ
संसारलाई उज्यालो दिने माक्र्सवादी जून हुन्छ ।
Leave a Reply