तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, १ कार्तिक । नेपाल मजदुर किसान पार्टीको हालै सम्पन्न सातौँ महाधिवेशनको सन्देश जनताको घर दैलोसम्म पु¥याउन शुक्रबार चाँगुनारायण नपा वडा नं ५ छालिङमा महाधिवेशनको सन्देश कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव तथा सोही क्षेत्रका प्रतिनिधिसभा सदस्य प्रेम सुवालले निर्वाचनमा करोडौँ रुपैयाँ खर्च गरेर जितेका शासक दलका सांसदहरू आफ्नो जिल्लाको विकासभन्दा काठमाडौँमा घर बनाएर राजधानीमा बस्नु गलत भएको बताउनुभयो ।
निर्वाचित प्रतिनिधिसभाको सदस्यको सिफारिसमा छनोट हुने ६ करोड रुपैयाँको योजनामध्ये रु. ३ करोडको योजना ठेक्कापट्टामार्फत गर्नुपर्ने सरकारी कार्यविधि खारेज गर्न आवश्यक भएको चर्चा गर्दै सांसद सुवालले स्थानीय जनताको उपभोक्ता समितिमार्फत गर्ने व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो ।
“गुठी जग्गा कमाउने किसानलाई पनि मोहियानी हक दिनुपर्छ । बाँकी जग्गा मोहीकै नाममा रैतानी गर्ने व्यवस्था हुनुपर्छ”, सांसद सुवालले भन्नुभयो ।
उहाँले जोताहा किसानलाई मोहियानी हकसमेत नपाएको हुनाले खाद्यान्नको आयात बढिरहेको बताउनुभयो ।
सांसद सुवालले नेमकिपाको स्थापनादेखि नै देशको सार्वभौमिकताको रक्षा आन्दोलन, किसान आन्दोलन र भ्रष्टाचारविरोधी आन्दोलनमा महत्वपूर्ण योगदान गर्दै आएको बताउनुभयो ।
Leave a Reply