सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ३
- असार १४, २०८३
खोजक हरि
‘माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारा’ लाई आफ्नो मार्गदर्शक सिद्धान्त मानी काम गरी खाने वर्गलाई शासक वर्गमा रूपान्तरणको लागि सङ्घर्षरत नेपाल मजदुर किसान पार्टीलाई धेरैले धेरै कोणबाट हेरिरहेका छन्, धेरै किसिमबाट प्रशंसा गरिररहेका छन्, धेरै तरिकाबाट आलोचना पनि गरिरहेका छन् ।
समाजवादी क्रान्तिको आधार निर्माण गरी वर्गविहीन समाज निर्माणको लक्ष्य बोकेको नेमकिपाले कम्युनिस्ट सिद्धान्त र विचारलाई आफ्नो मुख्य सौन्दर्यको रूपमा सिउरेको छ । सीमित स्रोत, साधन, जनशक्ति, पार्टी कार्यकर्ता, शुभचिन्तक नै भए पनि पार्टीले समाजवादी सिद्धान्तको झन्डालाई अन्य पार्टीले झैँ बिटुल्याएको छैन । सिद्धान्तप्रति, पार्टी अनुशासनप्रति चट्टानझैँ कठोर नेमकिपाप्रति र त्यसको नेतृत्व सम्हालेका पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) प्रति विभिन्न टीकाटिप्पणी, आलोचना भएर विभिन्न प्रश्नहरू तेर्सिने गरेका छन्, बेलाबेलामा ।
नेमकिपा, पार्टीहरूको हुलमा आफ्नो बेग्लै पहिचान र उचाइ बनाएको पार्टी हो । प्रतिकूल अवस्थाबाट विचलित नभई ‘चुनाव भनेको जनताको चेतनास्तर नाप्ने ब्यारोमिटर हो’ र ‘पुँजीवादी चुनावमा पद, पैसा, मासुभात, दानदक्षिणाको चलखेल हुन्छ’ भन्ने मान्यताका साथ जनताको सेवाप्रति समर्पित भएर लागिरहेको छ । चुनाव जित्नकै लागि ‘राजनीतिभित्र अराजनीतिक गतिविधि गर्ने’ पार्टी तथा त्यही पार्टीका नेता, कार्यकर्ताहरूले ‘राजनीतिक संस्कार’ नै बिर्सेर नेमकिपा र नेमकिपाका नेताहरूप्रति औँला उठाएका छन् र प्रश्न गरेका छन् र जिज्ञासा राखेका छन् । यस्तै प्रश्न र जिज्ञासाको जवाफहरूको सङ्गालो हो, पत्रकार समाज, नेपालले प्रकाशन गरेको पुस्तक, ‘समय र विचार’ ।
हालै (असोज ३–६) मा नेमकिपाको सातौँ महाधिवेशन भव्यरूपमा भक्तपुरमा भयो । महाधिवेशनकै उद्घाटनको क्रममा सार्वजनिक भएको पुस्तक ‘समय र विचार’ पार्टीका अध्यक्ष का. रोहितको अन्तर्वार्ता सङ्कलन हो । सङ्कलनमा नेमकिपा अध्यक्ष बिजुक्छेँले विगत ५ वर्षमा विभिन्न छापा सञ्चारमाध्यमलाई भिन्न अवसर र परिवेशमा दिएका अन्तर्वार्ताहरू समेटिएका छन् । अन्तर्वार्तामा सोधिएका प्रश्नहरूसँगै लिपिबद्ध व्यक्त विचारले विभिन्न विषय सन्दर्भहरू पनि सतहमा ल्याउने काम भएको छ । अन्तर्वार्तामा सोधिएका कति प्रश्नका उत्तरहरू आफैँमा विचार बनेका छन् । नेमकिपालाई बुझ्नका लागि, नेपाली कम्युनिस्ट आन्दोलनको विगत, वर्तमान र भविष्यबारे बुझ्नका लागि पनि ‘समय र विचार’ एउटा महत्वपूर्ण पुस्तकका रूपमा आएको मान्न सकिन्छ ।
‘समय र विचार’ मात्र प्रश्न र उत्तरहरूको सङ्गालो हैन, यो पुस्तकले देशको राजनीतिक अवस्था बुझ्नका लागि महत्वपूर्ण सङ्कलन बनेको छ भन्दा फरक पर्दैन । राष्ट्रिय राजनीति, अन्तर्राष्ट्रिय राजनीतिबारे बुझ्न पनि यसले सघाउँछ । पुस्तकले नेमकिपालाई मात्र नभएर अन्य दलहरूको यथार्थ बुझ्न पनि पुस्तक महत्वपूर्ण छ । घटनाहरूलाई मिहिन तरिकाबाट विश्लेषण गरी त्यसको तत्कालीन असर, प्रभावबारे मात्र नभएर त्यसको कारक स्रोत समेत बताउँदै दीर्घकालीन असर, प्रभावको सही मूल्याङ्कनमार्फत दूरदर्शी नेताको छवि बनाउन सफल का. रोहितको अन्तर्वार्ताका प्रश्नहरूको सङ्गालोले राजनीति केका लागि ?, नेता कस्तो हुनुपर्छ ? भन्ने मार्गदर्शनसहितको मार्ग पनि देखाएको छ । प्रश्नहरूको जवाफ पढ्ने जोकोहीलाई पनि कुनै राजनीतिक कक्षा, प्रशिक्षणमा बसेको आभाष हुन्छ । यस हिसाबले राजनीतिप्रति थोरैमात्र चासो राख्नेहरूका लागि यो पुस्तक स्रोत पुस्तक बन्न सक्छ ।
अहिले सडकदेखि संसदसम्म सत्ताधारी दलका नेताहरू नेपालको समृद्धि सम्बन्धमा विभिन्न धारणा सार्वजनिक गरिरहेका छन् । यस्तो बेला नेपाल किन बनेन ? भन्ने प्रश्नको उत्तरको खोजीमा सर्वसाधारणमात्र हैन, विज्ञहरूसमेत छन् । उनीहरू अनेक तर्क, वितर्क, विचार प्रस्तुत गरिरहेका भए पनि नेपाल नबन्नुको कारणमा राजनीतिलाई सेवा गर्ने अवसरका रूपमा नभएर कमाइ खाने भाँडो बनाउने स्वभाव, चरित्र र संस्कारका नेता हुनु, अनि तिनै नेता सत्ताको लोभमा परी भारतीय विस्तारवादको छायाँमा नेपाल विगतदेखि पर्दै आइरहेको थियो, अहिले पनि छ । त्यसलाई तोड्न नसकेसम्म नेपाल समृद्ध बन्न नसक्ने यथार्थ का. रोहितले अन्तर्वार्ताका धेरै ठाउँमा सन्दर्भ उदाहरणसहित जवाफ दिएका छन् । यो यथार्थ बुझ्न र आगामी दिनमा गर्नुपर्ने कामका लागि पुस्तक समसामयिक बनेको छ ।
२०७० र २०७१ मा एक÷एक वटा, २०७२ सालमा ११, २०७३ मा ६, २०७४ मा ७, २०७५ मा २० र २०७६ को असोज पहिलो हप्तासम्ममा गरी ५ वटा अन्तर्वार्ता गरी कुल ५२ वटा अन्तर्वार्ताहरू समेटिएको सो सङ्कलनमा ५२ वटा फरक फरक विषयहरू छन् । कूल ६ सय २३ वटा प्रश्नहरूको सटिक जवाफ दिएर का. रोहितले देश, काल, परिस्थितिको चित्रण गरी यथार्थ बताएका छन् । समयसँगै उत्पन्न हुने विभिन्न परिस्थिति र त्यो परिस्थितिलाई इतिहासको कसीमा राखी व्याख्या गरिएका प्रश्नका उत्तरहरू सबैका लागि ऊर्जादायक छन् । प्रकाशक पत्रकार समाजको यो प्रयास सराहनीय छ ।
पुस्तक ः समय र विचार (का. रोहितका सङ्कलित अन्तर्वार्ता)
प्रकाशकः पत्रकार समाज नेपाल
मूल्य ः ३००।–
Leave a Reply